Page 8

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ सम्म बस्ने

काठमाडौं । नेकपा (एमाले) को अर्को केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा बस्ने भएको छ ।
११औं महाधिवेशनपछि आज पहिलो पटक केन्द्रीय कमिटी बैठकले अर्को बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने निर्णय गरेको हो ।
आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ।
महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

अमेरिकाले थप ७५ जना नेपालीलाई फिर्ता पठायो

काठमाण्डौं । अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई नेपाल फिर्ता पठाएको छ। चार्टर्ड विमानमार्फत बिहीबार उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। डिपोर्ट हुनेमध्ये तीन जना महिला छन्।
नेपाल आइपुगेपछि उनीहरूलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेको छ। ब्युरोका अनुसार फर्काइएकामध्ये दुई जना भिजिट भिसामा अमेरिका पुगेका थिए भने अधिकांश ‘तल्लो बाटो’ प्रयोग गरेर त्यहाँ प्रवेश गरेका थिए।
ब्युरो प्रमुख तथा एसएसपी कृष्ण पंगेनीका अनुसार तल्लो बाटोबाट अमेरिका पुग्न न्यूनतम २० लाख रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँसम्म खर्च भएको पाइएको छ।
फर्काइएकामध्ये एक जना व्यक्ति भने करिब ३० वर्षसम्म अमेरिका बसेको खुलेको छ।
डिपोर्ट हुनु अघि उनीहरूलाई करिब सात महिनासम्म हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी तथ्यांकअनुसार पछिल्ला सात वर्षमा ६६६ जना नेपाली नागरिक अमेरिका बाट फर्काइएका छन्। तीमध्ये अधिकांश डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डिपोर्ट गरिएको देखिन्छ। ट्रम्प प्रशासनपछि मात्रै ४०९ पुरुष र ३० महिलालाई नेपाल फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बसेको बैठकले आव २०८१–२०८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग ०.७३६८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव दामोदर रेग्मीले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ ह्जार ५ सय ४६ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको हो ।

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् । एमालेको ११औं महाधिवेशनमा जितपछि ओलीले सपथ लिएका हुन् ।
शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए । यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए ।
त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भने उनी झलनाथ खनालसँग पराजित भएका थिए ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलाशले आदेश दिएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।
इजलासका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलाशले आदेश बदर गर्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट प्रवाह भएको रकममध्ये आफ्नो भागमा पर्ने (दामासाहीले हुने) बिगो बराबरको बैंक ग्यारेन्टी राखी पाऊँ भनी निवेदन दिएकोमा अदालतले प्रतिवादीबाट बिगोको हकमा दामासाहीले हुने रकमको जमानत प्राप्त हुँदा बचतकर्ताको बिगो सुरक्षित हुने र निक्षेपकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता भएको ठहर गरेको छ ।
लामिछानेले निवेदनसाथ पेश गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतलाई अदालतले बिगोका हकमा सुरक्षित राख्ने आदेश दिएको छ । निक्षेपकर्ताको रकम सुरक्षित भइसकेको अवस्थामा थुनामै राखेर मुद्दा चलाउनु नपर्ने तर्कसहित अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ बमोजिम उनलाई रिहा गर्ने आदेश गरेको छ ।
अदालतले लामिछानेलाई रिहा गर्दा केही शर्तहरू तोकेको छ । उनले व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमणमा जानुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ र अन्तिम फैसला हुँदा थप दायित्व सिर्जना भएमा सो रकम तिर्न बुझाउन मञ्जुर भएको कागज गराएर मात्र उनलाई थुनामुक्त गर्न आदेश गरिएको छ ।

नेप्सेमा १०.६६ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अंकले घटेर २६१५.०३ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो दिन बुधबार भने नेप्से ५.७० अंकले बढेको थियो । बिहीबार नेप्सेमा कुल ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बिहीबार स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानेल नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंकको मूल्य ९.५६ प्रतिशतले बढेको छ ।

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक एफ वान सफ्ट इन्टरनेशनल प्रालिको सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि पुस महिनाभरि लागु हुने गरी ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालन गरेको छ ।
सो अभियान अवधिभर रु. २०० वा सो भन्दा माथिको रकम एनबीएल मोबाइल बैंकिङ एप मार्फत टप अप गर्ने ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।
नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको बैंकले जनाएको छ ।

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यमशिलता सुदृढिकरणका लागि सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ ।
यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।
दिगो बैंकिङ, वित्तिय समावेशीकरण अनि स्थानिय उद्यम सुदृढिकरण तथा प्रवद्र्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रष्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेल भन्छन्, ‘यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तिय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ ।’
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स कम्पनीले १३.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, लाभांशमा लाग्ने कर प्रयोजनका लागि थप ०.६६ प्रतिशत नगदसहित कुल १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...