काठमाडौं । महालक्ष्मी विकास बैंक ‘बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित आज आयोजित एक समारोहका बीच इण्डिया बिजनेश अवार्ड २०२५ कार्यक्रम मार्फत बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।
बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरे । बैंकले ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिआ उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो ।
दुई देश बीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपूर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ ।
हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो, जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिती दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको थियो ।
महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
बर्दियामा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या
बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ ।
अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जनाए ।
गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको प्रनि कार्कीले जनाए ।
उनको शव पोष्टमार्टम लागि नेपालगन्जमा राखिएको र रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका– ५ का निरज थारुको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली काण्डबारे पोष्टमार्टमको रिर्पोट नआए सम्म विस्तृत जानकारी दिन नसकिने जनाएको छ । कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ ।
यस्ता छन् दलहरुले पाएका १०७ वटा चुनाव चिह्नहरु
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।
१२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् । आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।
त्यसैगरी, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् । आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्र्वाचन चिन्हका रुपमा प्रयोग हुनेछन् ।
बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछ । दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कलो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् ।
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदैछ ।
सोमवार दिउँसो ३ बजे प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा नेतृत्व तहमा द्विपक्षीय वार्ता हुन लागेको हो ।
प्रसाईँले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईँले दिएका छन् ।
यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।
विघटित प्रतिनिधिसभा पुनःस्थापना माग्दै सर्वोच्च पुग्यो कांग्रेस
काठमाण्डौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा वकालत गरिरहेका बेला तत्कालीन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि संसद् पुनःस्थापनाकै पक्षमा उभिएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै पुनस्स्थापनाको मागसहित कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदहरू निवेदक बनेर सर्वोच्च पुगेका छन् । रिट दर्ताका लागि अदालतले सोमबारको समय दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएपछि कांग्रेसले रिट दायरका लागि अदालत पुर्याएको छ । एमालेले यसअघि नै रिट दायर गरिसकेको छ ।
क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीलाई विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
अदालतले निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार भएको दावी गर्दै मुद्दा दायर गरेको छ ।
कर्णालीले हरायो जनकपुरलाई, दुवै टोली दोस्रो सिजनको एनपीएलबाट बाहिरिए
काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै कर्णाली याक्स दोस्रो सिजनको नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ ।
आजको भएको खेलमा जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै जनकपुरले दोस्रो सिजनको आफ्नो यात्रा ट्ंग्याएको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो ।
कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए । साविक विजेता जनकपुर पनि दोस्रो सिजनको एनपीएलबाट बाहिरिएको छ ।
नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान
लुम्बिनी । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१, ८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट योग्य भएका ३४० जना अभिकर्ताहरु र विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिईओ क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृत्तीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसैगरी, यस अवसरमा उनले नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम गरिँदै आएको र हालसम्म गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरुको सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको जनाए । उनले बाँकी प्रदेशहरुमा पनिे पनि सिईओ क्लब सम्मान कार्यक्रमको तयारी भइसकेकोले सो प्रदेशहरुमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराए । साथै, उनले कम्पनीले ल्याएको सिईओ क्लब कार्यक्रममा नेपालभरबाट १६०० जना जना भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाहरुबाट अभिकर्ताहरुलाई व्यवसायिक बनाउन मद्धत पुग्ने जनाए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेशा केवल व्यवसायसँग जोडिएको नभै सेवा भावसँग जोडिएको एक पवित्र पेशा भएको र यस पेशामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेशामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मूख्य आधार नै कामप्रतिको इमान्दारिता र निरन्तरता रहेको जनाए । समारोहमा सहभागि अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महशुस भएको जनाएका थिए ।
