Page 11

एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

0

काठमाडौं । एभरेष्ट बैंकको तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपियाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६।२५५ दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६–६ महिनाको अवधिमा हुनेछ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख छ ।

रास्वपाको समानुपातिक सांसद बनेपछि लिमा अधिकारीले निफ्राबाट दिइन् राजीनामा

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचत सांसद लिमा अधिकारी आचार्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छन् । रास्वपा कोषाध्यक्षसमेत रहेकी उनी समानुपातिक सांसाद बनेपछि बैंक छोडेकी हुन् ।
लिमाको स्थानमा अनिता रायमाझी नियुक्त भएकी छिन् ।
सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै सञ्चालक रहेकी आचार्यले व्यक्तिगत कारण देखाउँदै पदमा रही कार्य गर्न असमर्थता जनाएर राजीनामा दिएको बैंकले जनाएको छ । बैंकको आइतबार बिहान ८ः३० बजे बसेको १७८औं सञ्चालक समितिको बैठकले उनको राजीनामा आजकै मितिदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

0

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ ।
सो योजना अनुसार नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू १ करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं.२०८३ आषाढ मसान्त भित्र योजना अनुसार शर्त सहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने सुवर्ण अवसर प्रदान गरिएकोले बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्नुहुन अनुरोध समेत गरेको छ ।
साथै वि.सं. २०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं.२०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनुहुन समेत बैंकले अनुरोध गरेको छ ।

पितृ शोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न पुगे राष्ट्रपति

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृ शोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
शोकमा रहेका ओलीसहित परिवारलाई समवेदना व्यक्त गर्न पौडेल गुण्डुस्थित ओली निवासमा पुगेका हुन् ।

हाम्रै एकल सरकार बनेपनि औंला उठाउनुपर्छ, खवरदारी गर्नुपर्छ ः स्वर्णिम वाग्ले

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने जनाएका छन् ।
मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने जनाएका हुन् ।
उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ । १८४ सिट प्राविधिक कारणले पुगेन । एक दुई सिटबारे स्पष्ट हुँदै जाला । तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौं । यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा जोगाएर यो आशा भरोसालाई निभाएर त्यो ऐतिहासिक बोध हामीले लिनुपर्छ ।’
उनले सांसदको मूख्य भूमिका कानुन बनाउने भएपनि आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्ने र सरकारलाई खवरदारी गर्नु रहेको जनाए ।
‘हामी विधायक सांसदको भूमिकामा छौं, सांसदको मूल काम के हो ? के गर्ने हुनेरु के गर्न नहुने ? सहायक काम के होरु बुझ्न जरुरी छ विज्ञहरुले प्रष्ट पार्नुहुन्छ, मूल काम हामी कानुन बनाउन आएको हौैं र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने वाच डग हौं, हाम्रै सरकार बनेपनि औंला उठाउनु, खवरदारी गर्नुपर्छ । आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्नुपर्छ र उहाँहरुको मुद्दाहरु बुलन्द रुपमा उठाउनुपर्छ,’ उनले भने।
यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको जनाए ।
‘अघिल्लो पटकको सदनमा रास्वपाका सांसदहरुले सकेसम्म सबै प्रयासहरु गरे तर त्यतिवेला संख्याको अपुग भयो र सोचे जस्तो डेलिभरी गर्न सकेनौं । हाम्रा छोराछोरीहरु देशमा सुशाषन भएन्, भष्ट्राचार भयो, हामीहरुलाई बस्न लायक देश बनाइदिनु भनेर स्कुलको लुगामा झोला बोकेर सडकमा निस्किए । हाम्रो संख्या पुगेको भए ति छोराछोरी स्कुलमा रमाउने थिए,’ उनले भने ।

