Page 13

टेलिकमको जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट देशभर उपलब्ध

0

काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्नसक्ने व्यवस्था गरिएको छ ।
गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो ।
यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसैअनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नुपर्छ ।
सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
कम्पनीका अनुसार अहिले पनि धेरै ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ । यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ ।

रास्वपा सभापति लामिछाने आज रूपन्देहीका ५ वटै क्षेत्रमा पुग्ने

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।
बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ ।
दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार बिहान ११ बजे क्षेत्र नं ३ को भैरहवा, १ बजे क्षेत्र नं ४ को कोटहीमाई मर्चवार क्षेत्रमा, २ बजे क्षेत्र नं ५ को पर्सहवामा, सवा ३ बजे क्षेत्र नं २ को मोतिपुर, बुटवल हुँदै नयाँगाउँ, सालझण्डी हुँदै सवा ६ बजे बुद्धजन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको छ ।
त्यसतै रास्वपा ५ वटा निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भए पनि धेरै ठाउँमा सम्बोधन नगर्ने र केही केही स्थानमा मात्रै सम्बोधन हुनसक्ने शर्माले जनाए ।
रुपन्देहीको क्षेत्र नं १ मा रास्वपाबाट महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार छन् ।

प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै एमाले उम्मेदवार घिमिरे, अनलाइनमा पनि मागे सुझाव

0

झापा । झापा क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छन् ।
प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यसपटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् ।
उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका छन् । यसका लागि उनले एक क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं. २ का मतदाताहरूसँग सुझाव आह्वान गरेका छन् ।
घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२, ८७) का लागि बनाइने प्रतिबद्धता पत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो । ‘झापा क्षेत्र नं. २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ,’ उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका घिमिरेलाई यस पटक ‘अनुभवी’ र ‘प्रविधिमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ ।
उनले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

ठेकेदारलाई तर्साएर ताली पाउँला, तर समस्या समाधान हुँदैन ः सभापति थापा

0

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने जनाएका छन् ।
सभापति थापाले सोमबार सामाजिक सञ्जाल फेसबुमा भिडिया मार्फत ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने जनाएका छन्। नेपालमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या रहेको जनाउँदै उनले यसले विकासको लागत त बढाएको समेत जनाएका छन् । सडक, सिँचाइ जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता रहेको उनको भनाइ छ ।
पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने सभापति थापादे दाबी गरे ।
‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ । सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन् ।
थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको दूरावस्थालाई चित्रण गर्दै विकासको परम्परागत शैली अब काम नलाग्ने निष्कर्ष सुनाए। थापाले देशका ठुला आयोजनाहरू वर्षौँसम्म अलपत्र पर्ने र सहरका सडकहरूमा समन्वय अभावमा बारम्बार खन्ने पुर्ने काम भइरहने स्थितिलाई विकासको कन्तबिजोगको संज्ञा दिए।
सडक बनेलगतै खानेपानीले खन्ने, त्यसपछि ढल र फाइबरका लागि पुनः खन्ने प्रवृत्तिले लागत मात्र नबढाएको भन्दै उनले यसबाट देशले ठुलो अपरच्युनिटी कस्ट गुमाइरहेको जनाए। लामो समयदेखि संसद्, संसदीय समिति र मन्त्रालयमा रहँदा आफूले पूर्वाधार निर्माणमा देखिएका समस्यालाई नजिकबाट नियालेको उनले उल्लेख गरे।
‘हामीले बेलाबेलामा ठेकेदारलाई तर्साएर वा आयोजना स्थलमा पुगेर निर्देशन दिएर ताली त पाउँला, तर समस्याको समाधान हुँदैन,’ थापाले भने, ‘लक्षणमा मात्र काम गरेर हुँदैन, जरामा पुगेर उपचार गर्नुपर्छ।’

इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

0

काठमाण्डौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको छ ।
सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले पराजित भएको हो ।
नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो ।
इङ्ग्ल्याण्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । लोकेश बम ३९ रनमा अविजित रहेका छन् ।
बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले २ तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले १–१ विकेट लिए ।
नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए ।

टी–२० विश्वकप ः दीपेन्द्र ऐरी आउट, नेपाललाई जित्न ३० बलमा ६० रन आवश्यक

0

काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले तेस्रो विकेट गुमाएको छ ।
१५ औं ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो । दीपेन्द्र सिंह एरी ४४ रनमा आउट भए ।
जारी खेलमा नेपालले १५ ओभरमा ३ विकेट गुमाएर १२५ रन बनाएको छ ।
नेपाललाई जित्न अब ३० बलमा ६० रन आवश्यक छ ।

खेलाडीलाई शुभकामना दिँदै प्रचण्डले भने ः हरेक बल, रन र विकेटमा नेपालको साथ छ

0

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा विश्वभर फहराउनेमा विश्वास व्यक्त गरेका छन्।
टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको जनाएका हुन्।
उनले भनेका छन्, ‘जारी टि–२० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टिमले इङ्ग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु। खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले हामी सबैलाई गर्व अनुभूति गराउँछ।’
प्रचण्डले हरेक बलमा, हरेक रनमा, हरेक विकेटमा सम्पूर्ण नेपालको साथ रहेको जनाउँदै उनले विजयको लागि शुभकामना दिएका छन् ।
आइसीसी टी–२० विश्वकप खेल्न भारतको मुम्बई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज इंग्ल्यान्डजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग पहिलो भेट हुन लागको हो। समूह सीमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

अण्डाको मूल्यमा भारी गिरावट

0

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी मूल्य घटाइएको जनाएको छ ।
नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो ।
गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रु ५५० थियो ।
संघका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिए ।
अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपियाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपियाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् ।
संघले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

सिटिजन्स बैंकद्वारा ‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ प्रदान

0

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रदान गरिने यस वर्षको ‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई प्रदान गरिएको छ । पुरस्कार नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा शनिबार प्रदान गरिएको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुरस्कार प्रदान गरेका थिए ।
यस पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारिहरुको एक समितिले गरेको हो । म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्डले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने र यसले भविष्यका म्यानेजमेन्ट पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबिए तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । यस सम्झौता अनुसार, प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१,००० रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

होटल फरेष्ट इनको आईपीओ भर्ने सोमबार अन्तिम दिन

0

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका निष्काशन गरेको आईपीओमा आवेदन दिने माघ २६ गते सोमबार अन्तिम दिन हो ।
कम्पनीले जारी पुँजी २ अर्ब रुपियाँको २० प्रतिशत हिस्सा बराबर हुने ४० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको कुल मूल्य ४० करोड रुपियाँ हुन्छ । सोमध्ये ४ लाख कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि, दुई लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याई वितरण गरिसकिएको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसको कुल मूल्य ३३ करोड २० लाख रुपियाँ बराबर हुन्छ ।
उक्त शेयर ३ लाख ३२ हजार जनाले १०–१० कित्ताका दरले पाउने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...