Page 7

प्रतिनिधिसभामा तोडफोड गरे सांसद्लाई क्षतिपूर्ति भराउने नियम बन्दै

काठमाण्डौं । सांसदहरूले प्रतिनिधिसभामा ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले ध्वंसात्मक गतिविधिमा संलग्न भइ भौतिक क्षति पुर्‍याउने सांसद्हरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको हो।
समितिले तयार पारेको मस्यौदामा संसद्को मर्यादा, अनुशासन र सुव्यवस्था कायम राख्न सभामुखलाई विशेष अधिकार दिने प्रावधान पनि समेटिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको समितिले नियमावलीको मस्यौदा तयार पारेको हो।
मस्यौदाअनुसार कुनै पनि सांसदले बैठक कक्षमा अशान्ति सिर्जना गरे, तोडफोडमा संलग्न भए वा भौतिक क्षति पुर्‍याए सभामुखले तत्काल मर्यादापालकमार्फत त्यस्ता सदस्यलाई बैठक कक्षबाट निष्कासन गर्न सक्नेछन्। साथै त्यस्ता सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न र भएको क्षतिको क्षतिपूर्ति भराउन आदेश दिन सकिनेछ।
मस्यौदामा बैठक सम्पन्न भएपछि पनि कुनै सदस्यबाट अनुशासनहीन वा ध्वंसात्मक गतिविधि भएको पुष्टि भएपछि पनि कारबाही गर्न सकिने उल्लेख छ। तर यस्तो कारबाही गर्नुअघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने अवसर दिनुपर्ने प्रावधान राखिएको छ।
निलम्बन अवधिभर सम्बन्धित सांसदले प्रतिनिधिसभा तथा कुनै पनि समितिको बैठकमा सहभागी हुन पाउने छैनन्। निलम्बन र त्यसको फुकुवासम्बन्धी जानकारी सम्बन्धित समिति र संसदीय दललाई संसद् सचिवालयले दिने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ। यो मस्यौदा प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ।

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी राख्न निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य हमला स्थगित गर्दै युद्धविराम लम्ब्याउने निर्णय गरेका छन् । उनले यो निर्णय पाकिस्तानका सेना प्रमुख र प्रधानमन्त्रीको अनुरोधमा गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानी सरकार हाल गहिरो रूपमा विभाजित र अमेरिकाले इरानका नेताहरूलाई समाधान तयार गर्ने मौका दिन आक्रमण रोकेको जनाए ।
राष्ट्रपति ट्रम्पले अमेरिकी सेनालाई इरानमाथिको नाकाबन्दी जारी राख्न र कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशन दिएका छन् । यसको अर्थ सैन्य दबाब जारी रहनेछ, तर तत्काल प्रत्यक्ष कारबाही गरिने छैन ।
ट्रम्पले इरानले समाधान प्रस्ताव नगरेसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम कायम रहने र त्यसपछि मात्र थप कारबाहीको बारेमा निर्णय लिइने जनाए ।