स्वर्णिम र डीपीले घण्टी बजाएर गरे अभिमुखीकरणको उद्घाटन

0

काठमाडौं । उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले घण्टी बजाएर रास्वपाका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तालिमको उद्घाटन गरेका छन् । आज सुरु भएको तालिम दुई दिनसम्म चल्नेछ ।
तालिममा रास्वपाका पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञसँगै योगगुरुले प्रशिक्षण दिनेछन् । उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित भएनन् ।

समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने

0

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।
आयोगले सोमबार (चैत २) समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक गर्दै चैत ५ मा प्रमाणपत्र दिइने जनाएको हो । सो दिन बिहान ११ः३० बजे आयोगको परिसरमा प्रमाणपत्र प्रदान गरिने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार, चार सिट पाएका थिए ।
दलहरूले समानुपातिक बन्दसूचीबाट सोहीअनुसार नाम आइतबार आयोगलाई बुझाएका थिए ।

नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको प्रधानमन्त्रीको धारणा

0

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको धारणा व्यक्त गरेकी छिन ।
सोमबार काठमाण्डौंमा आयोजित एनआरएनएको १२औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको जनाईन ।
उनले भनिन्, ‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ । नयाँ जनादेश र बदलिँदो राजनीति परिवेशले मूलुकलाई स्थायित्व, विकास र समृद्धि अघि बढाउने आशा जगाएको छ ।’
उनले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्द्धन आवश्यक रहेको बताइन् । प्रधानमन्त्री कार्कीले सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झँदै नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह गरिन् ।
उनले भनिन्, ‘नेपालको विकास र समृद्धिको लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य लगानी ज्ञान, नवनप्रवर्द्धन आवश्यक हुन्छ । त्यसलै सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया जिम्मेवारीलाई सम्झेर नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह व्यक्त गर्दछु ।’
मातृभूमिप्रतिको प्रेमले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै उनले जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न र देशको प्रगति तथा समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कांग्रेसका पूर्वसांसद चालिसेलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

0

काठमाडौं । नेपाली काँग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे विरुद्ध दायर भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
अदालतको इजलासले बयानपछि उनलाई धरौटी माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेमाथि करिब ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार उनले वैध आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको दाबी गर्दै मुद्दामा उनकी पत्नी र परिवारका केही सदस्यलाई पनि प्रतिवादी बनाइएको छ। यस विषयमा अदालतमा सुनुवाइ प्रक्रिया भने जारी रहनेछ।
अख्तियारले सन्तोषसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।
उनी जेठ, २०७४ देखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।

सिटिजन्स बैंकमा पाँच करोड रुपैयाँ हिनामिना, पाँच कर्मचारी निलम्बित

0

काठमाडौं । सिटिजन्स बैंकमा पाँच करोड रूपैयाँ रकम हिनामिना भएको पाइएको छ। बैंकले घटनामा संलग्न रहेका मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।
बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ५ करोड रूपैयाँ हिनामिना भएको पाइएको हो । बैंकको आन्तरिक अनुसन्धानले ४ करोड ९१ लाख रूपैयाँ घोटाला भएको पुष्टि गरेपछि मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिएको छ।
बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको अनुसन्धानबाट खुलेको छ ।
घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेललाई मुख्य आरोपी बनाइएको छ । उनीसँगै अन्य ४ जना कर्मचारीलाई पनि शंकाको घेरामा राख्दै बैंकले निलम्बन गरेको हो । कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् भने हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति ९जग्गा० बैंकको नाममा दिइसकेकी छिन् ।बैंकले दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित जाहेरी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक कवित कटवालले बैंकबाट निवेदन प्राप्त भएको र अनुसन्धान भइरहेको पुष्टि गरे ।
प्रहरीले पनि बैंकलाई पत्र पठाएर सबै कर्मचारीको विस्तृत विवरण मागिसकेको छ । बैंकका सूचना अधिकारी अधिकारीले प्रहरीले बैंकसँग थप विवरण र अनुसन्धान प्रतिवेदन मागेको र प्रक्रिया अघि बढेको जानकारी दिए ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...