Page 20

रास्वपाको विजयी सुरुवात, काठमाडौं १ बाट रञ्जु दर्शना निर्वाचित

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं १ बाट विजयी सुरुवात गरेको छ ।
काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी हुन् । उनले कांग्रेसका प्रबल थापालाई हराउँदै सांसदमा निर्वाचित भएकी हुन् ।
निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।

रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता

0

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।
प्रचण्डले २ हजार ६३५ प्राप्त गरेका गर्दा उनलाई नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ४ सय ३१ मतसहित पछ्याएका छन् । कांग्रेसकी उम्मेदवार कुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेकी छन् ।
रास्वपाका उम्मेदवार लखनकुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दिप पुनले ३५ मत प्राप्त गरेका छन् ।

दोलखामा हवाई फायर, रोकिएको मतदान पुनः सुरु

0

काठमाण्डौं । दोलखाको मालु मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । तामाकोशी गाउँपालिका ४ को गोल्मेश्वर माध्यामिक विद्यालयमा विवाद भएपछि मतदान रोकिएको हो ।
विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
मतदाताले निर्वाचन कर्मचारीमाथि हातपात गर्न खोजेका थिए । विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।
हाल मतदान प्रक्रिया अगाडि बढाइएको प्रशासनले जनाएको छ।

सर्लाही–४ को बसबरीयामा विवादपछि रोकिएको मतदान पुनः सुरु

0

रौतहट । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरीया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो । विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए ।
घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको सहमतिका आधारमा अहिले विवाद साम्य भएको छ ।
केही समयको अन्योलपछि अहिले उक्त केन्द्रमा पुनः मतदान सुचारु भएको छ र मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन् ।
यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सर्लाही–४ लाई निर्वाचन आयोगले पहिले नै अतिसंवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारेको थियो ।
यो निर्वाचन क्षेत्र सीमावर्तीमा पर्ने भएकाले सबै मतदान स्थलहरूमा विशेष निगरानी राखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका गगन थापा, रास्वपाका अमरेशकुमार सिंह र जनमत पार्टीका राकेश मिश्र लगायतका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रको निर्वाचनलाई देशभर निकै चासोका साथ हेरिएको छ ।

कांग्रेस सभापति थापाले गरे मतदान

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।
थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

इरानमा १ हजार भन्दा बढीको मृत्यु ः रिपोर्ट

0

काठमाण्डौं । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
अमेरिकाको ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले प्रकाशित गरेको एक रिपोर्टमा उक्त युद्धमा इरानमा बालबालिकासहित एक हजार भन्दा बढीको मृत्यु भएको जनाएको छ ।
मानवअधिकारवादी समूहले कम्तीमा १,०९७ सर्वसाधारण मारिएको र जसमा १८१ जना बालबालिका रहेका रिपोर्ट जारी गरेको हो ।
ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार १०० बालबालिकासहित ५,४०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
समूहले यो रिपोर्ट प्रारम्भिक भएको र रिपोर्ट गरिएका अन्य सयौँ मृत्युहरूको प्रमाणीकरण भइरहेको जानकारी दिएको छ।

शंकास्पद वस्तुसहित नेकपाका उम्मेदवार मनोज चौधरी पक्राउ

0

पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोजकुमार चौधरी पक्राउ परेका छन् ।
पर्सागढी नगरपालिका–२ मा नियमित चेकजाँचका क्रममा चौधरी सवार गाडी रोकेर चेकजाँच गर्दा शंकास्पद वस्तु फेला परेपछि चौधरीसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले जानकारी दिए । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको उनले जनाए ।
पाठकका अनुसार उम्मेदवार चौधरीसहित गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिरहा–३ का जसपा नेपालका उम्मेदवार नगदसहित पक्राउ

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा नगदसहित जसपा नेपालका सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र–२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका लागि रोकिएको थियो ।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तराई मधेशमा आज होली पर्व मनाइँदै

0

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।
पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।
होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।
पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो–तत्काल स्वदेश फर्क

0

काठमाण्डौं । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै ती देशहरु छोड्न आग्रह गरेको छ।
तनाव बढ्दै जाँदा गम्भीर सुरक्षा जोखिम रहेको भन्दै व्यावसायिक उडान प्रयोग गरेर ती देशबाट सकेसम्म चाँडो बाहिरिन भनेको हो।
बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनन, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनमा रहेका अमेरिकीलाई तत्काल त्यहाँबाट निस्किन भनिएको हो।
अमेरिकी विदेशमन्त्री मार्को रुवियोले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै मध्यपूर्वमा रहेका अमेरिकी नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन् । उनले नागरिकहरूलाई स्टेप प्रणालीमा दर्ता गर्न, ट्राभल एडभाइजरी हेर्न तथा आवश्यक परे २४ सै घण्टा उपलब्ध आपतकालीन नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेतासहित शीर्ष नेता तथा अधिकारीको हत्या गरेपछि इरानले पनि उनीहरूविरुद्ध जवाफी हमला गरिरहेको छ।
इरानले सोमबार साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण गरेको छ ।
यस्तैमा लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल–मनार टीभी स्टेसन रहेको भवनमा हमला गरेको छ।
लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने १५४ जना घाइते भएका छन्।
यसैबीच, संयुक्त राज्य अमेरीकाको केन्द्रिय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिक मारिएको पुष्टि गरेको छ । सेन्टकमका अनुसार इरानको प्रारम्भिक आक्रमणमा प्रभावित एक सैन्य संरचनाबाट बेपत्ता दुई सैनिकको शव हालै फेला पारिएको हो । मृतकहरूको पहिचान आफन्तलाई जानकारी गराएपछि मात्रै सार्वजनिक गरिने जनाईएको छ ।

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...