काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
नेपाल र मलेसियाबीचको खेल बिहीबार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ । समूह ‘ए’को नेपाल एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ ।
पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । समूह ‘ए’का दुई खेलमा चीन पराजित भएपछि नेपाल र मलेसिया छनोट भइसकेका हुन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन् ।
एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने भएको हो ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने जनाईएको छ ।
बाबुराम भट्टराईको टिप्पणी – काठमाण्डौं र दिल्लीमा सुनिएका गड्यांगगुडुंगका आवाज प्रिय छैनन्
काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिवेला काठमाण्डौं र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय नरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भट्टराईले लेखेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेको हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरङ्ग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खासगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता–संस्कृति (रोटी–बेटी) का कुरा गरून्जेल दुबैतिर बाइबाई नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो।तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो।’
‘अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौँ तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ, त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो, त्यसको पनि गाँठी कुरा हो–भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरोु भन्ने सोच सीमा विवाद त्यसैको अभिव्यक्ति हो। अनि अर्कोतिर हामी नेपालीहरूमा गहिरोसँग गढेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने ‘सिक्किमीकरणुको खतराको त्रास, यही जरो कारणले नेपाल भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भइरहेछ ’, उनले लेखेका छन् ।
यही गाँठो फुकाउन आफूले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा प्रबुद्ध व्यक्तिहरूको समूह ९इपीजी०को अवधारणा अघि सारेको उनले जनाएका छन् ।
इपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको पनि उनको टिप्पणी छ । रवि लामिछानेको वर्तमान दिल्ली भ्रमण यो दुष्चक्र तोड्न सफल रहोस् भन्ने कामना पनि उनले गरेका छन् ।
एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज र भोलि
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला हुँदैछ ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुने कार्यशाला आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । उनका अनुसार पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ । एमालेले यस कार्यक्रमलाई संगठन सुदृढीकरण अभियानको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ ।
कार्यशालामा एमालेको संगठनको समग्र वस्तुस्थितिबारे संगठन विभागका प्रमुख भानुभक्त ढकालले एक कार्यपत्र प्रस्तुत गर्ने, सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरेर छलफल र प्रस्तुतीकरण समेत गर्ने कार्यसूची रहेको छ ।
कार्यशालाको समापन महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज मध्यान्ह सवा १२ बजे सुरु हुनेछ ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३, ०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
आजै आर्थिक वर्ष २०८३, ०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ भने अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
बालेनलाई हर्कको सुझावः यस्तै भइहालेछ भनेर माफी माग्नुस्
काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्दै अभिव्यक्तिका लागि माफी माग्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार साम्पाङले संसदमा मात्र नभई तीन करोड नेपालीसँग माफी माग्न आग्रह गरे ।
साम्पाङले नेपालले भारतको सीमा कहाँकहाँ मिचेको रहेछ भन्ने खुलाउन सक्नुपर्ने उनको भनाइ थियो ।
‘नेपालले भारतको सीमा कहाकहाँ मिचेको रहेछ । त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरिनुपर्छ । सरकारलाई गल्ती गर्ने छुट हुँदैन । सरकारले गल्ती गर्न पाउँदै पाउँदैन । गल्ती गर्नु हुँदै हुँदैन’, साम्पाङले भने, ‘यदि उहाँले आवेगमा आएर बिनापुष्टिको, बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन । हर्क साम्पाङलाई होइन । यहाँका सांसदलाई होइन, तीन करोड नेपालीलाई सम्बोधन गरेर यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ ।’
साम्पाङले देशको सिमाना, अखण्डता र सार्वभौमसत्ता जोगाउने विषय दल विशेषको नभई राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे ।
साम्पाङले प्रधानमन्त्री शाह संसदमा कतिपटक आए र कतिपटक हाजिरी गरे भन्नेबारे जानकारी गराउन सभामुखसँग माग गरे ।
