काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने जनाएकी छिन् ।
निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वैसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाव जनतालाई पोख्न नहुने समेत जनाईन ।
उनले जनताको भावना अनुसार नै राजनीतिक दलहरु चल्न सक्नुपर्ने र कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर नहुने धारणा राखिन् ।
राम्रा गरेको दललाई चयन गर्ने अधिकार जनतालाई रहेको भन्दै प्रधानमन्त्री कार्कीले जनताको भावना अनुसार राजनीतिक दलहरु अघि बढ्न सुझाव दिइन् ।
उनले राजनीतिक दलको गीत गाएर मात्रै नहुने भन्दै सवैले देशको विकासका लागि उपयुक्त वातावरण बनाउनुपर्ने जनाईन । प्रधानमन्त्री कार्कीले सुशासनका लागि पनि वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको दाबी गरिन् ।
उनले निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकाले निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गरिन् ।
यस्तै नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ । छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाए ।
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेको सुनाए । पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उनको भनाइ छ । उनले सरकारले लोकतान्त्रिक अभ्यास मिचेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाए ।
त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले फागुन २१ गतेभन्दा कुनै तलमाथि नगर्न सरकारलाई सुझाव दिँदै उचित वातावरण बनाउन सुझाव दिए । निर्वाचन भनेर मात्रै नहुने भन्दै उनले जनताले विश्वास गर्नेगरि सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको भन्दै निर्वाचनलाई धकेल्ने प्रयास नगर्न आग्रह गरे । उनले सवै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।
त्यस्तै अन्य दलका नेताहरुले वर्तमान सरकारको म्याण्डेड चूनाव भएकाले चूनावलाई असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका थिए ।
राजनीतिक दललाई सच्चिएर अघि बढ्न प्रधानमन्त्रीको सुझाव
संसद पुनर्स्थापनाको मागमा जसपा र जनमतका सांसदको पनि हस्ताक्षर
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र जनमत पार्टीका सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसका ६५ सांसदसहित जसपा, जनमत र एक स्वतन्त्र सांसद गरी कुल ६८ जनाको हस्ताक्षर सोमबार सर्वोच्चमा पेस गरिएको हो। जनमत पार्टीकी गोमा लाभ सापकोटा, जसपा सांसद हसिना खान र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि रिटमा समर्थन जनाएका हुन्।
यसअघि एमालेले आफ्ना ७५ सांसदको हस्ताक्षरसहित छुट्टै रिट दायर गरिसकेको छ। यससँगै संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर संख्या १४३ पुगेको छ।
प्रतिनिधि सभामा सरकार गठनका लागि आवश्यक १३८ सांसदभन्दा बढीको समर्थन देखाउन सांसदहरूले हस्ताक्षर बुझाएको जनाइएको छ।
जीवन बीमा “आजको आवश्यकता, भोलिको सुरक्षा” — बिना–जयराम दम्पतीको प्रेरक यात्रा
काठमाण्डौं । तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स
मार्फत स्थानीय समुदायमा आर्थिक चेतना फैलाइरहेका अभिकर्ता हुन् । उनीहरूलाई दैनिक सोधिने प्रश्न एउटै—
“जीवन बीमा किन आवश्यकरु”
र उनकै जस्तै उत्तर पनि सधैं एउटै— “जीवन बीमा आजको तयारी हो, भोलिको सुरक्षा ।”
बिना र जयरामका लागि बीमा केवल पेशा होइन, एक प्रकारको सेवा हो । उनीहरू प्रत्येक दिन घर–घर पुग्छन्,
परिवार–परिवारसँग बस्छन्, जीवनका सम्भावित जोखिम र भविष्यका आर्थिक चुनौतीको बारेमा बुझाउँछन् ।
दम्पती आज कम्पनीका उत्कृष्ट ‘जोडी अभिकर्ता’ का रूपमा परिचित छन् । जयराम अभिकर्ता विभागका प्रमुख
रूपमा काम गरिरहेका छन् भने बिना नेपालटार शाखाकी अभिकर्ता हुन् । उनी चार पटक ःम्च्त् हासिल
गरिसकेकी छिन् र आजीवन सदस्यता लक्ष्य लिएर अघि बढिरहेकी छिन् ।
उनीहरूले जीवन बीमालाई परिवारको आर्थिक सुरक्षाको ढाल र भविष्यको आधारका रूपमा हेर्नुपर्ने आवश्यकतामा
जोड दिँदै आएका छन् । उनीहरूको प्रत्येक दिनको यात्रा एउटै उद्देश्यमा केन्द्रित हुन्छ । मानिसलाई जीवन बीमाको
वास्तविक मूल्य बुझाउने ।
जयराम भन्छन्,
“जसरी स्वास्थ्य अस्पतालले ज्यान बचाउँछ, बीमाले मान्छेको सम्पत्ति बचाउँछ ।”