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त हुने भनिएको थियो । तर, ट्रम्पले यसलाई अगाडि बढाउने सम्भावना निकै कम रहेको जनाएका छन् । यो युद्धविराम दुई हप्ताको थियो, जुन बुधबार अप्रिल २२ मा अन्त्य हुँदै छ । यदि दुवै पक्षबीच कुनै सम्झौता भएन भने लडाइँ तुरुन्तै पुनः सुरु हुन सक्ने उनले जनाए ।
ट्रम्पले इरानलाई छिटो सम्झौता गर्न दबाब दिइरहेका छन् । तर, उनले समय आफ्नो पक्षमै रहेको र कुनै पनि गलत सम्झौता नगर्ने जनाएका छन् । ब्लूमबर्गलाई फोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले आफू कुनै पनि खराब सम्झौतामा हतार नगर्ने जनाएका हुन् ।
ट्रम्पले पाकिस्तानको इस्लामाबादमा हुने शान्ति वार्ताबाट आफूले के अपेक्षा राखेका छन् भन्नेबारे पनि जनाएका छन् । यद्यपि, इरानले यी वार्ताहरूलाई अस्वीकार गरिसकेको छ । उनले ग्यासको मूल्यका विषयमा पनि कुरा गरेका छन् । साथै, ट्रम्पले युद्ध अन्त्य गर्नका लागि इरानका नयाँ नेताहरूलाई व्यक्तिगत रूपमा भेट्न तयार रहेको जनाएका छन् ।
ट्रम्पले स्पष्ट रूपमा आफू इजरायलका कारण मात्र यस युद्धमा संलग्न नभएको जनाएका छन् । उनका अनुसार, यसको मुख्य कारण ७ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमण थियो, जसमा करिब १२ सय इजरायलीहरूको मृत्यु भएको थियो । यस घटनाले इरानलाई कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्न दिनु हुँदैन भन्ने उनको पुरानो धारणा अझ बलियो बनाएको छ ।
ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “इरान युद्धमा अद्भुत नतिजाहरू आउनेवाला छन् । यदि इरानका नयाँ नेताहरू समझदार छन् भने इरानको भविष्य धेरै राम्रो र समृद्ध हुन सक्छ ”
मुनिरले गरे फोनमा ट्रम्पसँग कुरा
पाकिस्तानका आर्मी चिफ फिल्ड मार्सल असिम मुनिरले इरान–अमेरिका वार्तामा देखिएको अवरोधबारे ट्रम्पसँग छलफल गरेका छन् । उनले वार्ताको दोस्रो चरणमा देखिएको एउटा ठूलो बाधाबारे उल्लेख गरेका छन् ।
रोयटर्सले पाकिस्तानी सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार असिम मुनिरले ट्रम्पलाई फोन गरी अमेरिकाद्वारा इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी इस्लामाबादमा हुने शान्ति वार्ताको दोस्रो चरणका लागि ठूलो अवरोध बनेको चेतावनी दिएका छन् ।
मुनिरको यो कदम तेहरानको उनको हालैको तीनदिने भ्रमणपछि आएको हो, जहाँ उनले राष्ट्रपति, विदेशमन्त्री र शीर्ष सैन्य अधिकारीहरूसहित इरानको वरिष्ठ नेतृत्वसँग भेट गरेका थिए । मुनिर त्यहाँ इरानलाई वार्ताका लागि पुनः तयार पार्न गएका थिए, तर इरानले आफ्ना राष्ट्रिय हितहरूलाई प्राथमिकता दिएको देखिएको छ ।
अमेरिकी टोली २० अप्रिलमा, इस्लामाबाद पुग्ने अपेक्षा गरिएको थियो । अर्को पक्षबाट इरानी टोली पनि आउनुपर्ने थियो । तर, इस्लामाबादमा सुरक्षा उपायहरू पहिलेझैँ कडा रहेका छन्, यद्यपि वार्तामा सहभागी हुने अधिकारीहरूको बारेमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन ।

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ ।
कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वैशाख १० गतेभित्र ती संरचनाहरू हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ । यसअघि पनि २०७३, ०९, १८ र २०८०, ०३, ०९ लगायतका विभिन्न मितिहरूमा सूचना जारी गर्दा समेत संरचनाहरू नहटाएपछि डिभिजनले पुनः यो ताकेता गरेको हो ।
विशेष गरी बाराको पथलैयादेखि चुरिया माई मन्दिरसम्मको क्षेत्रमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५, २५ मिटरभित्र पर्ने संरचनाहरू अझै हटाइएको छैन । यद्यपि तोकिएको समयभित्र अटेर गरी संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम संरचना हटाइने र सोको खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार, सडक विस्तार र सुरक्षाका लागि यी संरचनाहरू हटाउनु अनिवार्य छ । प्रशासनले सूचनालाई बेवास्ता गर्नेलाई कडा कानुनी कारबाही गरिने समेत स्पष्ट पारेको छ ।

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते बिहीबार मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको हो ।
भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ। विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो।
‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खड्काले जानकारी दिए।
नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनले जनाए।

