Page 12

नयाँ एआई–ड्रिभन स्मार्टफोन ल्याउँदै सामसङ

0

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड सामसङले नेपाली बजारमा नयाँ एआई–ड्रिभन प्रविधि भित्र्याउने संकेत गर्दै टिजर सार्वजनिक गरेको छ ।
सार्वजनिक एक टिजरले स्मार्टफोनको अनुभवलाई रूपान्तरण गर्नसक्ने सुविधामा संकेत गरेको देखिन्छ । सम्भावित रूपमा डिस्प्ले इन्टेलीजेन्स वा उपकरणमा रहेको एआईसँग सम्बन्धित छ, जबकि अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी फिचरतर्फ औंल्याएको छ । यी सूक्ष्म संकेतहरूले पहिले नै कुराकानी सुरु गरिसकेका छन्, जसले गर्दा सामसङले अब के अनावरण गर्न सक्छ भन्ने बारेमा अनुमानहरू बढेका छन् ।
नेपालभित्र ग्यालेक्सी फ्ल्यागसिपको सफलतामाथि टेकेर सामसङले दैनिक प्रयोगलाई अझ स्मार्ट र सजिलो बनाउने योजनातर्फ ध्यान दिइरहेको छ ।
टिजरमार्फत संकेत गरिएको अनुभव अन–डिभाइस एआईद्वारा सञ्चालित एक इन्टेलीजेन्ट डिस्प्ले लेयरमा केन्द्रित देखिन्छ, जसले कन्टेन्टलाई रियल टाइममा गतिशील रूपमा अनुकूलन गर्छ । यसको प्रयोगकर्ताहरूले दैनिक विभिन्न परिस्थितिहरूमा आफ्नो स्क्रिन कसरी हेर्छन्, कसरी अन्तर्क्रिया गर्छन् र कसरी संलग्न हुन्छन् भन्ने अनुभवलाई अझ प्रभावकारी बनाउँछ ।
टिजरमार्फत संकेत गरिएको सबैभन्दा चासो जगाउने सम्भावनाहरूमध्ये एक भनेको अन स्क्रिन प्राइभेसीप्रति नयाँ दृष्टिकोण हो । उन्नत डिस्प्ले प्रविधिहरू र अन डिभाइस इन्टेलिजेन्सको उपयोग गरेर, सामसङले आजको अन द गो जीवनशैलीको लागि डिजाइन गरिएको एआई सञ्चालित प्राइभेसी तह प्रस्तुत गर्ने तयारी गरिरहेको हुनसक्छ । प्रतीक्षा थपिँदै जाँदा सामसङ नेपालको नयाँ टिजरले चाँडै नै नयाँ इन्टेलीजेन्सको तह खुलासा हुनसक्ने संकेत दिएको छ ।

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

0

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।
मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ ।
सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ ।
यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उनले जनाए । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

टी–२० विश्वकपमा आज पनि तीन खेल

0

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछ । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’अन्तर्गत एक गरेर तीन खेल हुन लागेका हुन् ।
पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समूह ‘डी’अन्तर्गत रहेका न्युजिल्यान्ड र युएईबीच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।
न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।
मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे सुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।

रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक

0

रुपन्देही । सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ ।
सोमबार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने मंगलबार नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो ।
लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो ।
उनी आइतबार पूर्वी नवलपुर र पश्चिमनवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।
मंगलबार उनले यहाँ सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका थिए ।

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

0

काठमाण्डौं । राष्ट्रियसभाले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।
गत वर्ष माघ २७ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा उक्त विधेयक पेस गरेको थियो ।
यस्तै आजको बैठकले पर्यटन विधेयक २०८१ लाई पारित गरेको छ ।
बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बोलाइएको छ ।

जाँचबुझ आयोगको म्याद थप्ने सरकारको निर्णय

0

काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदै छ।
सरकारले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न गत असोज ५ गते विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो।

एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँगको भेटमा यस्तो निर्देशन दिएकी हुन् ।
आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिइन् ।
राखेपले एसियाली खेलकुदमा पदकलाई लक्षित गरी दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि रकमको व्यवस्था गरिदिन निर्देशक विष्टले अनुरोध गरेका थिए ।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पनि आवश्यक समन्वय गरिरहेको जनाईन । प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी लक्ष्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न पनि निर्देशन दिएकी छन् ।

होटल फरेष्ट इनको आईपीओमा २३ लाख ३० हजारको आवेदन

0

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आज २६ गतेसम्म सर्वसाधारणका निष्काशन गरेको आईपीओमा २३ लाख ३० हजार ८६ जनाको आवेदन परेको छ ।
आज अन्तिम दिन अन्तिम समयसम्म २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपियाँ बराबरको २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले जारी पुँजी २ अर्ब रुपियाँको २० प्रतिशत हिस्सा बराबर हुने ४० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको कुल मूल्य ४० करोड रुपियाँ हुन्छ । सोमध्ये ४ लाख कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि, दुई लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याई वितरण गरिसकिएको छ ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसको कुल मूल्य ३३ करोड २० लाख रुपियाँ बराबर हुन्छ ।

नेशनल लाइफ इन्स्योरेन्स कीर्तिपुर शाखाका ब्रान्च म्यानेजरको शिव शरण महर्जनको निधन

0

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कीर्तिपुर शाखाका ब्रान्च म्यानेजर शिव शरण महर्जनको निधन भएको छ । कम्पनीमा लामो समयदेखि आवद्ध भएर काम गरीरहेका महर्जनको सोमबार (माघ २६ गते) निधन भएको हो ।
कम्पनीले ब्रान्च म्यानेजर महर्जनको असामायिक निधन भएको हुँदा उनको दिवंगत आत्माको चिर शान्तिको कामनासहित श्रदान्जली अर्पण गरेको छ । साथै, उनको शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामनाको साथ समवेदना व्यक्त गरेको छ ।
नेपाली बीमा क्षेत्रले एक अनुभवी, होनाहार र क्षमतावान कर्मचारी गुमाएको छ । उनले नेशनल लाइफ इन्स्योरेन्समा आवद्ध भएर समग्र बीमा उद्योगको विकासको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

हिमालयन लाइफ इन्स्यारेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त

0

काठमाडौँ । हिमालयन लाइफ इन्स्यारेन्स लिमिटेडले संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा दिपक नेपाललाई नियुक्त गरेको छ।
कम्पनीको माघ २५ गते आइतबार बसेको सञ्चालक समितिको ६१औँ बैठकले दिपक नेपाललाई सोही मितिदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...