रिमाल बीमा कम्पनीलाई ‘वेल्थ बचाउने अस्पताल’का रूपमा तुलना गर्छन् । “जसरी स्वास्थ्य अस्पतालले जीवन
बचाउँछ, बीमा कम्पनीले मानिसको सम्पत्ति बचाउँछ,” उनी भन्छन् । मानिसको वेल्थ बचाउने डाक्टरको रुपमा
आफुहरु रहेको रिमाल जनाउँछन ।
रिमालका अनुसार जीवन बीमा घरपरिवारमा आमाको जस्तो भुमिका रहेको छ । बीमाको महत्व आमाको माया
जतिकै आवश्यक छ । जयराम रिमाल भन्छन्, जीवन अनिश्चित छ । आज हामी स्वस्थ छौं, सक्रिय छौं, परिवारका
लागि कमाइरहेका छौं । तर भोलि के हुन्छ भन्ने कसैले भन्दैन । यस्तो अवस्थामा, जीवन बीमा केवल एक आर्थिक
योजना होइन, जीवनको सुरक्षा कवच हो । बीमा गाँस, बास, कपासका लागि आवश्यक छ ।
त्यसैले आफ्नो बृद्ध अवस्था, आफू दुर्घटनामा परेर अपाङ्गता भएको अवस्था र घरमुलीलाई केही भइहाल्यो
बालबच्चाको गाँस, बास, कपासको ग्यारेन्टीका लागि बीमा गर्न जरुरी रहेको रिमाल जनाउँछन । बीमा गर्ने मानिसले
आफनो घरमुलीलाई फोकस गरेर हरेक परिवारले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ ।
“हामी हाम्रो परिवारको लागि धेरै कुरा गर्छौं । तर जीवन बीमा भनेको परिवारप्रतिको सबैभन्दा ठुलो जिम्मेवारी पूरा
गर्ने उपाय हो ।” जीवन बीमाले असमयमा हुने आर्थिक क्षति पूर्ति गर्न सहयोग गर्छ । परिवारका सदस्यले अचानक
मुख्य आम्दानी स्रोत गुमाउँदा, बीमाले त्यो अभावलाई केही हदसम्म पूरा गर्न सक्छ । यसले परिवारलाई आर्थिक
आत्मनिर्भरता र आत्मबल दिन्छ ।
जयराम रिमाल भन्छन्, बिना भन्छिन्, “पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै
हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।”
बिना भन्छिन्,
“कमाइको १०–१५ प्रतिशत बीमामा लगाउन सके भविष्यमा त्यो सबैभन्दा ठूलो सहारा बन्छ । कमाउने उमेर सधैं
रहँदैन, तर जोखिम भने कहिल्यै टर्दैन ।”
“पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम
बोकेका हुन्छन् ।” कमाईको हिसाबले बीमा गर्न जरुरी छ । जसरी एउटा असहायको लागि लठ्ठी सहारा हुन्छ, जस्तै
सहारा हो बीमा पनि । बीमाप्रतिको चेतना अभावका कारण धेरैले अझै बीमा गर्दैनन् भन्ने बिनाको बुझाइ छ ।
नेपालको अवस्थामा आर्थिक अभावकै कारण बीमा नगरेको उनी बताउँछिन् । तर अहिलेको अवस्थामा बीमितको
धारणा पहिलेको तुलनामा धरै नै सकारात्मक देखिन्छ । पहिलेको तुलनामा सचेतना बढ्दो छ, तर कतिपय
बीमितहरू कम्पनी र अभिकर्ता छनोटमा दुविधामा पर्ने गरेको उनी बताउँछिन् । बीमा गर्नको लागि अभिकर्ताको
प्रमुख भुमिका रहेको हुन्छ ।
“ग्राहकले अभिकर्तालाई मन पराउनुपर्छ, विश्वास गर्नुपर्छ, र अभिकर्ता पनि पारदर्शी र जिम्मेवार हुनुपर्छ ।”
दुर्घटना, रोग, असमायिक निधनजस्ता घटना हुँदा परिवारलाई आर्थिक सुरक्षा दिनेदेखि, नियमित बचत, कर छुट,
रिटायर्मेन्टको सन्तुलनसम्म—जीवन बीमा अनेक फाइदासहित परिवारलाई भविष्यका जोखिमबाट सुरक्षित राख्ने
आधार हो ।
नेपालमा अझै धेरै मानिस बीमाको पहुँचबाट टाढा छन् । गाउँ–गाउँमा सचेतना विस्तार, डिजिटल सेवा, महिलाको
सहभागिता र छिटो दाबी सेवा जस्ता सुधारकारी पहल आवश्यक रहेको उनीहरूको बुझाइ छ ।
सानिमा रिलायन्स लाइफ इन्सुरेन्स
सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफको मर्जरपछि २०७९ चैत ९ गतेदेखि नयाँ
नाममा सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो । सानिमा र सिद्धार्थ बैंकको प्रवद्र्धकत्वमा स्थापना भएको
यस कम्पनीले ग्राहक–मैत्री, प्रविधि–आधारित तथा संरक्षण–मुख्य बीमा योजना उपलब्ध गराउँदै आएको छ ।
दम्पतीको एउटा वाक्य नै बीमाको सार हो— “बीमा भनेको पैसा होइन, मनको शान्ति हो ।”
आजको अनिश्चित जीवनमा बीमा अब विकल्प होइन, परिवारको भोलि सुरक्षित राख्ने अनिवार्य आवश्यकता
बनिसकेको उनीहरूको ठम्याइ छ ।
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोको लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । साथै फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।
यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंक र एसोसिएशन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहँुच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
नबिल बैंकले जित्यो त्रिशूली जलविद्युत् आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दा
काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।
चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ ।
चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो ।
नबिलले बैंक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैंकले चाइना एभरब्राइट बैंकलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैंकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो ।
नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैंकको पक्षमा फैसला गरेको थियो ।
त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सक्नेगरी सुइफा आन्हे ग्रुप कम्पनीसँग २०७४ साल फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तर निर्धारित समयमा निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० साल मङ्सिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो ।
महालक्ष्मी विकास बैंकले गर्यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका काम
काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबर्द्धन, पुर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकले जेष्ठ नागारिक चौतारी, ठेचो, ललितपुरलाई सुदुरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरुको पुर्ण स्वास्थ्य परिक्षण सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरुको रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी भाद्र महिनामा आन्दोलनको क्रममा क्षेतिग्रस्त भएको प्रहरी वृत सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्नको लागि ५ थान कम्प्युटर सेट तथा ५ थान टेबल बैंकले प्रदान गरेको छ ।
साथै हुम्ला जिल्लाको सदुरमुकाम सिमकोट देखी ४४ कोष दक्षिण पुर्वको अदानचुली गाउँपालिका वडा न. १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोको रुपमा जीविकोपार्जन गरिरहेको विपन्न वर्गका मानिसहरु, अनाथ बालबालिका, एकल महिला, एकल पुरुषहरुलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र सिमकोट, हुम्लालाई आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ्ग जिल्लामा रहेका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लामा रहेका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय, श्री गणेशसुर्य आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरक्षित र सहज रुपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्ने गरी विभिन्न रोटरी क्लबहरु मर्फत र्बैंकले आर्थिक सहयोग गरेको छ ।
साथै बालकुमारी आधारभुत विद्यालय, सैंबु, ललितपुरमा अध्ययतरत १८० जना विद्यार्थीहरुलाई जाडोबाट बच्नको लागि १८० थान न्यानो कपडा वितरण गरेको छ । त्यसै गरी गोरखा जिल्लाको विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’ गिरफ्तार
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका केही ‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लिएका छन् । सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका उनीहरूलाई पक्राउ गरिएको हो ।
त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मिराज ढुंगानालगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै
काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दैछ ।
२१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगले जनाएको छ ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।
जेनजीलाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको जनाए ।
उनले भने, ‘उहाँहरुले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौं । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौं ।’
आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ ।
भोली देखि ‘संयुक्त जेन–जी’ आन्दोलनको घोषणा
काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।
भोलि माइतीघरमा ११ बजे भेला हुन पनि उनले आव्हान गरेका छ्न् । भदौ २३–२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ ।
कार्की सरकारले जेन–जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरे ।
सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक भएको ढुंगानाले जनाए । आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन–जी अगुवाहरूको उपस्थिति थियो ।
















