Page 7

निर्वाचन आउन ४१ दिन बाँकी ः आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

काठमाण्डौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार नाम फिर्ता लिन सक्ने छन् ।
निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ ।
यस्तै १ बजे देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ बजे देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन्।

कांग्रेसले गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै

काठमाण्डौं । नेपाली कांग्रेसले सभापति गगनथापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रने भएको छ ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।
तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, देउवा तयार नहुँदा निर्णय हुन सकेको थिएन ।
विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको प्रवक्ता देवराज चालिसेले जनाए ।
थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा चुनावी प्रचार अभियान सुरु भइसकेको छ । टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबार केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन् ।
सक्रिय राजनीतिमा तीन दशक लामो संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको हो ।
गत भदौमा भएको जेन–जी विद्रोहपछि राजनीतिमा नयाँ पुस्ताको माग भइरहेका बेला २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति बनाएको हो ।
थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको एक सातापछि पार्टी मुख्यालय सानेपामा पहिलो पटक शुक्रबार बैठक बस्न लागेको हो ।

अज्ञानता र उत्तेजनाको अँध्यारो हटाउन वसन्त पञ्चमीले प्रेरणा दिन्छ ः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञान, संस्कार र विवेकपूर्ण चिन्तनको महत्वलाई स्मरण गराएका छन् ।
आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले वसन्तको आगमनसँगै ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा गरिने परम्परालाई नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडेका छन् । उनका अनुसार आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराइने परम्पराले ज्ञानप्रति सम्मान र भविष्यप्रति आशाको सन्देश दिन्छ ।
सन्देशमा अध्यक्ष ओलीले अज्ञानता र उत्तेजनाको अँध्यारोलाई हटाएर संस्कारप्रतिको श्रद्धा र ज्ञानको विवेकपूर्ण बाटोमा हिँड्न वसन्त पञ्चमीले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै समाजलाई उज्यालो, चेतनशील र संस्कारयुक्त बनाउन ज्ञानको भूमिका निर्णायक हुने धारणा राखेका छन् ।

जाँचबुझ अयोगको म्याद २० दिन थपियो

काठमाडौं । जेनजी आन्दोनलका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको म्याद थप गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थपेको हो । योसँगै आयोगको म्याद दोस्रो पटक थपिएको हो ।
यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।
प्रतिवेदन लेखनको काम बाँकी रहेकाले म्याद थप गरिएको जानकारी दिइएको छ ।

रास्वपाका उमेदवार खरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दोलखाका उमेदवार ई. जगदीश खरेललाई आचारसंहिता उलंघनबारे स्पष्टीकरण सोधेको छ ।
माघ ६ गते उमेदवारी दर्ताका क्रममा भिडभाड गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ । आचारसंहिता अनुसार मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी जान पाइँदैन । उजुरीका आधारमा ३ दिने स्पष्टीकरण सोध्ने निर्णय भएको हो । खरेल ०७९ को निर्वाचनमा पनि दोलखाबाट उमेदवार बनेका थिए ।
आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीस उमेदवारको उजुरीका आधारमा स्पष्टीकरण सोधिने गरिएको जनाउँछिन । उजुरीका आधारमा स्पष्टीकरण सोधिने हो, उनी भन्छिन् ।

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।
चौधरी ७ भदौ २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्नेसम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्ताक्षर गरे । यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै उनीहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ ।
ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

सूर्यज्योति लाइफका एमडीआरटी लक्ष्य हासिल गर्न सफल

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२६ को सदस्य बन्न सफल भएका छन।
उक्त ५५ जना मध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबलका लागी योग्य भएका छन। गौरव कुमार शाही सीओटीमा तेश्रो पटक र दिपक सापकोटा दोश्रो पटक छनौट हुन सफल भएका हुन। कोशी प्रदेश बाट २ जना, बागमती प्रदेश बाट २९ जना, गण्डकी प्रदेश बाट ५ जना, लुम्बिनी प्रदेश बाट १३ जना, कर्णाली प्रदेश बाट ३ जना र सुदुर पश्चिम प्रदेश बाट ३ जना गरी जम्मा ५५ जना छनौट भएका हुन। साथै, ३ वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने ६ जना र ५ वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने २ जना गरि ८ जना दीर्घसेवा पदकबाट सम्मानित भएका छन।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल –एमडीआरटी का लागि छनौट हुन सफल ५५ जना सबैलाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा अझ मेहनत र लगन स्वरुप अघि बढ्न आग्रह गरेका छन।

सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमामा आकर्षक क्यासब्याक

काठमाडौं । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणको सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।
उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

शेयर बजारमा ९.२३ अंकको सुधार, नौ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । आज रकोबार रकम पनि नौ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२३ अंकले बढेको हो । ०.३४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७१४.६१ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८.७९ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र रावा इनर्जीका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.८७ र ९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कालीका पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज आँखु खोला जलविद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ८२ लाख ५६ हजार ८ सय ४५.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.१२ अंकले बजार बढ्दा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५.५९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सोनाम ल्होसार पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो । त्यस्तै मंगलबार ४२.२६ अंकले बजार बढ्दा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७०.६७ रुपियाँ र हिजो बुधबार ९.४३ अंकले बजार घट्दा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३ सय ४६.९९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...