Page 22

नेपाल टेलिकमको ‘ग्रुप एसएमएस’ एकैपटक १० हजारसम्मलाई पठाउन सकिने

0

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकैपटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध कम्पनीले जनाएको छ । यो सेवा प्रयोग गरेर एकैपटक दुई हजार, पाँच हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ ।
कम्पनीका अनुसार एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिलेदेखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकैपटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुनसक्छ ।
यस अन्तर्गत १,२४३ रुपैयाँमा २ हजार एसएमएस, ३,१०८ रुपैयाँमा ५ हजार एसएमएस र ६,२१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।
यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट ग्रुपएसएमएसडटएनटीसीडटनेटएनपी लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिनेछ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकैपटक धेरै जनालाई सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ ।

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार

0

काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ ।
शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।
नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आएका थिए । लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा निःशुल्क उपचार पाएका थिए ।
शिविरमा आएकी दुर्गा पाण्डेले शिविरमार्फत आफूले राम्रो सेवा पाएको जनाईन । उनले शिविरमा पाँच वर्षकी छोरीको घाँटीको शल्यक्रिया गराइन् । दुई वर्षअघि तेलले पोलेर घाँटीमा समस्या भएको थियो । ‘विशेषज्ञ डाक्टरद्वारा तेलले जलेको घाउको सफलतापूर्वक शल्यक्रिया भयो । यस्तो सुविधा पाउँदा म आयोजकलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।
सुषमा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । ‘जटिल किसिमका बिरामीहरु जसलाई सघन उपचारको जरुरी थियो हामीले उहाँहरुलाई काठमाडौंस्थित हाम्रो अस्पतालमा रिफर गरेका छौं,’ प्रा. डा. लोहनीले जानकारी दिए ।
नेपालमा जलनका घटनासम्बन्धी समस्या ठूलो भएको उल्लेख गर्दै प्रा. डा. लोहनीले पीडितले समयमा उपचार नपाउने, धामी झांक्री कहाँ देखाउने आदिले गर्दा घाउहरु अझै बढ्ने र थप समस्या आउने जनाए । शिविरले मानिसहरुलाई उचित उपचारबारेमा सचेत गरेको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गका मानिसहरुलाई अझ लाभान्वित गर्ने उनको भनाइ थियो ।
आगो ताप्ने क्रममा दुबै हात जलेका ४२ वर्षिया भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । जलन घाउको समयमै उचित उपचार नपाएर घाउमा किरा लागेपछि चिन्तित भएका उनले मद्दत माग्दै शिविरमा आइपुगेका थिए । ‘शिविरमा वरिष्ठ चिकित्सकबाट मेरो घाउको उपचार भयो र अब म थप उपचारका लागि काठमाडौं जाँदैछु,’ उनले भनिन् ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको शिविरमा ३५ पुरुष तथा ३० महिला गरी ६५ जना सहभागी थिए । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदुरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो । शिविरमार्फत पीडितहरुले उपचार पाएका छन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । काठमाडौंदेखि गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार गराएकाले शिविर सफल तथा एकदम प्रभावकारी भएको ज्ञवालीले जनाए । उनले आगामी दिनमा अन्य प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए ।
धेरै मानिसहरु अझै पनि उचित उपचार नपाएर बसिरहेको र यस्ता जलन शिविरले जनताहरुलाई जलनको अत्यावश्यक उपचार उपलब्ध भइ राहत पाइने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेले जनाए । जलनको उपचार सम्वेदनशील र जरुरी रहेको जनाउँदै डा. पाण्डेले शिविर सञ्चालनका लागि सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको जनाए ।
जलन शिविरका साथसाथै सेती प्रादेशिक अस्पतालमा आधारभुत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो । सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख, सर्जनलगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो ।
डा. भण्डारीका अनुसार जलनको शल्यक्रिया गरिसकेपछि फलोअपमा आउने बिरामीहरुको उपचार गर्नका लागि अस्पतालका डाक्टर तथा नर्सको सिप विकासका लागि सो तालिम सञ्चालन गरिएको हो । “यस तालिमले जलनसम्बन्धी कुनै बिरामी आएमा, डाक्टरले जाँच गरी उचित उपचार तथा सल्लाह दिन सक्नेमा हामी विश्वस्त छौं,’ उनले जनाए ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने जनाएको छ ।
इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौंस्थित विमानस्थलले शनिबार साँझ एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्द समेत हुनसक्ने सम्भावना रहेको जनाएको हो ।
विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह समेत गरेको छ । विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको छ ।

दुर्गा प्रसाईं फेरी पक्राउ

0

काठमाण्डौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आइतबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।
प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको जनाईएको छ ।

अमेरिकी–इजरायली आक्रमणमा इरानी सर्वोच्च नेता मारिएको पुष्टि, ४० दिनको शोकको घोषणा

0

काठमाडौं । इरानी मिडियाले पनि अमेरिकी र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ । साथै, ४० दिनको शोक पनि घोषणा गरिएको जनाइएको छ ।
इरानी मिडियाका अनुसार शनिबार सर्वोच्च नेताको कार्यालयमा भएको आक्रमणमा उनको मृत्यु भएको हो । यसअघि उनका ज्वाइँ, बुहारी र नातिनीको आक्रमणमा मृत्यु भएको थियो ।
इजरायली सेनाले खामेनीको घर र कार्यालयमा मिसाइल प्रहार गरेको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट लेख्दै खामेनी मारिएका दाबी गरेका थिए ।

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...