Page 14

चिलीका संगीतकारसँग मिलेर नेपाली युवा सितारवादक हिमालयन सितारले ल्याए ’वेदांशी’

0

काठमाडौँ । सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् । वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले जनाए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् ।
७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् । सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइ लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहेका झापाका ’हिमालयन सितार’को वास्तविक नाम उत्तम घोष हो ।
उनी हिमालयन सितार मार्फत नेपाली शास्त्रिय संगीतलाई संसारभार चिनाउन चाहान्छन् ।

‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा

0

काठमाण्डौं । यम थापाको निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ भने संगीत गायक सेन्चुरी स्वयंको हो । शब्द रमेश बिजीले लेखेका हुन् । गीतमा मायाको निशानी सुम्पिएको विषयलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।
प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ । फिल्मका मुख्य कलाकारहरू रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा देखिएका छन् । भिडियोलाई आकर्षक बनाउन सेट डिजाइन, प्रप्स र कोरसमा ठूलो खर्च गरिएको देखिन्छ ।
आगामी बैशाख १८ गतेबाट प्रदर्शन हुने यस फिल्ममा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । यसमा निर्देशक थापा स्वयंको कथा छ भने संवाद र पटकथा यम र प्रदीप भट्टराईले लेखेका हुन् ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् ।

९१ मत पाएकी निशाको चुनाव खर्च साढे ७ लाखमाथि

0

काठमाण्डौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता बमोजिम उनले शुक्रबार आयोगमा चुनावी प्रचारप्रसार र व्यवस्थापनको खर्च विवरण पेस गरेकी हुन् ।
निशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा ७ लाख ७६ हजार ९२१ रुपैयाँ खर्च भएको छ । उनको सबैभन्दा धेरै खर्च सामाजिक सञ्जाल (विज्ञापन र डिजाइन) मा भएको देखिन्छ । यसमा उनले साढे २ लाख रुपैयाँ खर्च गरेकी छन् । कार्यालय सञ्चालन, सवारी साधन, फोटो भिडियो लगायतमा पनि उनको ठूलो खर्च भएको देखिन्छ ।
उनले चुनावी खर्चसँगै निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा ३१ बमोजिम आम्दानीको विवरण पनि आयोगमा बुझाएकी छन् । उनले आफू चुनाव लडेको गतिशील लोकतान्त्रिक पार्टीबाट २ लाख रुपैयाँ, व्यक्तिगत सहयोगबाट ५ लाख ४९ हजार ६७ रुपैयाँ र उम्मेदवारको तर्फबाट २७ हजार ८५५ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख गरेकी छन् ।
गत माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै निशाले ५ बुँदे एजेन्डासहित काठमाडौं ५ मा चुनावी अभियान तीव्र बनाएकी थिइन् । तर, उनले अपेक्षाअनुसार मत भने पाउन सकिनन् । उनको जमानत समेत जफत भयो । उनले जम्मा ९१ मत पाइन् । चुनावमा पराजय बेहोरेपछि उनले सामाजिक सञ्जालमार्फत संसदमा पुग्ने सपना अझै जीवित रहेको जनाएकी थिइन् ।

६६ वर्षकी नीना गर्भवती भएकी हुन् ?

0

काठमाण्डौं । बलिउड अभिनेत्री नीना गुप्ताको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि नवविवाहित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दानाको रिसेप्सन पार्टीमा उनी सेतो रंगको साडी लगाएर उपस्थित भएकी थिइन् । त्यसबेला उनको पेट गर्भवतीको जस्तो देखिएको थियो । यसपछि उनी आमा बन्न लागेको भन्दै व्यापक अफवाह फैलिएको छ ।
नानीले आफूलाई बधाईको ओइरो लाग्न थालेपछि यसबारे स्पष्टीकरण दिएकी छन् । उनले बलिउड हंगामासँगको कुराकानीमा आफू गर्भवती नभएको जनाएकी छन् । उनले भनेकी छन्, ‘म यही चाहन्छु कि एक रियल बधाई हो । ‘बधाई हो’ जस्तो कुनै सिन । तर, म गर्भवती छैन । खासमा मैले पार्टीमा लगाएको साडीको कपडा मोटो थियो, जसले गर्दा पेट निस्किएको जस्तो लागेको हो ।’
उनी आफू गर्भवती भएको अफवाह फैलिएकोमा दुःखी भने छैनन् । भन्छिन्, ‘यो उमेरमा मेरो बारेमा प्रेग्नेन्सीसम्बन्धी समाचारहरू आउँदा मलाई धेरै खुशी लागेको छ । यसले देखाउँछ कि हामी राष्ट्रको रूपमा विकसित हुँदैछौं ।’ स्मरण रहोस् कि उनले सुपरहिट फिल्म ‘बधाई हो’मा ६० वर्षको उमेरमा गर्भवती हुने महिलाको भूमिका निभाएकी थिइन् ।
नीनाको विवाह उमेरले ५० कटेपछि भएको थियो । उनले सन् २००८ मा दिल्लीका चार्टर्ड अकाउन्टेन्ट विवेक मेहरासँग विवाह गरेकी थिइन् । त्यसअघि उनले एकल आमा भएर आफ्नी छोरी मसाबा गुप्तालाई एक्लै हुर्काउँदै आएकी थिइन् । वेस्ट इन्डिजका पूर्व क्रिकेटर विवियन रिचर्ड्ससँग विवाह बिनै नीनाले सन् १९८९ मा छोरी मसाबालाई जन्म दिएकी थिइन् । एजेन्सी

