काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा। डा। सन्दुक रुइतको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा। रिता गुरुङले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको निःशुल्क रुपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ ।
साथै, विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्रा छात्रहरुको आँखा परिक्षण गरी आवश्यकता अनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिने समेत समझदारी भएको छ ।
हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको जनाएका छन् ।
‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ।’
उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाए ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौति दुवै रहेको जनाउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने जनाए ।
उनले आफूहरुले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबिचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने जनाए ।
हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गैर नाफामुलक संस्थाको रुपमा सन् १९९२ मा दर्ता भई आँखा स्वास्थ्य सम्बन्धमा गुणस्तरीय सेवा, इन्ट्रा ओकुलर लेन्स उत्पादन, आँखा सम्बन्धि महत्वपूर्ण अनुसन्धानहरु, आँखा स्वास्थ्य सम्बन्धि शिक्षण, समुदाय आँखा कार्यक्रम तथा नेपाल आँखा बैंकमार्फत् नेपाल तथा विश्वस्तरमा विश्वसनीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्था हो ।
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा अस्पतालबीच मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने सम्झौता
एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।
युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४,००० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
ग्लोबल मनी वीक २०२६ को अवसरमा बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक ¥यालीहरू पनि आयोजना गरेको छ । साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतना सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू समेत साझा गरेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
इरानले भन्यो– क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहनेछ, अमेरिकाले हस्तक्षेप नगर्ने ग्यारेन्टी पनि चाहिन्छ
काठमाडौं । इरानले हालको तनावमा पछि नहट्ने र क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहने जनाएको छ ।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईका अनुसार इरानमाथिको सबै आर्थिक प्रतिबन्धहरू हटाइनुपर्छ र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने दृढ ग्यारेन्टी दिनुपर्छ ।
सरकारी टेलिभिजनबाट जारी बयानमा रेजाईले इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको र नयाँ सर्वोच्च नेता मोज्तबाको नेतृत्वमा दृढतापूर्वक परिस्थितिलाई सम्हालिरहेको जनाए ।
इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले पनि देशका जनताले आक्रमणकारीहरूलाई पूर्ण सजायको माग गरिरहेको जनाएका छन् ।
सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
काठमाडौं । मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदै गएपछि नेपालमा पनि इन्धन अभावको जोखिम बढेको छ ।
प्रतिब्यारेल १०२ डलर पुगेसँगै पेट्रोलियम पदार्थ महँगिँदा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले इन्धन खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग परामर्श थालेको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागू गर्नेबारे भने निर्णय नभएको जानकारी दिए । साथै, उनले इन्धन बचतका लागि विद्युतीय ऊर्जाको प्रयोग बढाउन पनि आग्रह गरेका छन् ।
आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा सभापति गगन थापा सहभागी हुने जनाईएको छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिहरूको उपस्थिति हुने छ ।
यसअघि सभापति थापाले दिएको राजीनामा शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेको थियो ।
बैठकमा समय अभावका कारण नेपाली काँग्रेसले वैशाखमा गर्ने भनेको नियमित महाधिवेशन असोजमा गर्ने तयारीबारे छलफल हुने छ ।
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगी लगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई अभिमुखीकरण गराएको हो ।
बैंकले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत कोशी प्रदेशका दुई हजार ६४, मधेश प्रदेशका एक हजार ३८१, बागमती प्रदेशका दुई हजार ६०८, गण्डकी प्रदेशका एक हजार २७८, लुम्बिनी प्रदेशका एक हजार ३३८, कर्णाली प्रदेशका एक हजार ५०४ र सुदूरपश्चिम प्रदेशका ९१४ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ।
वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
१७ दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको शव भेटियो
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा १७ दिनदेखि बेपत्ता रहेका टोपबहादुर खत्रीको शव फेला परेको छ ।
बराहताल गाउँपालिका–२ रानीघाटका खत्री साथीहरूसँग सिकार खेल्न गएकामा बेपत्ता भएका थिए ।
३३ वर्षीय खत्रीसहित बराहताल गाउँपालिका– १ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली, लेकबेँसी नगरपालिका– ८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली सिकार खेल्न गएका थिए ।
उनीसँगै सिकार खेल्न गएकाहरू भने फागुन २४ गते नै घर फर्किर फरार भएका छन् । उनीहरू गाउँ फर्किएर टोपबहादुरको मृत्यु भएको भन्दै राति नै फरार भएका थिए । उनीहरू भारत भागेको हुन सक्ने आशंका छ ।
खत्रीको के कारणले मृत्यु भएको भन्ने खुल्न सकेको छैन ।
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि ‘हेर्दाहेर्दै’ मा भोलिका लागि राखिएको छ ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी रहेको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मंगलबारका लागि सुनुवाइमा राखिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ’टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन ।
महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।
बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।
भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि नेताहरूले जनाएका छन् । भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् ।
निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो ।
सानिमा रिलायन्स लाइफको नवौं वार्षिकोत्सव आज
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज चैत ९ गते नवौं वार्षिकोत्सव मनाउँदैछ। तत्कालीन सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स आपसमा मर्ज भएर २०७९ चैत ९ गतेका दिनदेखि सानिमा रिलायन्स लाइफ बनेको हो।
नवौं वार्षिकोत्सवको अवसरमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिव नाथ पाण्डेले आभार व्यक्त गरेका छन्। पाण्डेले कम्पनीका शेयरधनी, सञ्चालक समिति, कर्मचारीहरू, संस्थाका धरोहर अभिकर्ताहरू, कम्पनीप्रति दृढ विश्वास गर्ने बीमितहरूका साथै कम्पनीको साख एवं श्रीवृद्धिका लागि प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया रहेका छन् भने सदस्यहरूमा भरत कुमार, सुवर्ण दास श्रेष्ठ, तेज बहादर चन्द, केशव राज केशी, परिक्षित खेम्का र मिना कुमारी सैन्जू रहेका छन्। कम्पनीले यसवर्ष पनि संस्थागत सामाजिक उत्तरदायित्व र सामाजिक सेवा अन्तर्गतका विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव मनाउने जनाएको छ।

















