Page 13

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै, १४ सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाण्डौं । मन्त्री दीपक साह बर्खास्त भएपछि रिक्त भएको श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहले आफूसँगै राखेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्मा गरेको हेरफेरअनुसार प्रधानमन्त्रीसँग रक्षा, उद्योग र श्रम गरी ३ मन्त्रालयको जिम्मेवारी रहेको छ ।
पछिल्लो वरियताक्रम हेरफेरमा अन्तिम १५ नम्बरमा रहेका दीपक बर्खास्त भएसँगै अब मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

वैशाख १५ देखि विद्यार्थी भर्ना र २१ गतेदेखि पठनपाठन गर्न निर्देशन

काठमाण्डौं । सरकारले आगामी शैक्षिक सत्र २०८३ को कार्यतालिकामा हेरफेर गर्दै वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले बिहीबार सबै स्थानीय तह र विद्यालयहरूलाई पत्राचार गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ शैक्षिक कार्यतालिका कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन र मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने तय भएको हो । सरकारले चैत २३ गतेदेखि नै लागू हुने गरी शनिबार र आईतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले सोहीअनुसार शैक्षिक कार्यक्रमहरू समायोजन गर्न केन्द्रले विद्यालयहरूलाई भनेको छ ।
केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यद्वारा जारी परिपत्रअनुसार वैशाख २ गतेदेखि नै विद्यालयहरूले विभिन्न रचनात्मक र प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गर्नुपर्नेछ । जसअन्तर्गत शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका र शैक्षणिक योजनाको तयारी, विद्यालय सुधार योजना अद्यावधिक, शिक्षकको पेशागत क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजनाहरू बनाउनुपर्ने निर्देशन दिइएको छ ।
केन्द्रले वैशाख १५ गतेबाट भर्ना अभियान सुरु हुने र वैशाख २१ गतेबाट देशभरका विद्यालयमा नियमित पठनपाठन सुरु हुने व्यहोरा स्पष्ट पारेको छ । हप्तामा २ दिन बिदा दिने सरकारको नयाँ नीतिका कारण घट्ने पठनपाठनको समयलाई मध्यनजर गर्दै परिवर्तित कार्यतालिका र योजनाबद्ध शैक्षिक कार्यक्रम सञ्चालन गर्न केन्द्रले स्थानीय तहहरूलाई सहजीकरण र समन्वयका लागि आग्रह गरेको छ ।
मन्त्रालयले यसअघि नै पेट्रोलियम पदार्थको खपत घटाउने र ऊर्जा बचत गर्ने उद्देश्यले २ दिने बिदाको निर्णय कार्यान्वयनमा ल्याइसकेको छ, जसको प्रत्यक्ष प्रभाव अब विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरमा समेत देखिने भएको छ ।

संघीय संसद्का दुवै सदनको अधिवेशन भोलिबाट अन्त्य

काठमाडौं । संघीय संसदको दुवै सदको अधिवेशन भोलिबाट अन्त्य हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्।
चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो।

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्णस्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड, विगत १३ वर्षदेखि नेपालको अग्रणी मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकको रुपमा स्थापित हुँदै आएको छ ।
यस संस्थाले पुँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गर्दै आएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडले म्युचुअल फण्ड, पोर्टफोलिया व्यवस्थापन सेवा, परामर्श सेवा, डिपोजिटरी सहभागी सेवा, निष्कासन व्यवस्थापन, सेयरको प्रत्याभूति, सेयर रजिस्ट्रार सेवा प्रदान गर्दै आएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ खुलामुखी योजना हो ।
यो नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम अन्तर्गत दर्ता भएको छ । यो नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड हो, जसले अन्य खुलामुखी म्युचुअल फण्डहरुको विकासका लागि मार्गप्रशस्त गरेको छ ।
यस फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ट डिपोजिट, ट्रेजरी बिल जस्ता उपकरण तथा स्थिर आय आर्जनका साधनहरुमा लगानी गरी प्रतिफल सिर्जना गर्ने गरेको छ । यो योजना २०७६ सालको असार २४ गते सुरु गरिएको हो । खुलामुखी प्रकृतिका कारण यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन तर सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत खरिद तथा बिक्री गर्न सकिन्छ ।
प्रारम्भिक इकाई बाँडफाडपछि, फण्डले २० करोड इकाई जारी गर्ने स्वीकृति प्राप्त गरेको थियो । योजनाको आकार रु। ६ अर्ब ९अर्थात ६० करोड इकाई० रहेकोमा मिति २०८२, १२, ०५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त भए अनुरुप सो आकार बृद्धि गरी रु. १० अर्ब (अर्थात १ अर्ब इकार्ई) कायम गरिएको छ ।
यससँगै यो फण्ड नेपालका मुच्युअल फण्डहरुमध्य सबैभन्दा ठूलो फण्डको रुपमा स्थापित भएको छ । हाल नेपालमा ४३ वटा बन्द मुखी र १३ खुलामुखी मुच्युअल फण्ड सञ्चालनमा रहेका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजनाको आकार रु. ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेको र बिज पुँजीको कारण विगत लामो समय देखी फण्डको इकाई बृद्धि नभएको कारण इकाईधनीरुको इकाईहरू हितग्राही खातामा जम्मा नभएको र नेपाल धितोपत्र बोर्डबाट बीज पुँजी सम्बन्धमा मिति २०८२, १०, ०२ गते जारी निर्देशिका अनुसार यस एनआईबिएल सहभागिता फण्डको मिति २०८२, १२, ०५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार रु. १० अर्वको (अर्थात १ अर्ब इकाई) कायम गर्न स्वीकृति प्राप्त भएको हुँदा पुनः इकाईधनीहरुको इकाईहरू हितग्राही खातामा जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकित्ता १७५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको २ लाख कित्ता शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
शेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने समय आज चैत २६ गतेदेखि शुरु भई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र समाप्त हुने बैंकले जनाएको छ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन।
इच्छुक लगानीकर्ताले बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं तथा एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय र देशभरका प्रमुख शाखा कार्यालयहरूबाट प्राप्त तथा बुझाउन सक्नेछन्।
बैंकका अनुसार बोलपत्र संकलन केन्द्रहरूमा काठमाडौंस्थित थापाथलीसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यालयहरू रहेका छन्। यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
सुर्खेतमा संचालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडितहरु लाभान्वित हुने बैंकको अपेक्षा छ । जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौँको किर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गर्ने बैंकले जनाएको छ ।
यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए। जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो ।
शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसंग जोडिएकोे एयकत द्यगचल ऋयलतचबअतगचभ), हातका औँलाहरु टाँसिएको अवस्था भएकाहरुले निःशुल्क उपचार पाउनेछन् । साथै जन्मदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसहरुले पनि सरसल्लाह लिन सक्ने बैंकले जनाएको छ ।
जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ । नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