हलमा लाग्यो ‘लालिमा’, टिकट काट्दा २ सय रुपैयाँसम्म क्यासब्याक

0

काठमाण्डौं । संसदीय निर्वाचन सकिएसँगै हलमा नयाँ फिल्म रिलिज हुने क्रम सुरु भएको छ । यसको सुरुवात फिल्म ‘लालिमा’बाट भएको छ । यो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो । तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ । तर, फिल्मको टिकट बुकिङ भने अपेक्षित देखिएको छैन ।
एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको छ । खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ । यो अफरले फिल्मको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास निर्माण टिमको छ । तर, यसअघि यस्ता अफर असफल भएका धेरै उदाहरण छन् ।
यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् । यसमा रोविन शर्मा दाहालको छायांकन तथा गौतम राज खड्काको सम्पादन छ । बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरीले गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको जनाइएको छ ।

ओलीलाई बालेनको समवेदना– पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ मलाई महसुस छ

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।
९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको शुक्रबार बिहान निधन भएको हो।
उनको निधनप्रति शोक व्यक्त गर्दै बालेनले ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ भनेका छन् ।
उनले अगाडि लेखेका छन् ‘पात्र एक, भूमिका अनेक। केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ , पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।’पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।’

रवि र बालेनबीच भेटवार्ता

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
लामिछाने र साहबीच हात्तीगौँडास्थित सभापति लामिछानेको निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे छलफल भएको छ।

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँः निगम

0

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारेका छन् ।
“नेपालको मासिक खपत ४५–४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भने, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”
ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उहाँले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गरे । पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमवल १ किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन् ।
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
यता, राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई निर्देशन गरिएको छ ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको छ ।
“अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको छ, यसका लागि आयात हुनुपर्ने कच्चापदार्थ साविकबमोजिम नियमित रुपमा नै आपूर्ति भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा केही कमी भए पनि विभिन्न सञ्चारमाध्यममा ग्यासको समग्र आपूर्ति व्यवस्थापनमा नै समस्या भएको भन्ने सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यावसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतक तथ्य प्राप्त भएको छ ।”
आयोगले मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावका कारण विगत केही समयदेखि काठमाडौँ उपत्यकामा एलपिजी ग्यासको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित एवं प्रसारित विभिन्न समाचारप्रति यस आयोगको ध्यानाकर्षण भएको छ ।

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

0

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्थाअन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरु संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । साथै, विगतका वर्षहरुमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।
शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

नेपाल चेम्बर अफ कमर्सको ग्रीस प्रतिनिधिमा कृष्ण पोखरेल नियुक्त

0

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा कृष्ण पोखरेललाई नियुक्त गरेको छ ।
चेम्बर सचिवालय, जमल काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पोखरेललाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा चेम्बरका सल्लाहकार परिषद्का अध्यक्ष राजेश काजी श्रेष्ठ पनि उपस्थित थिए ।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने जनाउँदै ग्रीसमा रहेका नेपाली व्यवसायी र समुदायसँग सहकार्य बढाउन पोखरेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै भने, “ग्रीसमा रहेका नेपाली व्यवसायी र समुदायसँग सहकार्य बढाउन तथा सक्दो अन्तराष्टिय व्यापार मेलामा सहभागिता साथै द्धिपक्षिय व्यापार अभिबृद्धिमा उहाँले प्रभावकारी भूमिका खेल्ने विश्वास नेपाल चेम्बरले लिएको छौं ।”
त्यसैगरी सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले नेपाल र ग्रीसबीच व्यापार, लगानी र व्यावसायिक सहकार्य विस्तार गर्न पोखरेलको अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । “विदेशमा बसेर नेपाली समुदाय र व्यावसायिक क्षेत्रलाई जोड्ने काममा उहाँको योगदान प्रशंसनीय छ । अब चेम्बरको प्रतिनिधिका रूपमा उहाँले नेपाल–ग्रीस आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,” श्रेष्ठले भने ।
नवनियुक्त प्रतिनिधि पोखरेलले आफूलाई दिइएको जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपाल र ग्रीसबीच व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्ने जनाए । “दुई देशका व्यवसायी, संस्थाहरू र नेपाली समुदायबीच सहकार्य बढाउँदै आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न प्रयास गर्नेछु,” उनले भने ।
ग्रीसमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका पोखरेल एथेन्स र थेसालोनिकीमा सञ्चालित ‘हिमालय ईई’ रेस्टुरेन्ट चेनका सञ्चालक हुन् । आतिथ्य तथा शिक्षा क्षेत्रमा सक्रिय उनी एथेन्सस्थित ‘ई। कोरोपोउल्ल प्राइभेट स्कूल’ सँग पनि आबद्ध रहेका छन् ।
उनले सन् २०२४ मा अष्ट्रियास्थित नेपाली दूतावास र ग्रीक सरकारी निकायसँग सहकार्य गरी ग्रीसमा रहेका नेपालीका लागि पासपोर्ट नामावली दर्ता कार्यक्रम सफलतापूर्वक आयोजना गरेका थिए । नेपाली समुदायका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आउनुभएका पोखरेल अन्तर्राष्ट्रिय सम्बन्ध, बहुसांस्कृतिक वार्ता तथा कूटनीतिक समन्वयमा अनुभव प्राप्त व्यक्तित्वका रूपमा परिचित छन् ।
व्यवसायिक क्षेत्रमा योगदानका लागि उनले एथेन्समा ‘बिजनेसम्यान अफ द इयर–२०२२’ लगायत विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । नेपाली, अंग्रेजी, हिन्दी र ग्रीक भाषामा दख्खल राख्ने पोखरेलले विज्ञान र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा उच्च शिक्षा हासिल गरेका छन् ।
पोखरेलको नियुक्तिले ग्रीसमा रहेका नेपाली व्यवसायी तथा समुदायसँग सहकार्य विस्तार हुनुका साथै नेपाल–ग्रीस आर्थिक तथा सांस्कृतिक सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा लिईएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...