Page 11

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको शुभकामना ः दुःखको हरण होस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् ।
“सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,“ प्रधानमन्त्री बालेनले शुभकामना दिएका छन् ।
बालेनले सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् । “नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,“ प्रधानमन्त्री बालेनले लेखेका छन् ।

मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

काठमाण्डौं । मोबाइल लुटेर बैंक खाताबाट सवा दुई लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २७ गते मोबाइल चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ ११ घर भई हाल बुढानिलकण्ठ ११ जगडोलमा बस्ने १९ वर्षीय समिर तामाङ, दोलखाको मेलुङ ५ डाँडाखर्च घर भई बुढानिलकण्ठ ६ का १८ वर्षीय जनम तामाङ र खोटाङको कोपिलासगढी ७ सुडदेल घर भई हाल बुढानिलकण्ठ १३ कपनमा बस्ने १८ वर्षी प्रज्वल राईलाई रहेका छन्।
उनीहरूले मोबाइल चोरेर त्यस मोबाइलमा रहेको बैंक खातामा अनाधिकृत पमा पहुँच पु¥याएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जनाए। त्यसपछि उनीहरूले मोबाइलमा रहेका बैंक खाता र वालेटमा भएको दुई लाख २७ हजार ६ सय रुपैयाँ अन्य बैंक तथा वालेटमा ट्रान्सफर गरेको उनले जनाए।
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूबाट चोरिएको मोबाइल पनि बरामद गरिएको छ।

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन ः छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे, नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेका विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने भन्ने व्यवस्था छ ।
यस्तै, शिक्षा नियमावली, २०५९ मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई गरीब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुरुप सम्पूर्ण विद्यालयहरुले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गर्न निर्धारण गरिएको छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नमावली आईएमआईएसमा तत्काल अध्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।
साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी विद्यालयहरुले सार्वजनिक गर्ने तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे, नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अद्यावधिक गर्न लगाउने पत्रमा भनिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधन ः निषेधको राजनीति त्याग्न आग्रह

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा देशवासीका नाममा सम्बोधन गर्दै मुलुकको वर्तमान राजनीतिक र आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
आईतबार सन्देश जारी गर्दै उनले विगतका गल्तीबाट पाठ सिकेर सबै पक्षलाई समेट्ने गरी संवैधानिक समाधान खोज्न ढिलाइ नगर्न राजनीतिक दलहरूलाई आह्वान गरेका हुन् ।
पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपाल विकासका दृष्टिले ओरालो लागेको र मुलुक केवल राजनीतिक प्रयोगशालामा सीमित भएको टिप्पणी गरे । ‘राजनीति, राज्य पद्धति र शासन प्रशासनमा निकै हेरफेर भए पनि त्यो कोरा परिवर्तन मात्र भयो,’ उनले भने, ‘दलदलको खलबलमा हामी धेरै दगुरियौँ तर राष्ट्रको श्रीवृद्धिमा पछि पर्‍यौँ ।’ विधि, पद्धति र व्यक्ति बदलेर मात्र स्थिति नसुध्रिने कुरा विगतले सिकाएको उनको तर्क छ ।
सम्बोधनका क्रममा उनले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो संलग्नतालाई उत्साहजनक विषय भनी प्रशंसा गरेका छन् । पढेलेखेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
मुलुक चौतर्फी समस्याको चाङमा रहेको भन्दै पूर्वराजाले आर्थिक अवस्था उकास्न र बाह्य शक्तिहरूसँगको सद्भाव बढाउन ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘आन्तरिक सुरक्षा प्रणाली अत्यन्तै नाजुक अवस्थामा छ,’ उनले भने, ‘नयाँ वर्षमा जीउधनको सुरक्षा र अत्यावश्यक वस्तुको संरक्षण गर्दै मानवीय सुरक्षाको प्रत्याभूति दिन राज्यको गहिरो ध्यान पुग्नुपर्छ ।’
निषेध, फुट र प्रतिशोधको राजनीतिले देश कमजोर हुने भन्दै पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यको बाटो रोज्न आग्रह गरे । उनले भने, ‘जनचाहनालाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौँ । सबै पक्षको माग सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौँ ।’
नेपाललाई आफ्नै मौलिक सनातन पहिचानबाट परिचालित र प्रतिष्ठित बनाउनुपर्नेमा जोड दिँदै उनले सम्बोधनको अन्त्यमा सबै नेपालीको कल्याणका लागि पशुपतिनाथसँग प्रार्थना गरेका छन् ।