सानिमा बैंकको २१ वर्षः निरन्तर सेवा र भविष्यतर्फको प्रतिबद्धता
काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको अवसरमा भव्य वार्षिकोत्सव मनाएको छ। बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल र विश्वासिलो बैंक बन्न सफल भएको स्मरण गर्दै यस अवसरमा कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।
वार्षिकोत्सव कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले २१ वर्ष पूरा भएको अवसरमा बैंकका कर्मचारी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले बैंकको लक्ष्यप्राप्तिका लागि सबै कर्मचारीसँग मिलेर सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिंदै कर्मचारीहरूलाई प्रोत्साहित पनि गरे।
सानिमा बैंकले आफ्नो २१ वर्षको सफल यात्रामा सातै प्रदेशमा सेवा विस्तार गर्दै १३४ वटा शाखा र १२७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयोग्य सेवा प्रदान गर्दै आएको छ। बैंकको स्थापनापछि देखिएको निरन्तर विकास र सबल सेवा प्रदान गर्ने प्रतिबद्धताले यसलाई नेपालका सबै क्षेत्रका ग्राहक तथा व्यवसायिक सरोकारवालाबीच विश्वासिलो वित्तीय संस्था बनाएको छ।
बैंकको प्रारम्भिक इतिहासमा सानिमा बैंक एक राष्ट्रिय स्तरको विकास बैंकको रूपमा २०४५ सालमा सञ्चालनमा आएको थियो। त्यसपछि बैंकले निरन्तर आफ्नो दायरालाई विस्तार गर्दै आएको थियो। विशेषगरी २०६८ साल फेब्रुअरीदेखि बैंकले “क” वर्ग वाणिज्य बैंकको रूपमा सेवा विस्तार गरेको थियो। यसको मुख्य कार्यालय नक्साल, काठमाडौंमा रहेको छ।
बैंकको मिशन भनेको निरन्तर नवीनता अपनाउँदै, परिवर्तनलाई आत्मसात् गर्दै लगानीकर्ता, कर्मचारी, ग्राहक, नियामक तथा समाजलाई सन्तुष्ट तुल्याउने रहेको छ। यसै उद्देश्यले बैंकले ग्राहक सेवा सुधार, व्यावसायिक वृद्धि र लगानीकर्ताको विश्वास कायम राख्ने प्रतिबद्धता देखाउँदै आएको छ।
सानिमा बैंकले आफूलाई सबैभन्दा भरोसायोग्य वित्तीय संस्था बनाउनका लागि उच्च स्तरको पेशागत इमानदारी, नैतिक मान्यताहरू, राम्रो संस्थागत व्यवस्थापन र नियामक अनुपालनमा विशेष ध्यान दिँदै आएको छ। यसको परिणाम स्वरूप बैंकलाई नेपालका बैंकिङ्ग उद्योगमा विश्वासिलो, सबल र निरन्तर योगदान पुर्याउने संस्था रूपमा हेरिएको छ।
सानिमा बैंकले कम्पनी तथा खुद्रा ग्राहकहरूलाई वित्तीय सेवाका विभिन्न प्रकारका उत्पादन उपलब्ध गराउँदै आएको छ। यसमा बचत, चालु खाता, ऋण सुविधा, निक्षेप योजना, डिजिटल भुक्तानी सेवा र अन्य आधुनिक बैंकिङ्ग सेवा समावेश छन्। बैंकका ग्राहकहरूले सातै प्रदेशका शाखा तथा ए.टि.एम. मार्फत सहज पहुँच पाउने व्यवस्था रहेको छ।
बैंकको यो वार्षिकोत्सव अवसरले दुई दशकभन्दा बढी समयदेखि बैंकिङ्ग क्षेत्रमा गरेको योगदान र सफलता सम्झनाको अवसर पनि प्रदान गरेको छ। यस अवसरमा ग्राहक र सरोकारवालाहरूलाई सम्मान गर्दै भविष्यमा अझ सबल र विश्वसनीय बैंक बन्नका लागि बैंकले आफ्नो प्रतिबद्धता दोहोयाएको छ।
सानिमा बैंकको २१औं वार्षिकोत्सव केवल बैंकको मात्र उत्सव नभएर नेपालमा बैंकिङ्ग सेवा क्षेत्रको निरन्तर विकास र ग्राहक सन्तुष्टिको उत्सवको रूपमा मनाइएको छ। आगामी दिनहरूमा बैंकले आफ्ना ग्राहक, कर्मचारी तथा सरोकारवालासँगको साझेदारीलाई अझ सुदृढ गर्दै वित्तीय सेवामा नवीनता र गुणस्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नोविद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड” सार्वजनिक गरेको छ ।
उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ ।
यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी फोनपे क्यूआर व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ ।
ग्राहकहरूले बैंकस्मार्टएक्सपी मोबाइल बैंङ्गिक एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।
सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा, ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्, कुल क्यासब्याक अधिकतम रु. ७५० सम्मको हुनेछ (जसले सदस्यता शुल्क समायोजन गर्नेछ) । यो अफर केवल सीमित अवधिका लागि लागू हुनेछ अर्थात् ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मान्य हुनेछ ।
यस अवसरमार्फत ग्राहकहरूले सहज डिजिटल भुक्तानीको अनुभव लिनुका साथै आफ्नो सदस्यता शुल्क पनि प्रभावकारी रूपमा समायोजन गर्न सक्नेछन् ।

















