Page 12

एनएमबि बैंक, लुम्बिनी विकास र साना किसानले डाके साधारण सभा

काठमाडौं। एनएमबि बैंक, लुम्बिनी विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेका छन्।
लुम्बिनी विकास बैंकले पुस २६ गते सभा डाकेको छ। सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्ने छ। त्यसपछि पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ नाघ्ने छ। सभाले मर्जर तथा प्राप्तिको एजेण्डालाई त्यागेको छ।
साना किसानले १५ प्रतिशत लाभांश पारित गर्दैछ। संस्थाले पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ। यसमध्ये १४.२५ प्रतिशत बोनस सेयर हो।
सभाले संस्थापक सेयरधनीबाट चार जना र साधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गर्ने छ।
यसैगरी एनएमबि बैंकले पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ। यसपालि सञ्चालक चयन र नियमित एजेण्डा छन्। लाभांश एजेण्डा छैन।
सभाले २ जना संस्थापक सेयरधनीबाट सञ्चालक चयन गर्ने छ। तीन जना साधारण सेयरधनीबाट सञ्चालक चयन गर्ने छ।

संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै सडक प्रदर्शन

काठमाण्डो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
क्रिसमस फेस्टिभलमा बोल्दै मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरिएको छ । जथाभावी बोल्दा मन्त्री किराती विवादित बनेका छन् ।
प्रदर्शनकारी संघसंगठनले मन्त्री किरातीको राजीनामा मागेका छन् । विरोध प्रदर्शनमा ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरिएको छ ।
मन्त्री किरातीले सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको जनाए ।
‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर विरोध गरेका हौं,’ उनले भने । मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र बर्खास्त गर्नुपर्ने उनले जानकारी दिए ।
अध्यक्ष पुरुषले पशुपति क्षेत्र विकास कोषमा भएका पछिल्ला नियुक्तिमाथि पनि प्रश्न उठाए । धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने उनले जनाए ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा बुधबार माओवादी केन्द्रकी नेता लक्ष्मी पुनलाई नियुक्त गरिएको छ । उनले भने, ‘धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरूमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्छ ।’
सामाजिक सञ्जालमा समेत मन्त्री किरातीको आलोचना भइरहेको छ ।

नवनियुक्त ६ न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशले शपथ दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका थिए ।

नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच संझौता

काठमाडौं । नविल बैंक र उपाय बिजनेस सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ ।
यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुसन्सको सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने जनाएको छ ।
नविल बैंकका एसएमई,एमएम र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दै नबिलका एसएमई प्रमुख श्रेष्ठले भने, ‘नविल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोछ। हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ।’
उपाय बिजनेश सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन्, ‘नविल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ ।’

 

शेयर बजारमा ३२ अंकको गिरावट, कारोबार रकममा भने उस्तै उत्साह

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७ कारोबार दिनपछि घटेको छ । लगातार ७ दिनमा १९३.३ अंकले बढेको बजार बिहीबार ३२ अंकले घटेको हो ।
आज उत्पादनमूलक र व्यापारबाहेकका सबै समूह राताम्ये भएपछि समग्र बजार परिसूचक ३२.७७ अंकले घटेर २१०९.१ अंकमा झरेको छ ।
बजार घट्दा पनि बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै अन्य ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज ५० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १९१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चारवटाको मूल्यमा कुनै परिवर्तन भएन ।
बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।
कारोबार रकम बुधबारको तुलनामा केही कम हो । बुधबार ७ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

माओवादी पदाधिकारी बैठक बालुवाटारमा बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । हिजोका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।
पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ ।
पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक विषयमा धारणा राखेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीका उपमहासचिव हरिबोल गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएकोबारे बैठकलाई जानकारी गराएका थिए ।
बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए ।
अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठविसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा रमेश सार्की, खड्गबहादुर पुन, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ सार्की, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् ।
घाइतेहरुको नगरअस्पताल आठविसकोटा उपचार भइरहेको जनाईएको छ ।
गएराति सवा १० बजे आठविसकोट नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।ट्याक्टर भूकम्पपीडिका लागि जस्तापाता लिएर जाँदै गर्दा सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

४० वर्षीय पुरुषसँग १६ वर्षीया किशोरीको विवाह

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माकाअनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो ।
‘बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने । छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
गत मङ्सिर २९ गते बालिकालाई उनकी सानिआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले जनाए ।
पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उनले जनाए । उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ ।
काठमाण्डौंमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पे लाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो ।
यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।
आइएमई पे ले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ । आगामी दिनमा पनि भिजासंगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...