Page 11

टी–२० विश्वकप ः नेपालको दोस्रो खेल आज इटालीसँग

काठमाडौं । जारी टी–२० विश्वकपको १७ औं खेलमा आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
विश्वकपमा यो नेपालको दोस्रो खेल हो । नेपाल पहिलो खेलमा इङल्यान्डसँग ४ रनले पराजित भएको थियो । इटालीले पनि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हार बेहोरेको थियो ।
नेपाल सुपर ८ मा पुग्नका लागि आज इटालीविरुद्धको खेल जित्नैपर्ने अवस्थामा रहेको छ ।
विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।

सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा लिनु पनि हैरानीको विषय बनेको उल्लेख गरेका छन्।
हालको प्रशासनिक संयन्त्रको आलोचना गर्दै उनले भनेका छन्, कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ, आम नागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ।
थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। उनले न्यूनतम सरकारी निकाय, अधिकतम सुशासनुको सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने जनाए।
परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुख दिएको भन्दै उनले प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्। डिजिटल गभर्नेन्स मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो, थापाले भनेका छन्।
यसमा नागरिकले सेवा लिन खोज्दा सकेसम्म राज्यको ढोकासम्म जानै नपर्ने अवस्था सिर्जना गर्ने योजना पनि सभापति थापाले सुनाए ।
उनले अगाडि भने, ‘राज्य–सरकार आफै नागरिकको घरमा सेवा दिन पुगोस् । यदि जानैपर्ने परे एकपटक गए पुगोस् ।’ गएका बेला हैरानी बेहोरेर आउने अवस्था नबनोस् भनेर योजना बनाएको उनले जनाए।
त्यसमा झन्डै एक दर्जन योजना पनि सुनाए । त्यसमा डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तीन तहकै सरकारले छुट्टाछुट्टै काम गर्ने नभई एकै लाइनमा काम गर्ने, एक नागरिक, एक परिचयपत्र’ व्यवस्था गर्नेलगायतका योजना समावेश छन् ।
‘यसमा हामीले विस्तृतमा तयारीका काम गरेका छौँ । हामी गर्नसक्छौँ,’ सभापति थापाले भने, ‘डिजिटल गभर्नेन्स आत्मसम्मानको बारेमा हो । डिजिटल शासन प्रविधि होइन, यो विश्वासका बारेमा हो ।’
राज्यले दिने सेवामा लाइन बस्नुपर्ने बाध्यता र फाइल घुमाएर काम अल्झाउने प्रवृत्तिको अन्त्यका लागि प्रविधिमैत्री प्रशासन नै एक मात्र विकल्प रहेको उनको भनाइ छ।

अध्यक्ष ओली आज पूर्वी गौरादहका ११ ठाउँमा सहभागी हुने

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेदवार केपी शर्मा ओलीले आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार बिहान ११ बजे गौरादहको चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ । पार्टीले दिएको जानकारी अनुसार ११ः४५ बजे पेट्रोलपम्पमा, दिउँसो १२ः३० बजे डिठा चौकमा, १ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ ।
यसैगरी, दिउँसो १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ ।
यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । अपरान्ह ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए ।
अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिबद्धता जनाउनेछन् । अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएका भौतिक, शिक्षा र स्वास्थ्यका असुविधाहरुलाई बढी उठाउने गरेका छन् ।
अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गरेका थिए ।

‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिँदै

काठमाडौं । आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् ।
भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो ।
प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि गएको २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको छ ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ ।
नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ ।

आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धतापत्र सार्वजनिक

काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधार, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आर्थिक सुधारको नयाँ चरणमा मुलुक प्रवेश गराउन आवश्यक नीति तथा कार्यक्रम अघि सारिएको जनाए ।
प्रतिबद्धता पत्रमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण, स्थानीय तह र समुदायबाट समाजवादको अभ्यास, तथा नेपाली विशेषतामा आधारित समाजवादलाई सामाजिक क्रान्तिको मूल बाटोका रूपमा अगाडि बढाइने उल्लेख गरिएको छ । भाषिक विभेदको अन्त्य गर्दै बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउँदै जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह गर्ने, सुशासन, पारदर्शिता र मितव्ययितालाई आर्थिक विकास र समृद्धिको आधार बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, उद्यमी परिवार निर्माण तथा गाउँ–शहरका घरघरमा रोजगारी सिर्जना गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ ।

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ । यसका लागि आयोगले आगामी फागुन ३ गतेसम्मको समय दिएको छ ।
‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ आयोगले निकालेको विज्ञप्तिमा उम्मेख छ ।

टी–२० विश्वकपः यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको दोस्रो खेलमा न्युजिल्यान्डले युनाइटेड अरब इमिरेट्सलाई १० विकेटले पराजित गरेको छ ।
न्यूजील्यान्डका टिम साइफर्ट र फिन एलिनले बिना विकेटको क्षतिमा आफ्नो टिमलाई जित दिलाए ।
पहिले ब्याटिङ गर्दै यूएईले दिएको १७४ रनको चुनौतीपूर्ण लक्ष्य न्युजिल्यान्डले मात्र १५ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।
न्युजिल्यान्डका लागि साइफर्टले अविजित ८९ र एलिनले पनि अविजित ८४ रन बनाए । साइफर्टले मात्र ४२ बलमा १२ चौका र ३ छक्का र एलिनले ५० बलमा ५ चौका र ५ छक्का हिर्काए ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । उसका लागि कप्तान मुहम्मद वाशीमले सर्वाधिक ६६ रन बनाउँदा अलिसान सराइफुले पनि ५५ रनको अर्धशतकीय पारी खेले भने मयंक कुमारले २१ रन बनाए ।
बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले २ तथा ज्याक डफी, लोकी फेरगुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले १, १ विकेट लिए ।

युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा पंगेनी नियुक्त

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालकमा विपिन विहारी पंगेनीलाई नियुक्त गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले संस्थापक शेयरधनी चौधरी ग्रुपको तर्फबाट प्रतिनिधिको रुपमा पंगेनीलाई नियुक्त गरेको हो ।

प्रभु महालक्ष्मी लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि १ लाख ५५ हजार ८०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र काठमाडौँको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो ।
सेबोनबाट स्वीकृत पाएसँगै १०० कित्ता शेयर हुने लगानीकर्ताहरुले १५ कित्ता हकप्रद पाउने भएका छन् । स्वीकृति पाएसँग कम्पनीले २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी शुरु गरेको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...