Page 18

सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नुपर्ने दायित्व सबैको भएको जनाएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सो कुरा जनाएका हुन् ।
‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो । सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बनेको भनाइ छ । ‘कतिपय अवस्थामा देखिने असुरक्षा रदबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान’, थापाले अगाडि लेखेका छन् ।

‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ ः सञ्चार मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको जनाएका छन् ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको जनाए। उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नव प्रवर्तक, प्राविधिक जनशक्ति, ‘स्टार्टअप’ समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गरेका छन् । “यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक(लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ, नागरिक ‘एप’लाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल ‘प्लेटफर्म’मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गरिँदैछ,” उनले भनेका छन् ।
नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, ‘डेटा’ अर्थतन्त्र तथा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय ‘साइबर’ सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई मन्त्रालयले तीव्रता दिएको उनको भनाइ छ ।
देशभर उच्च गतिको ‘ब्रडब्यान्ड इन्टरनेट’ विस्तार, सरकारी ‘डाटा सेन्टर’ तथा ‘डिजास्टर रिकभरी’ प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि, तथा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्दै डिजिटल समावेशिता सुनिश्चित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनले जनाए। साथै सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
“डिजिटल रूपान्तरण सरकार मात्रको प्रयासले सम्भव हुँदैन । यस अभियानमा निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम, प्रविधि समुदाय तथा सम्पूर्ण नागरिकको सक्रिय सहकार्य अपरिहार्य छ । समृद्ध, आधुनिक र डिजिटल नेपाल निर्माणको साझा यात्रामा सबैलाई हातेमालो गर्न हार्दिक आह्वान गर्दछु,” मन्त्री तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।

स्वयम्भु र बालाजु क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौं । सरकारले काठमाडौंमा रहेका सुकुम्बासी बस्ती हटाउने कार्यलाई तीव्रता दिएको छ ।
शनिबार बिहानैदेखि सरकारले स्वयम्भु र बालाजु क्षेत्रमा रहेका सुकुम्बासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाएर संरचनाहरू भत्काउन सुरु गरेको हो ।
यसअघि सरकारले थापाथली, गैरीगाउँ, बल्खु लगायत क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती खाली गराएको थियो ।

थवाङ दुर्घटनामा ज्यान गुमाएका २० जनाप्रति रास्वपाको समवेदना, सडक सुरक्षा सुधारको प्रतिबद्धता

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीका प्रवक्ता मनिष झाले शनिबार एक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध र मर्माहत भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन्
साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राप्त विवरणअनुसार लु १ ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको थियो। करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनामा २० जनाको ज्यान गएको थियो ।
वक्तव्यमार्फत विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उद्धारमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको साहस, समर्पण र मानवीयताको उच्च सम्मान गरिने उल्लेख गरिएको छ ।
यस घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता दुर्घटनालाई केवल तथ्यांकका रूपमा नहेरी नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा रास्वपाले जोड दिएको छ।
वक्तव्यमा थप भनिएको छ ‘यस दुःखद घटनाले फेरि एकपटक हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। यस्ता दुर्घटनाहरू तथ्यांक मात्रै होइनन् यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्ने मा हामी सचेत छौ । यस्तो घटनाले परिवार र समुदायलाई दीर्घकालीन पीडामा छोड्छ भन्नेमा हाम्रो चासो छ हामी यसमा तपाइहरुसँग हुनेछौ ।’
पार्टीले आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’ नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट छौ ।’

बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
आज (शुक्रबार) सरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

‘साँचो क्रान्ति ज्ञा बाट शुरू हुन्छ’ ः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म जयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।
२५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको जनाएका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ।’
उनी थप लेख्छन्– ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। ‘
अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।
‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । बुद्धको प्रसिद्ध उपदेश ‘अप्प दीपो भवः’ (आफ्नो बत्ती आफैँ बन अर्थात् आफ्नो बाटो आफैँ तय गर) उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई शुभकामना दिएका छन् ।

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले यूएईलाई ब्याटिङको निम्तो दिए । खेलमा नेपाल सातौँ जितको लक्ष्यमा छ । तालिकाको सातौँ स्थानमा रहेको नेपालले २२ खेल खेल्दा १४ अंक जोडेको छ ।
नेपालले २२ खेल खेल्दा ६ जित र १४ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । नेपालको दुई खेल भने रद्द भएको थियो । यूएई पनि सातौँ जितको खोजीमा हुनेछ । र, घरेलु टोलीविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाउमा समेत यूएई हुनेछ ।
यसअघि भएको पहिलो खेलमा घरेलु टोलीले यूएईलाई ३५ रनले पराजित गरेको थियो । तालिकाको पुछारमा रहेको यूएईले समान २२ खेल खेल्दा १२ अंक जोडेको छ ।
यूएईले २२ खेल खेल्दा ६ जित र १६ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । लिग–२ को सन् २०२३÷२४–२०२७ श्रृंखलाको १००औँ खेल समेत रहेको यो खेल त्रिवि रंगशालामा केहीबेरमा सुरू हुनेछ ।

 

लेटेष्ट समाचार

आज हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो...

फिफा विश्वकप २०२६– दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

काठमाण्डौं । जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ । ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको...