Page 5

संविधान संशोधनबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्दै

काठमाण्डौं । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो औपचारिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दैछ ।
सभापति गगनकुमार थापाले संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयमा पार्टीको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन् ।
दिउँसो ३ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रम कांग्रेसले अवधारणापत्र सार्वजनिक गर्नेछ ।
कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन गरेको थियो । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।
संविधान संसोधनको लागि बहसपत्र तयार गर्न सरकारले पनि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलमा कांग्रेसले आफ्नो सदस्य पठाएको छैन। कार्यदलमा रहेका नेकपा, जसपा र लोसपाले कार्यदल बाहिरिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी– इरानको ‘हिट लिस्ट’मा छु, अहिलेसम्म भाग्यले साथ दिएको छ

काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव चरम बिन्दुमा पुगेको छ । दुई देशबीचको युद्धविराम र शान्ति सम्झौता पूर्ण रूपमा समाप्त भएको छ ।
हालै इरानी सेनाले मुख्यतया कतार र साउदी अरबका तेल ट्यांकर लगायत तीनवटा पानी जहाजलाई निसाना बनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले इरानमाथि ठूलो हवाई आक्रमण गरिरहेको छ । सुरक्षा चुनौती र तनावबारे बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ज्यान सधैं जोखिममा रहेको जनाएका छन् ।
नेटो शिखर सम्मेलनपछि एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानीहरूको ‘हिट लिस्ट’ (मार्नुपर्ने व्यक्तिको सूची) मा आफ्नो नाम शीर्ष स्थानमा रहेको दाबी गरेका हुन् ।
ट्रम्पले भने, ‘उनीहरूको हिट लिस्ट सूचीमा म सबैभन्दा माथि छु । अहिलेसम्म मेरो भाग्यले साथ दिएको छ, तर यो अवस्था धेरै लामो समयसम्म नटिक्न सक्छ ।’
ट्रम्पले अमेरिका र इरानबीचको युद्धविराम समझदारी पत्रबारे भने, ‘रातारात इरानमाथि गरिएको नयाँ अमेरिकी आक्रमणपछि उक्त समझदारी पत्र अब समाप्त भएको छ ।’

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् । यसअघि बुधबार प्रधानमन्त्री साहले उद्योगी–व्यवसायीसँग छलफल गरेका थिए ।

मध्यपूर्वमा फेरि तनाव, इरानमाथि अमेरिकाको शृङ्खलाबद्ध आक्रमण

काठमाडौं । मध्यपूर्वमा फेरि तनाव बढेको छ । बुधबार बिहान सबेरै अमेरिकाले इरानविरुद्ध शृङ्खलाबद्ध आक्रमण सुरु गरेको हो ।
होर्मुज भएर गइरहेको तीनवटा व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको दाबी गर्दै अमेरिकाले हवाई आक्रमण गरेको हो ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी भागमा धेरै विस्फोटहरू भएको छ । दक्षिणी सहर सिरिकमा सात वटा विस्फोटको आवाज सुनिएको छ । साथै, सिरिकको ताहरुई क्षेत्रमा छ वटा विस्फोटक गोलाहरू खसालेको छ ।
इरानको प्रेस टिभीले विस्फोटबाट भएको क्षति वा हताहतीबारे तत्काल कुनै जानकारी प्राप्त नभएको जनाएको छ । दक्षिणी इरानको केश्म टापु र बन्दर अब्बास क्षेत्रमा पनि विस्फोटको आवाज सुनिएको छ ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत आफ्ना सेनाले इरानमाथि आक्रमण गरेको पुष्टि गरेको छ । उसका अनुसार, होर्मुज हुँदै गइरहेका तीनवटा पानीजहाजमाथि इरानले गरेको आक्रमणको जवाफमा उक्त कारबाही गरिएको हो । साथै, अमेरिकाले इरानको आक्रमणलाई युद्धविरामको उल्लंघन भनेको छ ।
यस्तै, उक्त आक्रमणपछि इरानको विदेश मन्त्रालयले अमेरिकाले युद्धविराम उल्लंघन गरेको जनाएको छ । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मन्त्रालयले इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि आवश्यक जुनसुकै कदम चाल्ने चेतावनी दिएको छ ।

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको छ ।
स्पेनले खेलको इन्जुरी समयमा गोल गरेको हो । खेलको एकमात्र निर्णायक गोल मिकेल मेरिनोले इन्जुरी समय (९) प्लस १ औं मिनेटमा गरेका थिए ।
जितसँगै स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो । साथै, स्पेनले विश्वकपको इतिहासमा लगातार ६ खेलसम्म पूरै खेलभरि विपक्षी टोलीलाई कुनै पनि गोल गर्न नदिने अवस्था कायम राख्ने पहिलो टोली बन्दै कीर्तिमान कायम गरेको छ ।
अब क्वार्टरफाइनलमा स्पेनले अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यता हारसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको सन् २०२६ को विश्वकप यात्रा टुंगिएको छ । खेलअघि नै रोनाल्डोले यो आफ्नो खेल जीवनको अन्तिम फिफा विश्वकप हुने जनाएका थिए ।
रोनाल्डोले विश्वकपका २७ खेलमा ११ गोल ​​गरे भने लगातार छ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो पुरुष फुटबलरको कीर्तिमान पनि कायम गरे ।

