Page 3

अवरुद्ध बीपी राजमार्ग खुल्यो

0

काठमाण्डौं । रोशी खोलामा आएको बाढीका कारण शुक्रबारदेखि अवरुद्ध बीपी राजमार्गमा आइतबारदेखि सुचारु भएको छ।
जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ।
शुक्रबार साँझदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो।
खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ। यसअघि प्रहरीले राजमार्ग नखुलेसम्म सवारी आवागमनमा रोक लगाउँदै आएको थियो।
बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सन बगाएको हो ।
आइतबार बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिएको हो।
गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ।
शुक्रबारको बाढीपहिरोले बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो। राजमार्ग अवरुद्ध भएपछि राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मंगलटारमा सवारी रोकिएको थियो।

पूर्वमन्त्री दीपक खड्का पक्राउ

0

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

0

काठमाण्डौं । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै आइतबार देशव्यापी आन्दोलन गर्दैछ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आइतबार जिल्ला सदरमुकाममा विरोध र्‍यालीसहित देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको हो।
एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्दारी र गौरी बहादुर कार्कीको पूर्वाग्रही जाँचबुझ आयोग खारेज गरेर अर्को आयोग गठन गर्न माग गर्दै दिउँसो विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाउने जानकारी दिए।
एमालेले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति एमालेले विरोध जनाउँदै अध्यक्ष ओलीको पक्राउप्रति आपत्ति जनाएको छ ।
एमालेले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उनीहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि एमाले सडकमा उत्रेको महासतिव पोखरेलको जिकिर छ ।

लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो आकस्मिक बैठक

0

काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्रेपछि नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।
शनिबार ११ बजे पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्टै जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको हो ।

एमालेको आकस्मिक सचिवालय बैठक च्यासलमा जारी

0

काठमाडौं । नेकपा (एमाले) को आकस्मिक सचिवालयको बैठक जारी छ । बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको थियो । बैठक सुरु भए पनि केही नेताहरू आउने क्रम भने जारी नै छ ।
ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेका हुन् । एमालेका अधिकांश नेताहरूले ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । अब भने सचिवालय बैठकले पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ ।

ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले

0

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ । यति बेला काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।
१०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ

0

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।
सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए ।
उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् ।

बालेन सरकारका १५ मन्त्रीहरूको टुंगो लाग्यो

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिष्द्का सदस्यहरूको अन्तिम सूची तयार भएको छ ।
वरिष्ठ नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ बजेर ३४ मिटनमा उनले शपथग्रहण गर्नेछन् ।
अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल र पर्यटन मन्त्रीमा गणेश पौडेलको नाम पक्का भएको छ ।
यसैगरी अमरेशकुमार सिंह उद्योग मन्त्री बन्दैछन् भने सुनिल लम्शाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । यस्तै उर्जा तथा जलस्रोत मन्त्रीमा विराज भक्त श्रेष्ठ नियुक्त हुँदैछन् भने सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छन्।
यस्तै सस्मित पोखरेल शिक्षा मन्त्री बन्दैछन् । विक्रम तिमिल्सेनाले सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । गीता चौधरी कृषी मन्त्री बन्दैछिन् । यस्तै निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दिपक शाह श्रममन्त्री बन्ने भएका छन् ।
उपसभापति डिपी अर्याल लाई सभामुख बनाउने निर्णय रास्वपाले गरेको छ ।

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

0

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

रास्वपाले आज बालेनलाई दलको नेता छान्दै, भोलि प्रधानमन्त्रीको सपथ लिने

0

काठमाण्डौं । नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपाले वरिष्ठ नेतन बालेन शाहलाई बिहीबार पार्टीको संसदीय दलको नेता चयन गर्दैछ ।
दलको नेता चयन भएपछि शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् ।
रास्वपाले शाहलाई बिहीबार संसदीय दलको नेता चयन गर्ने र शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी गरेको हो ।
प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।
अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ ।
विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा भाग लिएको थियो ।
केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाइनेछ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
एक नेताका अनुसार केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिमबारे अन्तिम निर्णय हुनेछ । रास्वपाले केही मन्त्रालयहरूको पुनर्संरचना, मर्ज र संख्या घटाउने विषयमा पनि छलफल गरिरहेको छ ।
नयाँ सरकारका प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा तय गरिएको छ । शुक्रबार दिउँसो १२ ः ३४ बजे राष्ट्रपति पौडेलले बालेन्द्रलाई शपथग्रहण गराउनेछन् ।
शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् ।
शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...