काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ शुरु गर्ने भएको छ ।
सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन तथा समग्र वित्तीय सेवाप्रतिको ग्राहकको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट कुल १० हजार ४०५ वटा नमुना संकलन गर्ने योजना बनाएको छ ।
राष्ट्र बैंकका अनुसार उक्त सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामक व्यवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा छ ।
राष्ट्र बैंकले वित्तीय सेवाप्रतिको ग्राहकको धारणा र अनुभव संकलन गर्ने
सिटिजन्स बैंकद्वारा बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बिश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ । शिविरमा करिब ८०० जना सेवाग्राहीले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् भने परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।
असार १२ गते देखि १६ गतेसम्म सञ्चालन भएको उक्त शिविर बरैनीया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवा लगायतका स्थानहरूमा आयोजना गरेकोे थियो । शिविरमा सहभागी हुने सर्वसाधारणले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गर्नुका साथै आवश्यकता अनुसार मोतिबिन्दुको शल्यक्रिया लिएका छन् । स्थानीय बासिन्दाहरूलाई समयमै आँखा परीक्षण गराई दृष्टि सम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहभागी गराई सर्वसाधारणलाई लाभ पु¥याउने उद्देश्यले यो शिविर सञ्चालन गरिएको हो ।
यस कार्यक्रम मार्फत बैंकले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी।आर।एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
गरिमा विकास बैंकले पायो सिल्भर अवार्ड
काठमाडौं । गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंकले सिल्भर अवार्ड प्राप्त गरेको हो ।
विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरुले प्रकाशित गरेको आ।व २०८१, ८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
मिति २०८३ असार १६ गते मंगलबार काठमाडौंमा आयोजित एक
कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६”बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६”बाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ ।
उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो ।
काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन् ।
यस सम्मानले माछापुच्छ्रे बैंकले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाईमा पुर्याउन मद्धत गर्ने विश्वास बैंकले लिएको छ ।
माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिब सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पु¥याउँदै आएको छ ।
विश्वकप फुटबल ः फ्रान्स र नर्वे अन्तिम १६ मा
काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।
बुधबार बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
यस्तै नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे ।
खेल सकिन चार मिनेट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन् । विश्वकपमा कुल १८ गोलसहित उनी मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन् ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यसैगरी, बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छन् ।
यस्तै, सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको सपथ आज
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बुधबार हुँदैछ।
बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
गत शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा हुने रास्वपाले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो। तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो। महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन्।
रास्वपाले ९९ जनाको सूचीमा दुई जनाको नाम सच्याएको छ। २ जनाको नाम हटाएर नयाँ दुई जनालाई समेटेपछि विवाद भएको छ।
शपथपछि नै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्नेछ। बैठकपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया सुरू हुनेछ।
सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ। रास्वपा विधान अनुसार १५८ केन्द्रीय सदस्यमध्ये ९९ जना निर्वाचित र बाँकी सभापतिबाट मनोनीत हुने छन्। १९ पदाधिकारीमध्ये सभापति सहित ७ निर्वाचित हुने छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्छन्।