संसद नियमावलीमा प्रत्येक सदस्यले बैठकमा सहभागी हुनुअघि हाजिरी गर्नुपर्ने लेखेको भन्दै हाजिरी नगरेको भए प्रधानमन्त्री शाह पदमुक्त हुने तर्क गरे ।
‘नियमावलीको नियम ४ को (१) मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा अउनुपर्नेछ र बैठकमा आउनुअघि बस्नुअघि हाजिर गर्नुपर्छ भनेको छ । म प्रधानन्त्रीज्यू यहाँ आउदाँखेरि हाजिरी गर्नुभएको छ कि छैन ? त्यो हेर्नका लागि अभिलेख शाखालाई अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । यदि उहाँ प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा ७७ को १ को (ग) ले निज प्रतिनिधिसभाको सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था रहेको छ । उहाँको हाजिर यो अखिलेमा छ कि छैन ? उहाँ कतिचोटि आउनुभयो । अहिलेसम्मको सदनको बैठकमा कतिचोटि हाजिर गर्नुभयो त्यो पनि देखाइदिनका लागि म अनुरोध गर्न चाहन्छु ।’
भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका जरुरी छैन ः भारत
काठमाडौं। भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका जरुर नभएको भारतले स्पष्ट पारेको छ । दुई देशले सीमा मामिलाका सबै पक्षहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्र स्थापना गरेको पनि उल्लेख गरेको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा सोधिएका प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमांकित क्षेत्रहरूमा भूमि कब्जाका घटनाहरू रहेपनि त्यसलाई संयुक्त रूपमा नक्साङ्कन गरिने जनाए ।
‘हामीले भारत–नेपाल सीमा सम्बन्धी नेपालका प्रधानमन्त्रीको टिप्पणी र यस विषयमा नेपाली विदेश कार्यालयले दिएको पछिको वक्तव्य हेरेका छौं । भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत सीमाङ्कन भइसकेको भएपनि केही नसुल्झेका खण्डहरू छन् । गण्डक नदीको स्थानान्तरणले यस्तो अवस्था सिर्जना गरेको छ । यसका साथै, सीमाङ्कन गरिएका क्षेत्रहरुमा सीमा भूमि कब्जा र कुनैपनि मानव भूमिको अतिक्रमणका घटनाहरू छन्, जुन हाल संयुक्त रूपमा नक्साङ्कन गरिँदैछ,’ उनले भने।
‘हामीले सीमा मामिलाका सबै पक्षहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्र स्थापना गरेका छौं । भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका छैन भन्ने कुरा सबैलाई स्पष्ट हुनुपर्छ,’ उनले थपे ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सीमा मुद्दाहरूमा छलफलमा बेलायत र चीनलाई संलग्न गराउनुपर्ने सुझाव दिएको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ताले भारतसँगको सीमा समस्या वार्तामार्फत समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
जयस्वालले थप भने,‘सीमांकन गरिएका नो मेन्स ल्याण्ड क्षेत्रहरूमा सीमापार कब्जा र अतिक्रमण जस्ता मुद्दाहरू केही खण्डहरूमा पहिचान गरिएको छ, जुन हाल दुवै पक्षद्वारा संयुक्त रूपमा नक्साङ्कन र प्रमाणीकरण भइरहेको छ ।’
नेपालका राजनीतिक दलहरूले बालेन्द्र शाहको नेपालले पनि भारतीय भूभाग ‘अतिक्रमण’ गरेको विवादास्पद टिप्पणीको आलोचना गरेका छन्। नेपालको विदेश मन्त्रालयले पछि उनको टिप्पणीमाथि स्पष्टीकरण दिएको थियो ।
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई
काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई भेटेका छन्।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने आज एस जसशंकरसँग भेटेका हुन्।
लामिछानेसँगको छलफल नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्ध, विकास र समृद्धिलाई प्रवर्द्धन गर्न केन्द्रित रहेको विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
सभापति लामिछानेले आजै गृहमन्त्री अमित शाहसँग भेट गर्ने तय भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुनसक्ने जनाइएको छ।
माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । ८. २५ पतिशत ब्याजदरको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ ।
सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडकोआर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयकोभवन (सुलभ पहुँचयुक्त शौचालय सहित) आज समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
वि.सं. २०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंशबहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ्ग प्रमुख प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ्ग प्रमुख प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सानीभेरी गाउँपालिका वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खड्का, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालज्यूले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतीक भएको जनाए ।
विद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि हो । आजको बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हुनेविश्वासका साथ बैंकले भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
उक्त नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण– सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।
















