Page 21

नबिल बैंकका एटिएमबाट खल्ती वालेटका प्रयोगकर्ताले एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकलाई वालेटदेखि एटिएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रुपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको जनाए । “नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रुपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो”, उनले भने । “नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रुपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ,” उनले थपे ।
खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण प्रयास भएको जनाए । “यस सम्झौताले बैंकको ठूलो सञ्जालमा एप प्रयोगकर्ताहरुको पहुँच सहज रुपमा स्थापित गर्न सहयोग पुग्नेछ, हामी हाम्रा वित्तीय कारोबारलाई छिटो, सजिलो र अन्तरनिहीत रुपमा सुरक्षित बनाउने योजनाअनुसार सम्झौता भएको हो ।”
यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ । त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन् ।
त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ । त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ । साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ ।
यो सुविधा जुनसकै समयमा पनि उपलब्ध हुनेछ । विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवमा १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
बैंकले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो ।
१९औँ वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानविय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिदै दुर्गम क्षेत्र, गरिव, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्नेछ ।
गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार विरुवाहरु रोप्ने कार्यक्रम घोषणा गरेको थियो ।
गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार विरुवा रोपण गरेको थियो ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौले सम्मानित गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्ग स्थित प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्र्थापनामा गरेको सहयोगको सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट सो कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रुपमा ग्रहण गरे ।
दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले रु. १७ लाखको सहयोग प्रदान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा यस कम्पनीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो ।
यस अगावै पनि यस कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको थियो । साथै काठमाडौँको बसपार्क स्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ यस कम्पनीले रु ६० हजारको र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो ।
गत भाद्र २३ र २४ गते भएको जेन्जी प्रदर्शन र आन्दोलनको क्रममा देशैभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुननिर्माण आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफले विभिन्न खालका कार्यक्रमहरु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जनाए ।

कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालिकोटबाट एकल सिफारिस गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।
यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट उनको नाम सिफारिसमा परेको थियो ।

गगन थापाको अपिल– चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधिसभाको चुनावअघि दल र नागरिक समाजबीच राष्ट्रिय समझदारीका लागि अपिल गरेका छन् ।
उनले चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् ।
थापाले देशमा देखिएका राजनीतिक र प्रशासनिक समस्या समाधानका लागि चुनाव मात्रै पर्याप्त नभएको उल्लेख गर्दै एक किसिमको राष्ट्रिय समझदारीको लागि अपिल गरेका हुन् ।
महामन्त्री थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अहिले दलरूमा देखिएको समानुपातिकको सूची निर्माण तथा नेतृत्व चयन र प्रशासनिक क्षेत्रमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक परिषद्‌का समस्या उजार गर्दै ती समस्या समाधानका लागि चुनाव र नयाँ बन्ने सरकार मात्रै पर्याप्त नभएकोले दल र नागरिक समाज बसेर छलफलपछि एकखालको राष्ट्रिय समझदारी गर्नुपर्ने जोड दिए ।
थापाले भने, ‘पार्टीहरूभन्दा बाहिर रहेर जसले सेप्टेम्बर ८ र ९ मा व्यक्त भएको गभर्मेन्स सुधार गर्ने, क्रप्सन कन्ट्रोल गर्ने र रिफर्म हुने कुराहरूको मर्मलाई बोकिरहुनुभएको छ तपाईंहरूले अलिकति मेहनत गर्दिनुपर्ने भएको छ । फरक–फरक पोलिटिकल पार्टीहरूलाई एकठाउँमा ल्याउने, नयाँ पुरानो सबैलाई । हाम्रोबीच पहिले २०६२, ०६३ को आन्दोलनभन्दा अगाडि गरेको जस्तै समझदारी गर्ने । भोलि इलेक्सनपछि आउने पार्लेमेन्टले गभर्मेन्ट बनाउँछ, र हामी जोसुकै पार्लेमेन्टमा आयौँ भने पनि हामी सबै मिलेर कम्तिमा यी विषयमा सुधार गर्छौं । कन्सिस्युसनका ठूलो–ठूलो कुराहरू, हामी कहिलेकाहीँ साशकीय स्वरूप भन्छौँ निर्वाचन प्रणाली ओभरल कुराको सन्दर्भमा ।’
उनले आ–आफ्ना मतहरूलाई छोडेर भ्रष्टाचार र सरकारलगायतका विषयमा गर्नुपर्ने संस्थागत सुधारका सन्दर्भमा– विधानमा के–के कुरा बदल्नुपर्ने हो ? कानुनमा के–के कुराहरू बदल्ने हो ? संविधान संशोधन के–के गर्ने हो ? यो कुरामा सबैले समझदारी गर्न सकिने जनाए ।
थापाले अगाडि भने, ‘त्यसो भयो भने २०८२ पछि आउने सरकारले संविधान पनि संशोधन गर्छ, कानुन पनि संशोधन गर्छ, नयाँ कुराहरू बनाउँछ । अनि त्यसपछि सेप्टेम्बर ८ र ९ को सहादतको अर्थ हुन्छ ।’ उनले अब आउने सरकारले राम्रो वा नराम्रो जे गरे पनि समझदारीमा भएका कुरा सुनिश्चित हुने दाबी गरे ।

 

 

 

 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार दिउँसो विशेष महाधिवेशनको मिति तोकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठक बोलाउनुअघि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए ।

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना, काठमाण्डाीैंको तापक्रम ५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाण्डौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
देशका तराई भूभागमा हुस्सु तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यता काठमाण्डौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ। महाशाखामका अनुसार बिहीबार बिहान ५ ः ४५ बजे काठमाण्डुको न्यूनतम तापक्रम ५।० डिग्री सेल्सियस देखिएको हो।
बुधबार यहि समयमा काठमाण्डुृको तापक्रम ५.१ डिग्री सेल्सियस थियो ।

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आज बिहीबारदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको जनाईन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् ।
विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा. शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको जनाउँछन ।
३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा। पन्तले जनाए ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहा लगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको जनाईन्छ ।
विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...