Page 11

बीमा सचेतनाका लागि सानिमा जिआईसी र वाइज याक सोलुसन्सबीच सम्झौता

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि. का बीच कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सचेतना कार्यक्रम संचालनका लागि सम्झौता भएको छ ।
कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुच नपुगेको क्षेत्र र वर्गका जनतलाई स्थानिय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नको निमित्त सम्झौता पत्रमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रा। लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा।डा। सुरेश मानन्धरबाट हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई मेधर्म क्लिनिक्स्द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा।लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरे।
यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई मेधर्म क्लिनिक्स् प्रा।लि। द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

मध्यपूर्व तनाव ः इरान–अमेरिका वार्ता असफल, लेबनानलाई फ्रान्सको साथ

काठमाडौं । मध्यपूर्व युद्ध झन गहिरो जटिल बन्दै गएको छ । इरानले अमेरिकासँगको युद्धविराम वार्ता अस्थायी रूपमा स्थगित गरेको हो ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार तेहरानले लेबनानमा इजरायली आक्रमण बन्द नभएसम्म मध्यस्थकर्तामार्फत अमेरिकासँग कुनै वार्ता नहुने जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार इरानले लेबनानमा शान्ति कायम राख्नु युद्धविरामको प्रमुख शर्त भएको बताएको छ । तर अहिले लेबनानसहित धेरै मोर्चाहरूमा यो सम्झौताको उल्लङ्घन भइरहेको छ ।
इरानले गाजा र लेबनानमा इजरायली सैन्य कारबाही तत्काल रोक्न र लेबनानी भू–भागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरेको छ । इरानले यी मुद्दाहरूमा आफ्ना र आफ्ना सहयोगीहरूको माग पूरा नभएसम्म वार्ता पुनः सुरु नहुने जनाएको छ ।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरान र यसका सहयोगीहरूले हर्मुज जलडमरूलाई पूर्ण रूपमा बन्द गर्ने र लाल सागरको दक्षिणी भागमा रहेको बाब अल–मन्डेब जलडमरूसहित अन्य मोर्चाहरूलाई सक्रिय पार्ने तयारी गरिरहेको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेनाले दक्षिणी लेबनानमा आफ्नो योजनाबद्ध सैन्य कारबाही जारी राख्ने जनाएका छन् ।
यता, फ्रान्सले लेबनानको संकटमा कडा अडान लिएको छ । फ्रान्सले लेबनानको सार्वभौमिकतामाथि इजरायलको आक्रमणलाई पूर्णतया गलत भन्दै निन्दा गरेको छ । फ्रान्सले इजरायललाई तुरुन्तै सैन्य कारबाही बन्द गर्न र आफ्नो सेना फिर्ता गर्न आह्वान गरेको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानको ब्यूफोर्ट महलको नियन्त्रण कब्जा गरेपछि यो कूटनीतिक तनाव बढेको छ । यो रणनीतिक किल्ला दुई देशको सीमामा एक महत्त्वपूर्ण उचाइमा अवस्थित छ । अप्रिलको मध्यमा भएको युद्धविराम सम्झौता दुवै पक्षबाट उल्लङ्घनका कारण पूर्ण रूपमा भंग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार फ्रान्सले अब संयुक्त राष्ट्रसंघमा नयाँ प्रस्ताव पेश गर्ने तयारी गरिरहेको छ । यस प्रस्तावको प्राथमिक उद्देश्य इजरायली सेना फिर्ता गर्नु र सीमामा शान्ति पुनर्स्थापित गर्नु हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने र अर्को हप्ता भित्रमा होर्मुजको जलडमरू पुनः खोल्ने सम्झौता हुने दाबी गरेका छन् ।
एबीसी न्यूजसँगको कुराकानीमा ट्रम्पले अझै पनि महत्वपूर्ण समुद्री मार्ग खोल्नको लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छैन । उनका अनुसार अझै थप मुद्दा र सर्तहरूमा सहमति हुन बाँकी छ ।

रास्वपा सभापति लामिछाने नयाँदिल्लीमा, भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

काठमाडौँ । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न भेटघाट गर्ने भएका छन् ।
लामिछानेले आज जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।
भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।
आज बिहान उनलाई ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मेयर सिंहविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला अदालत पर्साले नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बेङ्गलुरुले लगातार दोस्रोपटक जित्यो आईपीएलको उपाधि

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । गुजरातका रशिद खानले २ विकेट लिए ।
त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए । बेङ्गलुरुका रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २ विकेट लिए ।
योसँगै बेङ्गलुरुले लगातार दुई पटक आईपीएलको उपाधि जितेको छ । गुजरातले भने सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।
त्यस्तै प्रतियोगिताको इम्प्याक्टफुल ब्याटर पनि वैभव नै भए। इम्प्याक्टफुल बलरको उपाधि उपाधि विजेता टिम आरसीबीका भुवनेश्वर कुमारले जितेका छन्। उनले १६ खेलमा २८ विकेट लिए।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३, ०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा आ।व। २०८३, ०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदैछन् ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा लामिछाने आजदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनेछन् ।
रास्वपा स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
जेठ १९ गते भाजपा मुख्यालयमा हुने कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । लामिछाने जेठ २० गते स्वदेश फर्किने कार्यक्रम तालिका छ ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...