Page 8

‘ग्लोबल मनी विक – २०२६’ प्रभु बैंक कमलादीद्वारा प्रभातफेरी कार्यक्रम

0

काठमाडौं । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी गरेको छ ।
उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
उक्त र्‍याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग

0

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ ।
आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाइएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण थप सहज हुनेमा विश्वास व्यक्त गरे ।
बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरुको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको जनाए । यस पुनित कार्यमा बैंकले पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।
उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधै तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो) को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले जनाए ।
‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । सेवा वाहन (अटो) प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’ उनले भने ।
नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो ।
घरपरिवार र आफन्तविहीन खुला आकाशमुनी वेवारिसे रुपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालन गरिएको हो । यस आश्रमले सातै वटा प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्धार गरिसकेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक भएका मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भावनाबाट बैंकले यस किसिमका अति आवश्यकता भएका क्षेत्रमा नबिले सधै हातेमालो गर्ने गरेको छ ।

आईएमई लाइफ र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसबीच समझदारी

0

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसबीच संस्थागत सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहकार्यले जीवन बीमा सेवा र स्वास्थ्य सेवाबीच समन्वय गरी सेवाग्राहीलाई थप सहज, गुणस्तरीय तथा सुलभ सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।
यस समझदारीपछि आईएमई लाइफका कर्मचारी, अभिकर्ता तथा बीमितहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस मार्फत विभिन्न स्वास्थ्य सेवामा विशेष सुविधा प्राप्त गर्नेछन् ।
जस अन्तर्गत चिकित्सक तथा डेन्टल परामर्श निःशुल्क उपलब्ध हुनेछ भने प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउण्ड, ईसीजी लगायतका सेवामा अधिकतम ५० प्रतिशत छुट प्राप्त हुनेछ । साथै, फुल बडी चेकअप, फिजियोथेरापी तथा अन्य स्वास्थ्य प्याकेजहरूमा समेत आकर्षक अफर उपलब्ध हुनेछ । यस विशेष सुविधा प्राप्त गर्नका लागि आईएमई लाइफका कर्मचारी र अभिकर्ताले सम्बन्धित परिचयपत्र देखाउनु पर्नेछ ।
यसका अतिरिक्त, आईएमई प्रिभिलेज कार्ड भएका गाहकहरूलाई प्राथमिकतामा सेवा प्रदान गरिनुका साथै आवश्यकता अनुसार होम केयर सेवा, विशेष नर्सिङ्ग केयर तथा स्वास्थ्य उपकरण व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ । यसले बीमितहरूको स्वास्थ्य सुरक्षा थप मजबुत बनाउने विश्वास गरिएको छ ।
यस सहकार्यले आई.एम.ई. लाइफका कर्मचारी तथा अभिकर्ताहरूको कार्यक्षमता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै बीमित ग्राहकहरूको समग्र जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त समझदारी पत्र मार्फत दुबै संस्थाले संयुक्त रूपमा स्वास्थ्य सचेतना कार्यक्रम, विशेष स्वास्थ्य शिविर तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू सञ्चालन गर्ने सहमति गरेका छन् ।
समझदारीपत्रमा आईएमई लाइफका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा एनएचआईएसका तर्फबाट संस्थापक अध्यक्ष डा. रुपनारायण शाहले हस्ताक्षर गरेका छन् । यस सहकार्यबाट दीर्घकालीन रूपमा दुबै संस्थाका सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छ ।

नवनिर्वाचित सांसदलाई संसद सचिवालयले शपथका लागि बोलायो

0

काठमाण्डौं । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद सचिवालयले सार्वजनिक सूचना जारी गरेको छ ।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।
शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो लिएर आउन सचिवालयले आग्रह गरेको छ ।
शपथको लागि सांसदहरूले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची ३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
सचिवालयले सबैजनलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।
संसद् सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ ।

