Page 4

एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन

0

काठमाण्डौं । पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, एसजे मोटो र हिमालयन जाभाले
काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका
छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो
सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई
एउटै छानामुनि ल्याउनु हो।
काठमाडौंको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको
स्वाद लिँदै एक आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन्। यसलाई
एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट लाइफस्टाइल डेस्टिनेसनको रूपमा विकास गर्ने एसजे
मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ। नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी
भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ।
यस विषयमा बोल्दै एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने, पोखरामा पहिलो संयुक्त आउटलेट
खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौं। दुवै क्षेत्रप्रतिको यही
लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप
फराकिलो र आकर्षक बनाएका हौं।
लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन होस्, आफ्ना राइडर साथीहरूसँग भेटघाट गर्न होस् वा उत्कृष्ट
कफीको मज्जा लिन होस्— नयाँ स्वरूपको यस एसजे मोटो र हिमालयन जाभा आउटलेटले सबैलाई
एक उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।
यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छ।

सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

0

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सो कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिय म्यानेजरहरु, तथा उत्कृस्ट शाखा प्रबन्धकहरुको सहभागिता पोखरा चितवनको एक होटेलमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले स्पष्ट लक्ष्य निर्धारण, प्रभावकारी रणनीति निर्माण तथा अनुशासित कार्यान्वयनमार्फत कम्पनीलाई सफलताको शिखरतर्फ अग्रसर गराउन सकिने उल्लेख गरे । चुनौतीपूर्ण आर्थिक अवस्था तथा मर्जरपछिको परिवेशका बाबजुद पनि एकता, सामञ्जस्यता र प्रतिबद्धताका साथ कार्य गर्दा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
साथै, रणनीति कागजमा मात्र सीमित नराखी व्यवहार, निर्णय र परिणाममा उतार्नुपर्नेमा जोड दिँदै उत्कृष्ट कार्यसम्पादनको कदर र स्वच्छ प्रतिस्पर्धाको संस्कृतिले कर्मचारीको मनोबल उच्च बनाइ संस्थालाई अझ सुदृढ र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुर्‍याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी आधिकृत शिवनाथ पाण्डेले कम्पनिको तथ्यांक तथा प्रगति विवरण प्रस्तुत गर्दै कम्पनीको कार्यसम्पादन वर्षेनि सुधारोन्मुख रहेको स्पष्ट पारे । साथै हालको अवस्थामा बजार लगानी मैत्री नहुँदा समेत कम्पनीले ३७.८०८ प्रतिशत लाभांश वितरण गर्न सफल रहेको उलेख गरे ।
आर्थिक वर्षको अर्धबार्षिक समिक्षा अबधिसम्ममा विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुखहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतले उपलब्ध स्रोत, साधन, ज्ञान, सीप र उत्कृष्ट ग्राहक सेवा मार्फत कम्पनीको ग्राहक सङ्ख्या विस्तार गरिने र यस वर्ष कम्पनीलाई नयाँ उचाइमा पराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने जनाए । कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच ५० प्रतिशतसम्म छुट दिने सम्झौता

0

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुर, बडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरुमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

0

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । बैंकको २०८२ फागुन ८ गते बसेको ५४८ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सञ्चालक गौतम पेसाले लेखा व्यवसायी हुन् ।

मनहरीमा बस दुर्घटना, २२ जना यात्रु घाइते

0

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनास्थित सडकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
वीरगञ्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा २२ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।
घाइतेको उद्धार गरी उपचारका निम्ति चितवन अस्पताल पठाइएको उनले जनाए ।

चितवन–२ मा रवि लामिछाने घरदैलो कार्यक्रममा व्यस्त

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।
आइतबार बिहानै देखि सभापति लामिछानेले चितवनको वडा नम्बर– १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट गरिरहेका छन् ।
यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने जनाईएको छ ।

विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी ट्यारिफ बढाएर १५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल टूथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन् ।
ट्रम्पले अमेरिकी सर्वोच्च अदालतले हालै दिएको निर्णयको समीक्षा गरेपछि आफूले १० प्रतिशत ट्यारिफलाई ‘कानूनी रूपमा अनुमति प्राप्त र परीक्षण भइसकेको’ १५ प्रतिशत तहमा पुर्‍याउने निर्णय गरेको जनाएका छन् । उनका अनुसार आगामी केही महिनाभित्र ट्रम्प प्रशासनले नयाँ र कानूनी रूपमा मान्य ट्यारिफ दर निर्धारण गरी लागू गर्नेछ । यसअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतमा ट्रम्प प्रशासनले सन् १९७७ को इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरी व्यापक आयात ट्यारिफ लगाउनु कानूनी अधिकारभन्दा बाहिर गएको ठहर गरेको थियो । अदालतको उक्त निर्णयलाई ट्रम्पले ‘खराब निर्णय’ भन्दै आलोचना गरेका थिए ।
सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले ट्रेड एक्ट १९७४ को सेक्शन १२२ अन्तर्गत १० प्रतिशत विश्वव्यापी ट्यारिफ लागू गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त प्रावधानअनुसार १५ प्रतिशतसम्म अस्थायी आयात अधिभार १५० दिनसम्म लगाउन सकिने व्यवस्था छ ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार भारतले पनि उक्त १० प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ र अर्को कानूनी प्रावधान नल्याएसम्म यो दर कायम रहनेछ । अधिकारीले सबै व्यापार साझेदार राष्ट्रलाई अमेरिकी व्यापार सम्झौताहरूको पालना गर्न आग्रह गरेका छन् ।
यसैबीच, भारत र अमेरिकाबीच गत फेब्रुअरी ७ मा अन्तरिम व्यापार सम्झौताको रूपरेखा तय भएको थियो । उक्त रूपरेखाले पारस्परिक तथा सन्तुलित व्यापार प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । अन्तरिम सम्झौताअन्तर्गत भारतले अमेरिकी औद्योगिक वस्तु तथा कृषि उत्पादनमा लगाइने केही ट्यारिफ घटाउने वा हटाउने सहमति जनाएको छ ।
त्यसैगरी, अमेरिकाले भारतबाट आयात हुने केही वस्तुमा १८ प्रतिशत पारस्परिक ट्यारिफ लागू गर्ने जनाएको छ । यद्यपि अन्तरिम सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा जेनेरिक औषधि, रत्न तथा हीरा र विमानका पार्टपुर्जालगायतका वस्तुमा लगाइएको ट्यारिफ हटाइने उल्लेख गरिएको छ । यसअघि अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशतसम्म ट्यारिफ लगाएको थियो, जसमा रूसबाट तेल आयात गरेको भन्दै २५ प्रतिशत जरिवाना समेत समावेश थियो ।
भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले अमेरिकी सर्वोच्च अदालतको निर्णय र ट्रम्प प्रशासनले घोषणा गरेका कदमहरूको प्रभावबारे अध्ययन गरिरहेको जनाएको छ । मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा यी विकासक्रमको समग्र प्रभाव मूल्याङ्कन भइरहेको उल्लेख गरिएको छ ।

टी–२० विश्वकप ः सुपर–८का खेल आजदेखि

0

काठमाण्डौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबारदेखि सुपर–८का खेल सुरू हुँदैछन् । चार समूहका शीर्ष दुई दुई टोलीले यसअघि नै सुपर–८मा स्थान बनाएका छन् ।
सुपर–८को पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुँदैछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ ।
आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८मा पुगेका हुन् ।
साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल आइतबार भारतको अहमदाबादमा हुनेछ । विश्वकपको फाइनल खेल मार्च ८ अर्थात् फागुन २४ गते हुनेछ ।

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

0

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई नेकपा (एमाले) को झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको छ ।
रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो ।
पत्रमा पत्रप्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

दमकमा आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्दै अध्यक्ष ओली

0

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ को दमकमा दिउँसो ३ बजे अन्तरक्रिया हुन लागेको हो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ । हिसानका अध्यक्ष युवराज शर्माका अनुसार ‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ ।
अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिए । निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतीका विषयमा छलफल गरिनेछ ।
प्यानल छलफलमा हिसानका पूर्वअध्यक्ष रमेशकुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनेछन् ।
प्यानलमा सहभागी वक्ताहरुले आफ्ना क्षेत्रका तत्कालीन र दीर्घकालिन समस्या र समाधानका उपाय, नीतिगत अवरोधहरु र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन् ।
यसैगरी, जेन जेड र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले जनाए । उनका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अंगालेको निजी क्षेत्रसम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरु राख्नेछन् । कार्यक्रम दिउँसो ३ बजे दमक चौकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ ।
अध्यक्ष ओली आजै काठमाडौंबाट झापा आउँदै छन् ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...