नेशनल लाइफले दियो अभिकर्ताहरूलाई एक दिने तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरूमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरू र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरू गरी १६० जना अभिकर्ताहरू उपस्थित भएका थिए।
कार्यक्रममा उपस्थित भएका अभिकर्ताहरूलाई महेन्द्रनगर शुक्लाफाँटास्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए।
कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागिहरूलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरू मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको जनाए।
यसैगरी कार्यक्रममा विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई सहायक महाप्रबन्धक विवेक शर्माले मायाको चिनो प्रदान गरेका थिए। सहाभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराइदिएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरूले सम्मान प्राप्त गर्दा आफूले गरेको मेहेनतको कदर भएको जनाएका थिए।

पाटनमा चक्कु प्रहार गरी दाजुभाइको हत्या

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई जना दाजुभाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ हत्या भएको हो ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ एउटा सामान्य फोन कल गलत नम्बरमा जाँदा विवाद सुरु भएको थियो । एकअर्कालाई नचिनेका उनीहरुबीच फोनमै भनाभन भएको थियो । त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाए ।
इमाडोलबाट पाटन पुगेका उनीहरूमाथि मासु पसलमा काम गर्ने सञ्जीवले घरेलु हतियार (चक्कु) ले प्रहार गरेका थिए ।
घटनापछि प्रहरीले सञ्जीवसहित दुई जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ ।

उपसभामुख निर्वाचन ः उमेदवारी दर्ता आज

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज (चैत २६) उमेदवारी दर्ताको समय तोकिएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २ः३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।
२७ गते उपसभामुखको निर्वाचन हुँदै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । त्यसमाथि छलफल भएर निर्णय गरिनेछ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।
उपसभामुखका लागि विपक्षी दलहरूले उमेदवारी दिने जनाउँदै आएका छन् । प्रतिनिधिसभाको दुईतिहाइ बहुमतनिकट रहेको सत्तारूढ रास्वपाको समर्थन पाउने दलबाट नै उपसभामुख चयन हुनेछ । हालसम्म रास्वपाले कुनै दललाई समर्थन गरेको छैन ।

इरानले फेरि बन्द गर्‍यो हर्मुजको जलडमरू, यस्तो छ कारण

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै इरानले फेरि होर्मुजको जलडमरू जलमार्ग बन्द गरेको छ ।
समाचार एजेन्सी एपीका अनुसार इजरायली आक्रमणपछि इरानले फेरि होर्मुजको जलडमरू बन्द गरेको हो । लेबनानमा इजरायली आक्रमणका कारण इरानले हर्मुजको जलडमरूम हुँदै तेल ट्याङ्करहरूको बाटो अवरुद्ध गरेको हो ।
इजरायलले बुधबार लेबनानका धेरै स्थानहरूमा हवाई आक्रमण गरेको थियो । लेबनानी नागरिक रक्षा विभागका अनुसार आक्रमणमा २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन् ।
यसअघि लडाकू संगठन हिजबुल्लाहले लेबनानलाई युद्धविराममा समावेश नगरे सम्झौता तोडिने चेतावनी दिएको थियो ।
इरानले अमेरिकालाई पठाएको १० बुँदे युद्धविराम सर्तमा हिज्बुल्लाहमाथि आक्रमण रोक्न माग गरिएको थियो ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...