Page 13

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

0

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०८१–०८२ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुबोधलाल श्रेष्ठले जनाएका छन् ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

शिखर पावरको आईपीओ मंगलबार बिहान बाँडफाँट हुँदै

0

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार बिहान ८ः३० बजे शेयर बाँडफाँडको तयारी गरिएको छ ।
उक्त कम्पनीको आईपीओमा २७ लाख ६६ हजार ५१० जनाको आवेदन परेको छ । अन्तिम दिन अन्तिम समयसम्म ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपियाँको ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो । अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर खुला गरेको हो ।
कम्पनीले आफ्नो ९८ करोड रुपियाँ जारी पुँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपियाँ बराबरका ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो ।
त्यस्तै, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपियाँ बराबरका १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।
उक्त शेयर १ लाख ८४ हजार २ सय ६० जनाले १०, १० कित्ताका दरले पाउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

चैतमा पनि बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर

0

काठमाडौं । चैतका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४.५६ प्रतिशत रहेकोमा चैतमा घटेर ४.४९ प्रतिशतमा झरेको हो । यसरी औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् । संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ ।
यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो । त्यस्तै कृषि विकास बैंक लिमिटेडले, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् ।
चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर ४.१५ प्रतिशत कायम गरेको छ । फागुन महिनामा यस्तो मुद्दतीको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
फागुन महिनाका लागि यो बैंकको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा ४.५ प्रतिशत कायम गरेको छ, जुन फागुन महिनामा ५.१ प्रतिशत रहेको थियो । त्यस्तै चैत महिनाका लागि कुमारी बैंकले ब्याजदर ४.१२ प्रतिशत निर्धारण गरेको छ ।
फागुन महिनामा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।
ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा यो बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।
त्यस्तै चैत महिनाका लागि नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । फागुन महिनामा पनि यो बैंकले सोही दरमा व्यक्तिगत मुद्दतीमा ब्याज दिएको थियो । त्यस्तै एभरेष्ट बैंकको चैत महिनाका लागि ४.२५ प्रतिशत र सिद्धार्थ बैंकको ४.२५ प्रतिशत रहेको छ । यी बैंकहरूको पनि फागुन महिनामा सोही दरको ब्याजदर रहेको थियो ।
त्यस्तै चैत महिनाका लागि माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर ४.५ प्रतिशत निर्धारण गरिएको छ ।
यी बैंकहरूले फागुन महिनामा पनि व्यक्तिगत मुद्दतीमा सोही दरको ब्याजदर तोकेका थिए । त्यसैगरी चैत महिनामा प्रभु बैंक र नबिल बैंकले ब्याजदर ४.५५ प्रतिशत तोकेका छन् । फागुन महिनामा पनि यी दुई वटा बैंकको ब्याजदर सोही दरमा थियो ।
त्यस्तै चैत महिनाका लागि हिमालय बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा ५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनामा पनि यी बैंकहरूको व्यक्तिगत मुद्दतीको ब्याजदर ५ प्रतिशत नै रहेको थियो । १ वर्ष वा सोभन्दा कम अवधिको मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूले ब्याजदर ४ प्रतिशतभन्दा तल झारिसकेको अवस्था छ ।
माघमा नै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति बढ्न लागेको र पश्चिम एशियामा देखिएको द्वन्द्वले गर्दा मूल्यमा थप चाप पर्ने अवस्था देखिएको छ । साधारण बचतको ब्याजदर २.७५ प्रतिशत रहेकोमा माघमा बढेको मुद्रास्फीतिले वास्तविक ब्याजदर ऋणात्मकतर्फ गइसकेको छ ।
अहिले अधिक तरलता भन्दै लगानीका लागि उपयुक्त वातावरण रहेको भनेर आत्मविश्वासी देखिएका नीति निर्माताले पनि वास्तविक ब्याजदर ऋणात्मक हुँदै गर्दा पर्ने प्रभावको भने मूल्यांकन गरेको देखिँदैन

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने जनाईएको छ ।
प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ ।