प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथ मन्दिरमा पूजा

0

सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पूजा गरेकी हुन् । चन्दननाथमा कार्कीको पूजाआजाले कर्णालीको धार्मिक पर्यटनमा महत्वपूर्ण सन्देश जाने चन्दननाथ गुठी समितिको विश्वास छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् जुम्ला पुगेकी प्रधानमन्त्री कार्की नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् ।
शुक्रबार बिहान चन्दननाथ पुग्दा जुम्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । शुक्रबार बिहान प्रधानमन्त्रीले पुजाआजा गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । ‘चनदननाथको पूजाआजासँगै प्रधानमन्त्रीको जुम्लाको कार्यतालिका सकिएको छ’ उनले भने, ‘चन्दननाथमा प्रधानमन्त्रीले नेपाली जनताको शान्तिको कामना गर्नुभएको छ ।’
बिहीबार बिहान काठमाडौंबाट निस्किएकी प्रधानमन्त्रीले मुगुको रारा, जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरेकी छन् । कुनै औपचारिक कार्यक्रमबिना प्रधानमन्त्री कर्णालीको भ्रमणमा निस्किएकी थिइन् ।
निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा कर्णाली पुग्न नसकेकोले निर्वाचनपछि कर्णालीमा पुगेर प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिन् ।
छलफलमा प्रधानमन्त्री कार्कीले सीमित स्रोत साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएकोमा सुरक्षा निकाय र कर्मचारीहरुको प्रशंसा समेत गरिन् । उनले भ्रमणका क्रममा भेटिएका स्थानीय नागरिकलाई समेत निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन गर्न साथ दिएको भन्दै सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद दिन कर्णाली भ्रमणमा निस्केकी थिइन् । उनले रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरिन् ।
मुगु र जुम्लाका सुरक्षा प्रमुखहरुसँग समेत छलफल गरिन् । निर्वाचनमा देखिएको सक्रियताको उच्च प्रसंसा गर्दै सुरक्षा निकाय, कर्मचारीहरु र मतदाताहरुप्रति धन्यवाद ज्ञापन गरिन् ।

कतारको ग्यास प्लान्टमा इरानी आक्रमण ः विश्वव्यापी ऊर्जा आपूर्तिमा धक्का

0

काठमाण्डौं । कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पुर्‍याएको छ ।
यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ ।
कतार इनर्जीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै सन् २०२६ मार्च १८ र १९ को बिहान भएको उक्त आक्रमणले प्रमुख उत्पादन सुविधाहरूमा व्यापक क्षति पुर्‍याएको जनाएको छ । ऊर्जा मामिलाका राज्यमन्त्री एवं कतार इनर्जीका सीईओ साद शेरिदा अल–काबीका अनुसार, क्षतिग्रस्त संरचनाहरूको पूर्ण मर्मत गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्छ । यसबाट वार्षिक रूपमा करिब २० अर्ब अमेरिकी डलर राजस्व गुम्ने अनुमान गरिएको छ ।
यो अवरोधले भारतका लागि ठूलो चुनौती खडा गरेको छ, किनकि भारतले आफ्नो कुल एलएनजी आयातको झण्डै ४७ प्रतिशत हिस्सा कतारबाट लिने गर्दछ ।
भारतमा हुने ग्यासको अभाव र मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिन्छ । नेपालले आफ्नो शतप्रतिशत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आयात गर्दछ ।
यदि भारतले कतारबाट हुने आपूर्ति कटौतीका कारण अन्तर्राष्ट्रिय बजारबाट महँगोमा ग्यास किन्नु परेमा, त्यसको सिधा असर नेपालमा हुने आयात मूल्यमा पर्नेछ । यसले नेपालमा खाना पकाउने ग्यास र यातायात इन्धनको मूल्य अत्यधिक बढाउन सक्छ ।
कतार नेपाली वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक हो । त्यहाँका औद्योगिक क्षेत्रहरूमा भएका यस्ता आक्रमणले हजारौं नेपाली श्रमिकहरूको सुरक्षामा चिन्ता थपेको छ । यदि ऊर्जा क्षेत्रमा आएको मन्दीका कारण कतारको अर्थतन्त्र खुम्चियो भने, नेपाली श्रमिकहरूको रोजगारी र नेपाल भित्रिने रेमिट्यान्समा ठूलो गिरावट आउन सक्छ, जसले नेपालको विदेशी मुद्रा सञ्चितिमा दबाब दिनेछ ।
इन्धनको मूल्य बढ्ने बित्तिकै ढुवानी खर्च बढ्ने र त्यसले बजारमा खाद्यान्न लगायतका उपभोग्य वस्तुको मूल्य वृद्धि गराउने निश्चित छ। पहिले नै मुद्रास्फीतिको चाप झेलिरहेको नेपाली अर्थतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने अर्थविद्हरूको विश्लेषण छ ।
कतारको आधिकारिक जानकारी अनुसार, आक्रमणमा एलएनजी उत्पादन गर्ने ‘ट्रेन ४’ र ‘ट्रेन ६’ मा क्षति पुगेको छ, जसले वार्षिक १२.८ मिलियन टन उत्पादन गर्थे। साथै, सेलद्वारा सञ्चालित पर्ल जीटीएल सुविधामा पनि क्षति पुगेको छ, जहाँबाट स्वच्छ इन्धन र लुब्रिकेन्ट्स उत्पादन हुन्थ्यो ।
मन्त्री अल–काबीले यो संकटको प्रभाव भारतसहित चीन, दक्षिण कोरिया, इटाली र बेल्जियममा पनि पर्ने र कतारले केही दीर्घकालीन सम्झौताहरूमा ’फोर्स मेजेर’ (काबू बाहिरको परिस्थिति) घोषणा गरेको पुष्टि गरेका छन् ।

