काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको आज ८२ वर्षको उमेरमा निधन भएको छ । मानन्धरको आजै काठमाडौंको शोभाभगवतीमा अन्त्येष्टी गरिएको छ ।
बैंकिङ क्षेत्रमा लामो समय बिताएका मानन्धरले पछिल्लो समय प्राइम कमर्सियल बैंकको सीईओबाट २ वर्ष अघि अवकास लिएका थिए ।
उनी प्राइम कमर्सिलय बैंकको संस्थापक सीईओ हुन् । प्राइम स्थापना हुनुअघि विभिन्न वाणिज्य बैंकमा सीईओ भई कार्य गरेका थिए ।
मानन्धरका श्रीमती, एक छोरा र ३ छोरी छन् ।
पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन
अमेरिका र क्यानडामा शक्तिशाली भूकम्प
काठमाण्डौं । अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमाना नजिक शनिबार ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
सुनामीको चेतावनी जारी गरिएको छैन। अहिलेसम्म कुनै मानवीय क्षति वा संरचना भत्किएको खबर आएको छैन।
अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प अलास्काको जुनाउबाट करिब ३७० किलोमिटर उत्तरपश्चिम र युकोनको ह्वाइटहर्सबाट २५० किलोमिटर पश्चिममा गएको थियो।
मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो ।
क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको जनाएका छन् ।
क्यानडाकी भूकम्पविद् एलिसन बर्डले सबैभन्दा बढी कम्पन भएको ठाउँ पहाडी र जंगल क्षेत्र रहेकोले ठुलो क्षति नभएको जनाईन।
भूकम्पको केन्द्रबाट सबैभन्दा नजिकको बस्ती हेन्स जंक्शन करिब १३० किलोमिटर टाढा छ, जहाँ जम्मा एक हजार १८ जना मात्र बस्छन्। अलास्कातर्फको सबैभन्दा नजिकको बस्ती याकुटाट ९१ किलोमिटर टाढा छ, जहाँ ६६२ जना बस्छन्।
भूकम्प जम्मा १० किलोमिटर गहिराइमा गएको थियो। तर त्यसपछि धेरै साना पराकम्पहरू पनि महसुस भएका छन्।
एनपीएल ः लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली भिड्दै
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ।
निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारी तीव्र पारेका छन्।
आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ।
त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ। बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।
प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ। प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ।
विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ।
प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ।
प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ।
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।
यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि ८ बजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।
बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
हेटौँडामा सडक विस्तार ः सीमाभित्र परेका घरटहरामा चलाइयो डोजर
मकवानपुर । मकवानपुरस्थित सडक डिभिजन कार्यालयले आज बिहानैदेखि हेटौँडा बजार क्षेत्रमा सडक सीमाभित्र रहेका संरचना डोजर लगाएर हटाउन थालेको छ ।
सडक विस्तारका क्रममा दायाँबायाँ २५–२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो ।
यसअघि डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने आआफ्ना घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो ।
तर उनीहरूले आन्दोलनमा उत्रिँदै अटेर गरेपछि सडक डिभिजनले आज बिहानैदेखि त्यहाँ डोजर चलाउन थालेको हो ।
शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ ।
दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ ।
सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।
एनपीएल ः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा मात्र खेल हुँदैछ ।
आज त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।
तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।
आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।
आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमअनुसार यही २१ मंसिरको बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही २४ मंसिरमा प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी १३ र १४ पुसको बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।
यस्तै, आगामी ३० माघमा भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी ७ माघमा विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी ८ माघमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
यस्तै, ९ माघमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।














