कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो ।
जसअनुसार ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागि थिए । परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।

LEAVE A REPLY