भोलि र पर्सि हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना

0

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी २ दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र प्रतिघण्टा ११९ किलोमिटरसम्मको तीव्र हावाहुरी चल्ने सम्भावना देखिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विशेष बुलेटिन जारी गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारी सूचनाअनुसार चैत ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । शुक्रबारदेखि नै लुम्बिनी प्रदेशको दाङ र नेपालगञ्जसहित तराईका आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्नेछ ।
पर्सि शनिबार हावाहुरीको प्रभाव पूर्वतर्फ सर्नेछ । विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ ।
प्रिमनसुनको समय भएकाले तीव्र हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध गर्ने जोखिम रहेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भइरहेकाले प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्किन र सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न र आगोका स्रोतहरू ग्यास, चुलो निभाउन आग्रह गरेको छ ।
बिजुलीका लत्रिएका तार नछुन, हावाहुरीको समयमा विद्युतीय उपकरण नचलाउन र टेलिफोन वा बिजुलीको खम्बामुनि ओत नलाग्न, भीडभाड भएको ठाउँमा हावाहुरी चलेमा नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको छ ।
प्राधिकरणले मौसम सम्बन्धी नियमित अपडेटमा रहन र जोखिमयुक्त स्थान अग्ला रुख, कमजोर पर्खालबाट टाढै रहन सबैमा अपिल गरेको छ ।

रविसहितको मुद्दा संशोधन गर्ने निर्णय पेस गर्न सर्वोच्चको आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दा संशोधन गर्ने निर्णय पेस गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेस गर्न आदेश दिएको हो ।
महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर मुद्दा संशोधन गर्ने निर्णय गरेकी थिइन्।

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

0

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारी, आयुक्तहरु जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव कृष्ण बहादुर राउतले प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन पेश गरेसँगै अब सांसदहरूको शपथ र सरकार गठनको बाटो खुलेको छ ।

एमएडब्लु वृद्धिको ‘मेगा एक्सचेन्ज कार्निभल’ चैत १२ गतेदेखि

0

काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । यही १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन् । नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धि नविन तथा ग्राहक केन्द्रित पहलमार्फत इभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको छ ।
काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ ।
कम्पनीका अनुसार यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नेछ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...