Page 16

रामकुमारी झाँक्री समूह एमालेमा फर्किने घोषणा गर्दै

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) सहितका वाम दलहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा (एकीकृत समाजवादी) को एक समूहले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।
माधव कुमार नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन्।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्ने जनाइएको छ ।
नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किएको घोषणा गर्ने तयारीमा छ ।
‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ पूर्वमन्त्री किसान श्रेष्ठले भने।

नेपाली कम्युनिस्ट पार्टीको आज घोषणा हुँदै

काठमाण्डौं । विभिन्न ९ वटा पार्टीहरूबिच बुधबार एकता घोषणा हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित ९ पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ।
एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाण्डौंको भृकुटीमण्डपमा दिउँसो १ बजे एकता घोषणा हुनेछ ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा रहनेछ ।
एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहने छन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद हुनेछ ।
यो एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी छन् ।
आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा माओवादी, एकीकृत समाजवादीसहितका आठ बाम घटकले हस्ताक्षर गरेका थिए। त्यसलगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चाले पनि एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो।
मंगलबार नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल छैनन् ।
एकता प्रक्रियामा सहभागी भएका दलहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति भएको छ।

अध्यक्ष ओली र झलनाथ खनालबीच गुण्डुमा भेटवार्ता

भक्तपुर । माओवादीसँग एकता गर्ने विषयमा तीन खेमामा विभाजन भएको नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकान् । गएराति ९ बजे खनाल एक्लै गुण्डु पुगेका थिए ।
दुई नेताबीच करिब एक घण्टा छलफल भएको गुण्डु स्रोतले जानकारी दिएको छ ।
तीन दिन अघि नै दुई नेताबीच भेटघाट तय भए पनि अध्यक्ष ओलीको व्यवस्तताका समय सारिएको थियो । गएराति खनाल अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका थिए ।
दुई नेताबीचको भेटघाट सकारात्मक भएको एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले जानकारी दिए ।
अध्यक्ष ओली र खनालको भेटलाई एमालेका पहिलो पुस्ताका नेताबीचको सम्बन्ध सुधारको रुपमा हेरिएको बस्नेतले जनाए ।
बस्नेतका अनुसार एमालेमा फर्किंदा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद के हुन्छ भन्ने विषयमा हाल कानुनी परामर्श भइरहेको छ । पदमा बहाल रहेकै अवस्थामा कोही जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेर नयाँ दलमा प्रवेश गरेमा पद गुम्ने कानुनी व्यवस्था छ । त्यसलाई सहजिकरण गर्न पूर्वन्याधिवक्ता रमेश बडालसहितको टिमले काम गरिरहेको एमाले स्रोतले जानकारी दिएको छ ।
समाजवादी पार्टीलाई माओवादीमा मिसाउने माधव नेपाल समूहको निर्णयको अवज्ञा गर्दै पार्टीका सचिव रामकुमारी झाँक्रीसहितको समूहले आज पत्रकार सम्मेलन गर्दैछन् । नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भिरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किने घोषणा गर्दैछन् ।
पत्रकार सम्मेलन अहिले बिहान १० बजे होटल बसेरामा आयोजना गरिएको छ ।

चलचित्र ‘पाँच पाण्डव’को मुख्य भूमिकामा देखिँदै हरिवंश, धुर्मुस, जितु र बले

काठमाडौं । ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ ।
काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए ।
वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।
चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् ।
त्यस्तै, छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ । चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो चलचित्रमा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? आमा कुन्ती को हो ?
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । चलचित्रका अन्य केही कलाकारहरू अन्य केही फाइन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए ।
काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’का लेखक समेत हुन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्य लगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले जनाए ।
“हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौँ,” उनले भने, “हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौँ ।”
यसअघि गतवर्ष नवीनले चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
केही महिना भित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

 

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल

काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् ।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।
ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले जनाए । प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।

