Page 9

रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।
निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।
सभापतिमा शाक्य २५१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। उपसभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित भए। उनले स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरे, खड्काले २११ मत प्राप्त गरेका थिए।
त्यस्तै सचिवमा सन्तमान महर्जनले २९७ मत प्राप्त गरी जित हासिल गरे। अर्का प्रत्याशी रमेश न्यौपानेले १३१ मत ल्याए। सहसचिवमा सौरभ बस्नेत ३२५ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी गणेश थापाले ९५ मत प्राप्त गरे।
सदस्य पदका लागि भएको प्रतिस्पर्धाबाट सम्शेर बहादुर श्रेष्ठ (१८२ मत), केदार प्रसाद रैला (१६६ मत) र बलराम कार्की (२३६ मत) निर्वाचित भएका छन्। सदस्यका अन्य उम्मेदवारहरूमा राजेन्द्र मुनि बज्राचार्य, प्रकाश चौलागाईं र रत्न काजी महर्जन रहेका थिए।

२७ जिल्लामा आज रास्वपाको अधिवेशन हुँदै

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आइतबार २७ जिल्लामा अधिवेशन हुँदैछ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने कार्यतालिका छ।
विशेष सांगठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेठ २६ गते हुनेछ । सोही दिन बागमती प्रदेशबाट प्रदेश अधिवेशन प्रारम्भ हुनेछ।
प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सात वटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। यससँगै रास्वपाको मुख्य संगठन रहेका अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ।
बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।

नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट

काठमाडौं । ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले कसिलो बलिङ गर्दै ओमानलाई ९४ रनमा अलआउट गरेको हो ।
सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल तयार पार्‍यो ।
ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन बनाए ।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पर्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा एक–एक विकेट रह्यो ।

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।
रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।
तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन ।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।
प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।

एसीसी महिला प्रिमियर कप ः समूह विजेताका लागि नेपाल र हङकङ खेल्दै

कामाण्डौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार हङकङसँग खेल्दैछ ।
खेल बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘डी’मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
शुक्रबारको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो । हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो ।
कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागि छन् । एसीसी प्रिमियर कपको शीर्ष चार टोली महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् ।

आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल बनेको ुकक्रोच जनता पार्टीु ले विरोध प्रदर्शनको घोषणा गरेको छ ।
पार्टीले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । कक्रोच पाटीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै आगामी शनिबार शान्तिपूर्ण विरोध प्रदर्शनका लागि आह्वान गरेको थियो ।
प्रदर्शनको जानकारी गराउन पार्टीले बुधबार आफ्नो पहिलो पत्रकार सम्मेलन पनि अयोजना गरेको थियो । ‘भारतको राजनीतिक बहसको शैली परिवर्तन गर्ने’ उद्देश्यसहित सामाजिक सञ्जालबाट सुरु भएको कक्रोच जनता पार्टीले बुधबार तीन जना प्रवक्ताको नाम पनि घोषणा गरेको थियो ।
साथै, पार्टीका संस्थापक अभिजित दिपके, लद्दाखका अभियन्ता सोनाम वाङ्चुक तथा पार्टीका अन्य सदस्यहरू पनि शनिबार दिल्लीमा भेला हुने र प्रदर्शनका लागि अनुमति माग्ने जनाएको छ । पार्टीले भारतभरका युवाहरूलाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
कक्रोच जनता पार्टीले स्नातक तहको राष्ट्रिय प्रवेश परीक्षा र केन्द्रीय माध्यमिक शिक्षा बोर्ड को परीक्षासम्बन्धी विवादको विरोधमामा प्रदर्शन गर्ने र भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्ने जनाएको छ । सामाजिक सञ्जालमा सुरु भएको यस अभियानलाई कलाकारदेखि सामाजिक अभियन्तासम्मले साथ दिन थालेका छन् ।
सामाजिक अभियन्ता तथा शिक्षक सोनाम वाङ्चुकले केही दिन अघि मात्रै कक्रोच पार्टीको अभियानमा सहभागी हुने निर्णय गरेका थिए । दक्षिण भारतीय कलाकार प्रकाश राजले पनि एक्समा पोष्ट गर्दै ‘ककरोच आन्दोलन’ प्रति ऐक्यबद्धता जनाएका छन् । उनले शनिबारको प्रदर्शनमा आउने प्रयास गरिरहेको पनि जानकारी गराएका छन् ।

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले पछिल्ला दिनमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकालेको थियो ।
पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको आएको भन्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अन्तिमपटकका लागि जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने बैठकले निर्णय गरेको छ ।
उक्त अवधिभित्र आ–आफ्नो सदस्यता अद्यावधिक कार्य अनिवार्य रूपमा सम्पन्न गर्न महामन्त्री पौडेलले आग्रह गरेका छन् ।

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदैछन् ।
खनाल शनिबार भारत जाने तय भएकोमा भ्रमणका तालिका एक दिनअघि सारेर आज (जेठ २२ गते शुक्रबार) देखि जेठ २४ गतेसम्म तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, उनीहरुबीचको भेटवार्तामा दुई पक्षीय व्यापार, लगानी, सम्पर्क, ऊर्जा र जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ ।

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।”
विश्व वातावरण दिवस (जुन ५) २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।” उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यका लागि खतरामात्र नरहेर वर्तमान समयमा नै यसको प्रभाव देख्न सकिने जनाए ।
राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “प्रकृति र वातावरण मानव जीवनको आधार हो, स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार हो, नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्, यस विशेष दिनले हामी सबैलाई वातावरण संरक्षणतर्फ सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”
संयुक्त राष्ट्रसङ्घले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा पूर्ण रूपमा संलग्न रहेको ट्रम्पको दाबी छ ।
‘न्युयोर्क पोस्ट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “उहाँ यस प्रक्रियाको हिस्सा हुनुहुन्छ । निश्चित रूपमा, मेरो विचारमा इरानका जनता उहाँको निकै सम्मान गर्छन् ।”
यद्यपि, इरानमा युद्ध सुरु भएयता मोजतबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनी टेलिभिजन प्रस्तोताहरूले पढेर सुनाउने लिखित सन्देशमार्फत मात्र देशलाई सम्बोधन गर्दै आएका छन् ।
अमेरिकी अधिकारीहरूले लामो समयदेखि युद्धको पहिलो दिन भएको भीषण बमबारीमा उनका पिता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि मोजतबा खामेनी पनि गम्भीर रूपमा घाइते भएको र हाल उपचाररत रहेको दाबी गर्दै आएका छन् ।
“मलाई ठ्याक्कै थाहा छैन, किनकि मैले अहिलेसम्म उहाँलाई भेट्ने अवसर पाएको छैन,” मोजतबा खामेनीको स्वास्थ्य अवस्थाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “तर, यदि सञ्चारमाध्यमहरूमा आएका समाचारहरूलाई विश्वास गर्ने हो भने उहाँको शरीरका धेरै अंगहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।”
भविष्यमा खामेनीसँग भेटवार्ता हुन सक्ने सम्भावनाबारे ट्रम्पले भने, “हो, म उहाँलाई भेट्न चाहन्छु । परिस्थिति कस्तो रहन्छ भन्नेमा निर्भर गर्छ । तर, कुनै न कुनै समयमा हामी अवश्य भेट्न सक्छौँ ।”

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...