रास्वपाको महामन्त्री बने भूपदेव

काठमाडौ । भूपदेव जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री चयन भएका छन् ।
सोमबार बसेको रास्वपा केन्द्रीय समितिले शाहलाई महामन्त्री चयन गरेको हो।
केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउन प्रस्ताव गरिएको थियो।

पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन ः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले संवाद थालेको जनाएका छन् ।
बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने जनाए ।
उनले भने, ‘पार्टीभित्रका सबै नेताहरूसँग म संवाद गरिरहेको छु, सबैसँग कुरा गर्छु, सबैलाई समेटेर लिएर जान्छु, हामीले सदस्यताको कुरा पनि ख्याल गर्नुपर्नेछ । हामी पार्टीभित्र बसेर मात्र मिलेर हुँदैन । पार्टीलाई वर्षौँदेखि मतदान गर्दै आउनुभएको ठूलो पङ्क्ति छ। कांग्रेसको सदस्य हुने, लेबी तिर्ने, कांग्रेसको आन्तरिक चुनावमा आएर मतदान गर्ने, तर मलाई मन लागेन चुनावमा अर्को पार्टीलाई भोट दिन्छु भन्न पाइँदैन। सदस्यता छोडेर जानुस्। तर, भोटरको बारेमा केही भन्न पाइन्न।’
उनले पार्टीलाई ७ सालको जस्तो क्रान्तिकारी, ४६ सालको जस्तो लोकप्रिय, ७० सालको जस्तो भरोसायोग्य पार्टी बनाउने बताए । उनले कांग्रेसले देशलाई सम्हाल्न सक्छ भन्ने सन्देश दिनुपर्ने बताए । उनले पार्टीका सबैलाई मिलाएर लैजान तयार रहेको बताउँदै गुट स्वीकार्य नहुने स्पष्ट सन्देश दिए ।

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे।
उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए।
छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले विद्यार्थी संगठनका संरचना हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरे।
जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए।
प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने जनाउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे।
साथै, प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिए।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका संरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने जनाए।
छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको जनाए।
अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरे।

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो ।
६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन् । कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्था अनुसार उक्त लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएको हो । यसअघि पनि कोषसँग विभिन्न लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेका छन् ।
कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ ।

सिटिजन्स बैंक २०औं वर्षमा प्रवेशः दुई सय शाखाबाट २० लाख ग्राहकलाई सेवा

काठमाडौं । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भईसेवा पुर्याँउदै आएको सिटिजन्स बैंक आज १९ वर्ष पूरा गरी २० बर्षमा प्रवेश गरेको छ ।
यस १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकले कूल निक्षेप करिव रु २ खर्ब १६ अर्ब संकलन गरी कर्जा तर्फ रु १ खर्व ७७ अर्व परिचालन गरेको छ ।
बैंकले १९औं बार्षिकोत्सवको अवसरमा आज बिहानै सातवटै प्रदेशमा करिव ९४६ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जिवनदान’ भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशका कूल २० शाखाहरुबाट ५५० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत दिक्तेल शाखा, बागमती प्रदेश अन्तर्गत तेमाल शाखा र लाम्बगर शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बेलाटारी शाखा र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखा र बेनी शाखा, कर्णाली प्रदेश अन्तर्गत जुफाल शाखा र सुदूरपश्चिम प्रदेश अन्तर्गत अमरगढी शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन् । शिविरमा करीब ५०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझ सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ सेवा डीजी बैंकिङमार्फत केवाईस विवरणहरू अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ, जसमार्फत अब ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई आफ्नै मोबाइल बैंकिङ प्रयोग गरी सजिलै केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन् ।
साथै बैंकले नेपालमै पहिलो पटक व्यावसायिक बैंकिङका लागि र्यापिड एपीआई आधारित बैंकिङ प्रणालीको सुरुवात गर्दै ग्राहकहरूको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जोड्ने व्यवस्था गरेको छ, जसले वास्तविक समयमा ब्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्न सकिने सुविधा प्रदान गर्दछ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...