प्रचण्डले माओवादी पार्टी छाडेर माधव नेपाल सामु आत्मसमर्पण गरेको जनार्दनको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट अलग्गिएर प्रगतिशिल अभियान नेपाल घोषणा गरेका जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
आज अभियान घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले माओवादी छोडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘हाम्रो अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो,’ शर्माले भने, ‘उहाँ उतै जानु भयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ।’

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल, लाइन जोडियो

काठमाडौं । रुपन्देहीमा सञ्चालित चारवटा उद्योगले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बिजुलीको महसुल तिरेका छन् । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार सोमबार ती उद्योगहरूले प्रिमियममा महसुलको बक्यौता तिरेका छन् । प्राधिकरणले किस्तामा महसुल दिन पाउने व्यवस्था गरेको थियो । सोहीअनुसार ती उद्योगले पहिलो किस्ताबापतको रकम तिरेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्ताबापतको रकम तिरेका हुन् । पहिलो किस्ताको पैसा तिरेसँगै उनीहरुको उद्योगमा विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।
ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताए । प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङले बिलविना नै महसुल उठाउन लागेको भन्दै व्यवसायीहरुले गुनासो गरेपछि अघिल्लो सरकारको पालामा महसुलको विषय रोकिएको थियो । पछि जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारमा तिनै घिसिङ ऊर्जामन्त्री बनेर आएपछि तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर डेडिकेटेड लाइनको महसुल उठाउनेतिर आक्रामक रूपमा लाग्दै आएका छन् । आन्दोलनले थलिएको निजी क्षेत्रलाई हौसला दिनुपर्नेमा झनै हतोत्साहित गरेको भन्दै घिसिङको विरोध पनि भइरहेको छ ।
उर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले २५ वटा उद्योगमा लाइन काटेको निकै दिन भएसँगै लाइन जोड्न दबाब बढेपछि निकास खोज्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई छलफलका लागि बोलाएको थियो ।

बैंक खातामा राष्ट्रिय परिचय पत्र र प्यान अद्यावधिक गर्न सानिमा बैंकको सूचना

काठमाडौं । सानिमा बैंकले बैंक खातामा राष्ट्रिय परिचय पत्र र स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै बैंकले आफ्नो पायक पर्ने शाखामा गएर मोबाइल नम्बर पनि अद्यावधिक भएको छ भने त्यसको समेत जानकारी दिन आग्रह गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकले हरेक खातावालको खातालाई राष्ट्रिय परिचयपत्र र प्यानसँग अनिवार्य जोड्न दिएको निर्देशनबमोजिम व्यक्तिले समेत यी विवरण खातामा अद्यावधिक गर्न आग्रह गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीमा क्षेत्रबाट थप आर्थिक सहयोग जुटाइएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ चेक मंगलबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्।
नेशनल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।
हालसम्म कोषमा जम्मा संकलन रकम सात करोड ५१ लाख पुगेको मन्त्रालयले जनाएको छ।
सरकारले भौतिक संरचनाको पुनर्निर्माणलाई गति दिन उक्त कोष स्थापना गरेको हो। बीमा कम्पनीहरूबाट प्राप्त भएको सहयोगले पुनर्निर्माण प्रयासमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

 

शेयर बजारमा २७.६४ अंकको गिरावट, पाँच अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । कारोबार रकम ५ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.६४ अंकले घटेको हो । १.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५९५२४ अंकमा झरेको छ ।
बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा बढी २.२१ प्रतिशतले घटेको छ ।
आज ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार ८ सय ९८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ सय ३८.९८ रुपियाँ बराबरको कारोबार भएको छ ।
माबिलुङ हाइड्रो र फर्स्ट माइक्रो माइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.९८ र ९.२० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ९८ हजार ५ सय ७२.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ३०७५ अंकले बजार बढ्दा ९ अर्ब २० करोड ३१ लख ४६ हजार ४ सय २९.५१ रुपियाँ र हिजो सोमबार ८.२४ अंकले बजार घट्दा ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९ सय ३.७७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...