काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनलेअपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको जनाएकी हुन्।
अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट पारेकी छिन्।
नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेको उनको भनाइ छ।
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउँछु ः प्रधानमन्त्री
अपांगता भएका व्यक्तिहरूलाई समान पहुँच स्थापति गर्न जरुरी ः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरूको ३४ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको प्रष्ट पारेका छन् ।
‘नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ ।’ उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपांगता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको जनाए ।
अपांगता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उनीहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २२ औं खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।
लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ । ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।
रास्वपाले भन्यो– आफूखुसी उमेदवारी घोषणा नगर्नोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूखुसी उमेदवारी घोषणा नगर्न सदस्यलाई आग्रह गरेको छ । पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले यस्तो अभिव्यक्ति दिएको भन्दै सचेत गराइएको हो ।
आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्न चाहनेको संख्या बढ्दो छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उमेदवार हुने, उमेदवारको आकांक्षी रहेको, उमेदवारी घोषणा गरिसकेको वा उमेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उमेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ,” पार्टीले भनेको छ ।
पार्टीबाट हाल रुपन्देही क्षेत्र नम्बर–३ का निम्ति मात्र उमेदवार औपचारिक रूपमा चयन गरिएको रास्वपाले जनाएको छ । “यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उमेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ,” उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले भनेका छन् ।
सोमबार (मंसिर १५) जारी आचार्यद्वारा हस्ताक्षरित ‘हार्दिक अनुरोध’ शीर्षकको सूचनामा उमेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको उल्लेख छ । “तसर्थ, पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उमेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचारप्रसार वा गतिविधि नगर्नरनगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ,” उनले भनेका छन् ।
उमेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न रास्वपाले सबैमा अपिल गरेको छ ।
इनरुवा–कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा,कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो। सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती(देव एण्ड सायर भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ।
सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गर्नुपर्नेमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ।
ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक(पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ।
ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीको कार्य सम्पादन जमानत बापतको १६ करोड ९४ लाख र पेस्की २ करोड ३१ लाख १ करोड ७१ लाख रुपैयाँ जफत गरिने छ। पेस्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ। निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो।
योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो। निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको हो।
निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ। ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत बापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ।
हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ।
एनपीएलमा आज २ खेल हुने, पहिलो खेलमा जनकपुर र चितवन भिड्ने
काठमाण्डौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् ।
मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन् ।
साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ ।
१९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ । अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ ।
एनपिएलः आज विश्राम, भोलि दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ ।
भोलि मंगलवार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।
चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ ।
दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।
मङ्सिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अंक जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
प्रभु बैंकमा मध्यरातमा संचालक समितिको बैठक, कामु सिईओको जिम्मेवारीमा लम्साल
काठमाडौं । प्रभु बैंकमा सिइओसहित उच्च अधिकारी प्रकाउ परेसँगै बैंकले मध्यरातमा संचालक समितिको बैठक डाकेर कामु सिईओ नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंक साँझ ९ बजे बसेको बैठकले कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकका उच्च अधिकारीहरु प्रकाउ परेसँगै बैंकको नियमित काममा कुनै प्रभाव नपरेस् भन्ने हेतुका साथ बैंकले अकस्मात बोर्डको बैठक डाकेर कामु सिईओको रुपमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको हो । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।
यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुनेछ ।
“जसरी सदनमा टेबुल गर्दा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा निर्णयार्थ पेस गर्दा सभामुखले प्रस्ताव राख्छन् त्यसरी नै निर्णयार्थ कार्यवाहक सभापतिले प्रस्ताव राख्न लाग्नुभएको हो,” स्रोतले भन्यो, “त्यसमा कसैको विमति आए मतविभाजनबाट निर्णय हुनेछ ।”
एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधि लागि आज नेपाल र यूएई भिड्दै
काठमाडौं । एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधिका लागि आज नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा हुँदैछ।
लगातार दोस्रो पटक उपाधिको लक्ष्यसहित यूएई पुगेको नेपाली युवा टिमले उपाधिका लागि घरेलु टिमको सामना गर्न लागेको हो।
यूएईको अमजानमा हुने यो खेल विहान पौने ११ बजे सुरू हुनेछ।
नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म पुगेको हो। समूह चरणमा नेपालले साउदी अरेबिया र हङकङलाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
समूह सी को विजेता नेपालले सेमिफाइनलमा मलेसियासँग खेलेको थियो नेपालले मलेसियालाई ५१ रनमै अलआउट गरेको थियो।
नेपाली टिम लगातार दोस्रो उपाधिको पर्खाइमा छ। यता अर्को फाइनालिस्ट टिम यूएईले ओमान माथि ८ विकेटको जित निकालेर नेपालसँगको भेट पक्का गरकेको हो।