बैंकहरुले वैशाखका लागि पनि घटाए निक्षेपको ब्याजदर, सबैभन्दा धेरै एनएमबिले दिने

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् ।
नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ । मौद्रिक नीतिमा निक्षेप संकलन दर २.७५ प्रतिशत तोकेको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था छ ।
सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन सकेका छैनन् । जसले गर्दा लागत कम गर्न मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै घटाएर ४ प्रतिशतसम्म झारेका हुन् । वैशाखका लागि २० मध्ये व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत रहेको एनएमबी बैंक मात्रै छ ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । सोमबार वैशाखका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा चैतको तुलनामा वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०९ प्रतिशतले घटाएका हुन् ।
चैतको तुलनामा वैशाखमा ८ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १२ बैंकले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४८ प्रतिशत रहेकोमा वैशाखमा ४.३९ प्रतिशतमा झरेको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा एनएमबी बैंकले सर्वाधिक ५ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका हुन् । दुवै बैंकले चैतमा ५ प्रतिशत ब्याजदर दिएकोमा वैशाखमा ०.२५ प्रतिशत बिन्दुले घटाएका हुन् ।
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका बैंकमा एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकसँगै एभरेस्ट, हिमालयन, कुमारी, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा छन् ।
बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा ३ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेपछि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल छ ।
वैशाखमा सिद्धार्थ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत मात्रै ब्याजदर प्रस्ताव गरेको छ । चैतमा ४.२५ प्रतिशत रहेकोमा वैशाखमा ०.२५ प्रतिशत बिन्दुले घटाएको हो । कुमारी बैंकले चैतको ४.१२ प्रतिशतमा ०.०७ प्रतिशत बिन्दुले घटाएर ४.०५ प्रतिशत बनाएको छ । एभरेस्ट बैंकले पनि ४.२५ प्रतिशतबाट ०.२० प्रतिशत बिन्दुले घटाएर ४.०५ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।

नेपाल लाइफद्वारा पेशागत बीमा अभिकर्ता संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपालका नवनिर्वाचित पदाधिकारीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल लाइफले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना आदान–प्रदान गरेको हो ।
चैत २७ र २८ गते सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा गठन भएको थियो ।
सो अवसरमा जीवन बीमक संघ नेपालका अध्यक्ष तथा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा तथा माला लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
संघको वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल रहेका छन् । त्यस्तै उपाध्यक्ष पदमा महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद शर्मा जैशी, शंकर बहादुर कुँवर, सूर्य बहादुर भट्टराई, धुवं गिरी र श्याम प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा कल्याण विक्रम पाँडे चयन भएका छन् । सचिव (खुल्ला) तर्फ बसन्त विक्रम कुँवर र अम्बिका गौतम निर्विरोध निर्वाचित भएका छन् भने सचिव (महिला) मा सीता दाहाल चयन भएकी छन् ।
त्यस्तै कोषाध्यक्षमा नानी माया सापकोटा र सह–कोषाध्यक्ष (महिला) मा दुर्गा कुमारी भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

महालक्ष्मी विकास बैंकद्धारा नयाँ वर्ष लक्षित विभिन्न योजनाहरु सार्वजनिक

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ ।
विभिन्न योजनाहरु अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैकको योजना अनुरुप महालक्ष्मी विकास बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्म मार्फत बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुनेछन् ।
विजेता ३ जना प्रयोगकर्ता आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडी सहित भ्रमण गर्न पाउनेछन् ।
साथै डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवद्र्धन गर्नेछ । मोबाइल बैकिङ्ग प्रयोगकर्ताले प्राप्त गर्ने फोन प्वाइन्टस् रिवार्डस् एपमा जम्मा हुनेछ । यो एप प्ले स्टोर तथा एप्स स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ । यस्तो रिवार्ड पोइन्ट निश्चित शर्त भित्र रहि ग्राहकहरुले विभिन्न सामानहरु खरिद गर्दा तथा अन्य कार्यहरुमा प्रयोग गर्न सक्नेछ्न ।
नयाँ वर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय, व्यापारिक घर, जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप, पुर्ननिर्माणरमर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी कर्जा प्रदान गर्नेछ । यस्तो कर्जाको ब्याजदर ७ वर्ष अवधीको लागि स्थिर समेत रहनेछ ।
यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।

अब ४९९ सयमै नेपाल टेलिकमको अनलिमिटेड डाटा प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ ।
अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । आजदेखि आगामी २०८३ बैशाख २ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जनाएका छन् ।

होर्मुजको जलडमरूममा आजदेखि अमेरिकाको नाकाबन्दी

काठमाडौं । अमेरिका–इरानबीचको जारी द्वन्द्वले मध्यपूर्वमा अहिले तनाव बढेको छ ।
हर्मुजको जलडमरूमबारे अमेरिका र इरान आ–आफ्नै अडानमा छ । जसकारण अमेरिकी केन्द्रीय कमाण्डले आजदेखि होर्मुजको जलडमरूममा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ ।
अमेरिकाले इरानको तटीय बन्दरगाहहरूमा जहाजहरू प्रवेश गर्न र बाहिर निस्कनबाट रोक्न नाकाबन्दीको घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै अमेरिकी नौसेनालाई इरानलाई कर तिर्ने होर्मुजको जलडमरूमबाट गुज्रने सबै जहाजहरूको पहिचान गर्न र तिनीहरूलाई रोक्न र अगाडि बढ्न वा फर्कन नदिन आदेश दिएका छन् । उनका अनुसार इरानलाई तिरेको कुनै पनि टोल गैरकानूनी मानिनेछ र टोल तिर्ने जहाजलाई पास गर्न दिइने छैन ।
यसैबीच, इरानले धम्की दिएको छ कि यदि सैन्य जहाजहरू होर्मुजको जलडमरूममा पुगे भने युद्धविराम उल्लङ्घन गरिनेछ ।

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै

काठमाण्डौं । सरकारी कार्यालयमा दर्ता भएका फाइल अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदैछ।
सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न सरकारले यो अभियान सुरु गर्न लागेको हो ।
तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिसकेको छ।
कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमा टुंगो लागोस् भन्ने अभियानको उद्देश्य छ। अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
मार्गदर्शनअनुसार अब तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतस् समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ। निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाई सम्बन्धित तहबाट टुङ्ग्याउने पद्धतिको विकास गर्नुपर्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...