अमेरिका विश्वकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकालाई ४.१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरे ।
उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २.१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३.१ मा पुर्‍याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४.१ ले विजयी भयो ।
विश्वकपमा अमेरिकाको पराजयसँगै तीनवटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानडा र मेक्सिको बाहिरिएका हुन् ।
क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ । स्पेनल पोर्चुगललाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

अदालतको आदेशपछि छुटेलगत्तै अभिषेक गिरी पुनः पक्राउ

मोरङ । अपराधिक लाभ मुद्धामा थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गर्दै काठमाडौं लगेको छ । गिरीलाई सोमबार राति विराटनगर विमानस्थलबाट काठमाडौं लगिएको हो ।
जिल्ला कारागार मोरङका कैदीबन्दीको आर्थिक हिनामिना गरेको आरोपमा पक्राउ परेका गिरीलाई सोमबार जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको उजुरीको आधारमा गिरीलाई पुनः पक्राउ गरी अनुसन्धानको लागि काठमाडौं पठाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।
गिरी असार १३ गते शनिबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।
गिरीसँगै पक्राउ परेका तीन जना सञ्जय मण्डल, विजय कामत र विनोदकुमार सिंहलाई थप सात दिन थुनामा राख्न आदेश भएको छ ।

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (सोमबार) बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री बालेन साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसैगरी, यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ ( नं. ८१) माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

ब्राजिलियन खेलाडी नेइमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डौं । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको जनाएका हुन् ।
अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै भावुक बनेका नेइमार मैदानमै आँसु झार्दै ढलेका थिए । टोलीका खेलाडी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए ।
त्यसपछि ब्राजिली टेलिभिजन ग्लोबोसँग कुरा गर्दै उनले भने, ‘मैले सक्दो प्रयास गरें । अब मेरो यात्रा समाप्त भयो । यहीँबाट मैले ब्राजिलका लागि यात्रा सुरु गरेको थिएँ र आज यहीँ आएर त्यसको अन्त्य भयो ।’
नेइमारले सन् २०१० मा अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीका लागि १३० खेल खेल्दै ८० गोल गरेका छन् । यससँगै उनी महान् खेलाडी पेलेलाई पछि पार्दै ब्राजिलका सर्वाधिक गोलकर्ता बने । सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने ब्राजिली खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् ।
नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोलसँगै नेइमार विश्वकपका चार फरक संस्करणमा गोल गर्ने पेलेपछि दोस्रो ब्राजिली पुरुष खेलाडीसमेत बने । तर उनको त्यो गोल ब्राजिललाई पराजयबाट जोगाउन भने पर्याप्त हुन सकेन । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेइमारको योगदानको प्रशंसा गर्दै अब टोलीलाई नयाँ पुस्तासहित अगाडि बढाइने जनाएका छन् ।
विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने नेइमारले आफ्नो करियरमा ब्राजिललाई ओलम्पिक स्वर्ण पदक, फिफा कन्फेडेरेसन कपको उपाधिलगायत अनेक महत्वपूर्ण सफलता दिलाएका थिए ।
यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रह्यो । नेइमारको सन्यास घोषणासँगै ब्राजिलियन फुटबलको एक गौरवपूर्ण युगको औपचारिक अन्त्य भएको छ ।
उनको गति, कौशल, सिर्जनात्मक खेलशैली र गोल गर्ने अद्भुत क्षमताले विश्व फुटबलमा छुट्टै पहिचान बनाएको थियो । राष्ट्रिय टोलीबाट उनले बिदाइ लिए पनि ब्राजिलियन फुटबलमा उनको योगदान र विरासत सधैं स्मरणीय रहनेछ ।

खामेनीको शव यात्रामा ३ छोरा सहभागी ः मोज्तबा अझै पुगेनन्, सर्वसाधारणले लगाए ‘किल ट्रम्प’को नारा

काठमाडौं । इरानका दिवङ्गत पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका तीन छोराहरू मसुद, मेसम र मुस्तफा आइतबार उनको शव यात्रामा सहभागी भएका छन् ।
तर खामेनीका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी भने अझै उक्त समारोहमा उपस्थित भएका छैनन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इजरायलबाट आफ्नो ज्यानमा खतरा रहेको कारण मोज्तबा अन्त्येष्टिमा सार्वजनिक रूपमा सहभागी भएनन् ।
इरान इन्टरनेशनलको एक रिपोर्ट अनुसार, अन्त्येष्टि यात्राका क्रममा सर्वसाधारणहरूले ‘किल ट्रम्प’ र ‘किल बिबी’ (इजरायली प्रधानमन्त्री) लाई मारजस्ता नारा लगाएका थिए । उनीहरूले नेता खामेनीको हत्याको बदला लिनुपर्ने माग गरेका हुन् ।
खामेनीको अन्त्येष्टि यात्रा आज (सोमबार) तेहरानका सडकहरूमा आयोजना हुनेछ । यसमा लाखौं मानिसहरुको सहभागिता हुने इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खामेनीको शव बाकसलाई सहरका मुख्य सडकहरू हुँदै लगिनेछ । शव यात्रामा धार्मिक नेताहरू, सरकारी अधिकारीहरू र उच्च सैन्य कमान्डरहरूको उपस्थिति रहनेछ ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...