समानुपातिकतर्फ बन्दसूचीको नाम पठाउन आयोगले दिएको समयसीमा आज सकिँदै

0

काठमाण्डौं । समानुपातिकतर्फ क्लस्टर मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आइतबार सकिँदैछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दलहरू गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएको छ ।
एमालेले शनिबार नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरेको छ । यस्तै र श्रम संस्कृति पार्टीले पनि ४ जनाको नाम सार्वजनिक गरेको छ । बाँकी दलले आइतबार अन्तिम निर्णय गरी निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।
दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा सूची बुझाउनुपर्ने हुन्छ ।
दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
समानुपातिक सांसद्को नाम छान्न रास्वपाले आइतबार सचिवालय बैठक बोलाएको छ । यस्तै कांग्रेसको पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । नेकपा र राप्रपा पनि नाम टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन् ।

रास्वपाको सचिवालय बैठक १० बजे बस्दै

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
प्रवक्ता मनीष झाका अनुसार रास्वपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक आज पार्टी कार्यालय वनस्थलीमा बिहान १० बजे बस्ने भएको हो । बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने जनाईएको छ ।

रास्वपा सचिवालय बैठक आज वस्दै

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने जनाईएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।
साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने जनाईएको छ ।

दक्षिण लेबनानमा रहेको नेपाली ब्यारेकमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

0

काठमाण्डौं । दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा युनिफिलको नेपाली बटालियन पनि परेको छ ।
इजरायलले प्रहार गरेको गोलाहरू दक्षिण लेबनानी सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसरभित्र पनि खसेका थिए।
लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त राष्ट्रसंघको अन्तरिम बलको नेपाली बटालियनको परिसरमा पनि गोला प्रहार भएको छ। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले यस आक्रमणको कडा निन्दा गरेको छ।
दूतावासद्वारा जारी विज्ञप्तिमा कुनैपनि नेपाली सैनिक घाइते नभएको उल्लेख गरिएको छ। तर, संयुक्त राष्ट्र संघको शान्ति सेनाको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा गर्ने सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको कुरामा जोड दिइएको छ।
शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जना स्थानीय नागरिकको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार इजरायली आक्रमणले इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन बिन्दुलाई प्रत्यक्ष निशाना बनाएको थियो।
यसैबीच, हिजबुल्लाहले इजरायली लक्ष्यहरूविरुद्ध धेरै प्रतिशोधात्मक कारबाहीहरू गरेको जनाएको छ। हिजबुल्लाहले लेबनानी सीमावर्ती गाउँ मारकाबाको विपरित वादी हुनिनमा इजरायली सैनिक र सवारी साधनहरूको जमघटमा र दक्षिण लेबनानको भर्खरै स्थापित ब्लाट सैन्य स्थलमा रकेट प्रहार गरेको जनाएको छ।
समूहले इजरायली सहर सफेदको पूर्वमा रहेको गिभा ड्रोन नियन्त्रण आधारलाई निशाना बनाएको र मेटुला बस्तीमा इजरायली सेनाको जमघटमा दिनमा तेस्रो पटक रकेट प्रहार गरेको घोषणासमेत गरेको छ।
शुक्रवार राति नै इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमणको नयाँ लहर शुरु गरेको छ, जसलाई हिजबुल्लाहको गढ मानिन्छ। यसले चलिरहेको सीमापार द्वन्द्वमा थप वृद्धि भएको संकेत गर्दछ। इजरायली ड्रोनहरूले बेरुतका केही भागहरूमा पर्चाहरू खसालेका छन् जसमा बासिन्दाहरूलाई हिजबुल्लाहविरुद्ध उक्साउने सन्देशहरू लेखिएका थिए।

एमालेको सचिवालय बैठक १ बजे बस्दै

0

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ ।
निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ ।

अब इरानी नागरिकले पनि नेपालको ‘अन अराइभल’ भिसा नपाउने

0

काठमाण्डौं । नेपाल सरकारले इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।
भिसा नीतिमा हेरफेर गर्दै सरकारले नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय गरेको हो ।
अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने अध्यागमन विभागले जनाएको छ ।
यो सँगै नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको सूची १३ पुगेको छ ।
यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरुलाई नेपालले अन–अराइभल भिसा नदिने सूचीमा राखेको थियो ।
शरणार्थीको पहिचान स्वरुप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरुका लागि पनि नेपाल प्रवेशको नियममा कडाइ गरिएको छ ।

 

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...