काठमाडौं । गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् ।
बहुमत महाधिवेशन प्रतिनिधिको दावी गर्दै विशेष महाधिवेशन पक्षबाट आयोगमा पत्र पठाइएको हो । पत्रमा यसअघिको कार्यसमिति भंग भइसकेको पनि दाबी गरिएको छ।
यसअघि काँग्रेस संस्थापन पक्षले पनि गगन–विश्वलाई कारबाही गरिएको पत्र आयोगमा पठाइसकेको छ ।
पार्टीको आधिकारिकता दावी गर्दै गगन–विश्वले निर्वाचन आयोगमा पठाए पत्र
गगन–विश्वप्रकाशलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
संस्थापन पक्षका नेताहरू कारबाहीको पत्र बाकेर आयोग पुगेका थिए । आयोगले पत्र दर्ता गरेको छ ।
आजै बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षको लागि पार्टीबाट निष्काषन गरेको हो । यता, गगन–विश्व पक्षको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । प्रभु बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको सभाले विभिन्न निर्णयहरु पारित गरेको हो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको बैंकको २४ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ।व। ०८१, ०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आ।व। २०८१, ०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।
प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालयहरुसहित देशभर फैलिएको आफ्नो बैंकिङ सञ्जालको माध्यमबाट ३७ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रबद्र्धन महिना सञ्चालन गरिने
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव” डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने भएको छ । बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबद्र्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम “महालक्ष्मी माघ महोत्सव” मनाउन थालिएको हो ।
दैनिक कुल कारोबार संख्यामा बैंकको डिजिटल कारोबारको संख्या औसतमा ८० प्रतिशत बढी रहेको यस बैंकले यस्तो कारोबारहरुलाई थप वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ । विभिन्न सुविधाहरु मध्ये मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत मुद्धती खोल्दा बढी ब्याजदर प्रदान गर्ने भएको छ । यस अन्तर्गत ग्राहकहरुले मोबाइल एप मार्फत मुद्धती खाता खोल्दा बैंकले व्यक्तिगत मुद्धतीमा प्रदान गर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्न सक्नेछन् । स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्धती खाताहरुमा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रहि ब्याज प्रदान गर्नेछ ।
त्यसैगरी “महालक्ष्मी माघ महोत्सव” लाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्नेछ । साथै, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ्ग दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गर्नेछ । ग्राहकहरुले मोबाइल एप मार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा रु। २०० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् । अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको सुचना प्रदान गर्ने “कोइली” दर्ता गर्दा समेत शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागु हुनेछ ।
यस प्रकारको अभियान बाट बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, डिजिटल सेवालाई थप विस्तार गर्न तथा प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै नगद कारोबारको सिमा घट्दै जाँदा यस अभियानले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास समेत बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले यस अघि नै फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यु।पि।आई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी भुक्तानी गर्न मिल्ने ब्यवस्था समेत मिलाएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेज्यूको अध्यक्षतामा शेयरधनी महानुभावहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।
आर्थिक वर्ष २०८१÷८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।
यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको ३८औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।
सभामा अध्यक्ष प्रेमा सिंहले समीक्षा वर्ष आर्थिक वर्ष २०८१, ८२ को आर्थिक अवस्था, विश्व अर्थतन्त्र र नेपालको आर्थिक वृद्धिदरबारे जानकारी दिँदै विविध चुनौतीका बाबजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा रहेको र कोभिड महामारी तथा भूराजनीतिक कारणले बढेको मुद्रास्फीतिको अवस्था घट्दै गएको उल्लेख गरिन्।
उनले नेपालमा आर्थिक वर्ष २०८१, ८२ को आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहे पनि आगामी वर्ष बढ्दो राजनीतिक र सामाजिक अनिश्चितताका कारण वृद्धिदरमा संकुचन आउन सक्ने सम्भावना रहेको जनाईन।
कम्पनीको व्यापार समीक्षा वर्षमा सन्तोषजनक रहेको छ। कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २,२५९.३७ करोड पुगेको छ। समीक्षा वर्षको संचालनबाट जम्मा रु। १,४९८.५९ करोड बीमा करार दायित्वमा सारिएको र कूल बीमा करार दायित्व १८.८३ प्रतिशतले वृद्धि भई वर्षान्तमा रु. ९,४५८.७७ करोड पुगेको छ।
यसैगरी कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति एवं आंशिक अवधि समाप्ति दाबी, सर्मपण मूल्य र अन्य दाबीमा रु. ९४८.६५ करोड भुक्तानी गरेको छ।
कम्पनीले आफ्ना लगानी योग्य रकम नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार अधिकतम दीर्घकालीन र सुरक्षित लगानीमा लगानी गर्दै आएको छ। समीक्षा वर्षमा कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७,७९०.२० करोड पुगेको छ। लगानीमा वार्षिक औसत प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ।
कम्पनीले आफ्नो लगानी विविधिकरणतर्फ पनि कदम चाल्दै हिमालयन बैंक लिमिटेडमा १३.६१ प्रतिशत सेयर स्वामित्व हासिल गरेको छ। साथै कम्पनीको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक अनुमति प्राप्त गरी सञ्चालनमा आएको र पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
कम्पनीले इटहरी शाखाका लागि नयाँ आधुनिक व्यावसायिक भवन निर्माण, प्रविधि मैत्रीकरण र कर्मचारी प्रशिक्षणमा पनि लगानी गरिरहेको छ।
काठमाडौंका विभिन्न स्थानमा आज बिजुली आपूर्ति बन्द हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीनवटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भंगाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको छ । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो ।
सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ ।
भंगाल फिडरको तल्लो भंगाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११ः३० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुनेछ ।
शिवपुरी फिडरको बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगाडि नै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।
कांग्रेस विशेष महाधिवेशन ः उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवार मनोनयनको लागि बिहान ९.१५ बजेसम्मका समय तोकिएको जानकारी दिए । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने संयोजक केसीले जानकारी दिए ।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो । बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।
हिमाचल प्रदेशमा सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु
काठमाण्डौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।
सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटबाट आगलागी हुँदा ९ जना नेपालीको मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानको सिद्धकुमार गाउँपालिका–२ का स्थानीय ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र राजन विक रहेका छन् ।
यस्तै आगलागीमा परी ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको हो ।
मृतकहरू सबै एकै गाउँको दुई परिवारका सदस्यहरु रहेको विज्ञप्ती जारी गर्दै वडाध्यक्ष मेघराज बुढाथोकीले जनाए ।
वडाका २ परिवारका ९ सदस्यको मृत्यु भएपछि मंगलबार वडाभरि शोक विदा दिइएको छ।
सोमबार बिहान करिब साढे २ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएर एउटा घरमा आगलागी भएको जनाईएको छ ।

















