Page 13

युवाको नाममा अराजकता मच्चाइएको ओलीको टिप्पणी

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको टिप्पणी गरेका छन् ।
आईतबार काठमाण्डौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरूलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो । तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो ।’
उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको जनाए । ओलीले भने, ‘युवाहरूको काँधमा जिम्मेवारी यस कारण पनि आएको हो कि जेनजी भन्ने कुरा कुनै मानव विकासको अवधिसँग होइन, कम्प्युटर साइन्सको विकास अवधिसँग सम्बन्धित हो । तर त्यसलाई युवाहरूसँग जोडेर, उनीहरूलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो ।’
उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरूमध्ये धेरै जायज रहेको पनि जनाए । ‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरूले राम्रा मागहरू राखेका थिए,’ ओलीले भने, ‘तर ती माग, आन्दोलन र मुद्दा युवाहरूका हातबाट खोस्ने तत्वहरू पहिले नै त्यहाँ जम्मा भइसकेका थिए । युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो ।’
अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे । उनले भने, ‘२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन । त्यो त घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो ।’
ओलीले युवाहरूलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे । ‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन । यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ ।’

भीम रावल पनि प्रचण्ड माधवको नेपाली कम्युनिष्ट पार्टीमा जाने

काठमाडौं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित दश दलसहितको नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल पनि मिसिने भएका छन् ।
रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि नेकपामा समाहित हुने सहमति भएको हो ।
एक साता भित्रै एकता गर्ने सहमति जुटेको जनाईएको छ ।

 

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा ‘जनसेवा’ पार्टी खुल्दै

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा ‘जनसेवा’ पार्टी खुल्ने भएको छ ।
मन्त्री घिसिङ निकट स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ताका लागि अन्तिम तयारी भइरहेको पार्टीको केन्द्रीय समिति २१ सदस्यीय हुनेछ ।
जेनजी आन्दोलन हुनुअघिदेखि नै पार्टी स्थापनाको तयारीमा जुटेका कुलमान मन्त्री बनेपछि आफ्नै नेतृत्वमा पार्टी खोल्ने कि अरुलाई नेतृत्वमा अगाडि बढाउने भन्ने अलमलबिच अन्ततस् आफ्नै नेतृत्वमा पार्टी स्थापना गर्ने निष्कर्षमा पुगेका छन् ।

सिटिजन्स क्यूआर मर्चेन्ट लोन योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ ।
यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइनेछ ।
सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिनेछ । यस डिजिटल ऋण योजना अंतर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।
योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। यो ऋण सुविधा अन्तर्गत न्यूनतम रु. ५०,००० देखि अधिकतम रु. ५,००,००० सम्म ऋण लिन सकिनेछ । ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्नेछ बैंकले यो नयाँ डिजिटल ऋण सुविधा मार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास लिएको छ ।
प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले क्यूआर मर्चेन्ट लोन एउटा कोशेढुङ्गा भएको तथा यसले कर्जालाई सहजरूपमा ग्राहक र बैंकसँग जोडने जनाए ।
देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४८ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन् ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयरमार्फत गर्न सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ रेटिङ्ग दिँदै मध्यम जोखिम संकेत गरेको छ ।
प्रभु क्यापिटल आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ, र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुरमा सम्पन्न गरेको छ ।
आ.व. २०८१, २०८२ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्व बैंकर अनिल केशरी शाहले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणको क्रममा उनले कुनैपनि क्षेत्रमा सफल हुनका लागि कुनै पनि क्षेत्र वा पेशामा नेतृत्व लिन सक्ने हैसियत बनाएमा आफ्नो पेशामा सफल हुनसक्ने जनाए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्नसक्ने नकरात्मक प्रभाव र सो रोकथामका लागि अवलम्वन गर्नुपर्ने उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सिंहले सम्मान प्रदान गरेकी थिइन् । यस अवसरमा उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गरिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्दै जाने योजना अनुरुप अभिकर्ताहरुलाई थप व्यवसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको जनाए ।
कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नुका साथै समारोहमा नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलगअलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितिय र तृतीय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जनालाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
विविध मनोरञ्जनात्मक प्रस्तुतीसहित सम्पन्न कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जनाएका थिए ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ हस्पिटालिटीसहित विभिन्न संस्थामा छुट दिने सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा ७ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।
यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
केहीबेर अघि उनले सभामुखसमक्ष राजीनामा दिएका हुन् । विश्वासको मत लिन आज मधेस प्रदेशसभाको बैठक बसेको थियो । तर उक्त क्रममा बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
१० मिनेटमा लागि बैठक स्थगित गरिए पनि डेढ घन्टा बित्दा पनि बैठक सुचारु नभएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल राजीनामा दिएका हुन् ।
सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य नभएको प्रधानमन्त्रीको धारणा

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने धारणा व्यक्त गरेकी छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् ।
उनले भनिन्, ‘पहिलेभन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सह्य हुने छैन भन्ने कुरा खुला लक्ष्मणरेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन्देश हो । भ्रष्टाचार कमिसनको सञ्जाल सह्य छैन । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन । नीतिगत चलखेल गर्नेहरू पोषिने अवस्था रहनु हुँदैन । राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ । निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’
मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरूले बारम्बार प्रमाणित गरिसकेको उनले जनाईन । कूल गार्हस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रूपमा निजी क्षेत्रको योगदान सधैं अग्रणी रहने उनको भनाइ छ ।
उनले उद्योगी व्यवसायीहरूलाई आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरूको परिचय दिएकी छन् । ‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरूले बारम्बार प्रमाणित गरेका छन् । कूल ग्राहस्थ उत्पादनमा होस्, निर्यातमा होस्, रोजगारी या करदाताका रूपमा निजी क्षेत्रको योगदान सधैं अग्रणी छ । उद्योगी व्यवसायीहरूलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरू ठान्दछु । जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिनेछ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन् । रेमिटेन्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको जनाउँदै उनले विज्ञहरूको सुझावअनुसार पुँजीगत खर्चलाई तीब्र बनाउने दावी गरेकी छन् ।

माओवादी सांसद अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

जनकपुर । मधेश प्रदेश सभाका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालोमोसो दलेका छन् ।
शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
यसैक्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका हुन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिए ।
उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ ? भनेर प्रश्न गरेका थिए ।
उनले सरकारमा भएका बेतिथिहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए । उनले आफ्नो पार्टीले अब आफूलाई जे गरे पनि आफूले कसैलाई विश्वासको मत दिने जनाए ।
सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको जनाए ।
सांसद अन्सारी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेश सभा बैठक अहिले पनि जारी रहेको छ ।

लेटेष्ट समाचार

सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश शेयरधनीलाई वितरण गरिएको छ। सो सभाले गत आर्थिक...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पुर्वाधार निर्माण, सुधार, दिगो विकास लक्ष्य, मानव सेवा...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एमडीआरटी अचिभर्स अवार्ड, २०२६’ सम्पन्न गरेको...