Page 3

सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भेटबार्ता

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटबार्ता भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले संघीयता कार्यनयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्रीहरू शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा बैठक बसी नौ बुँदे साझापत्र तयार गरी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आएका हुन् ।
भेटवार्तामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीका राजकुमार शर्मा, लुम्बिनीका डिल्लीबहादुर चौधरी, गण्डकीका सुरेन्द्रराज पाण्डे, बागमतीका शालिकराम जम्कट्टेल, मधेशका सरोजकुमार यादव र कोशी प्रदेशका केदार कार्कीको सहभागीता रहेको थियो ।
यसअघि शुक्रबार हेटौंडामा बसेको मुख्यमन्त्रीहरुको बैठकले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमतिसहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ ।

सिप बिल्डिङुवालालाई ईपीएस परीक्षाका लागि आवेदन आह्वान

काठमाडौँ । ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने ईपीएस कोरिया शाखाले शुक्रबार अबेर सूचनामार्फत जानकारी दिईएको छ ।
सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका ३१ हजार भन्दा बढिले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था थियो। चर्को दबाब तथा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि उनीहरूका लागि आवेदन खुला गरेको हो।
अदालतले निवेदकसहित इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेको थियो। यसअघि सुरज पाठकसहित १८ जनाको हकमा फाराम भर्न दिन भन्दै आदेश जारी गरेको थियो। त्यसपछि उनीहरूले आज आवेदन फाराम भर्न निवेदन दिएका थिए। ती बाहेककाले आन्दोलन गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो।

चलचित्र नाई नभन्नु ल ६ु डिशहोममा प्रदर्शन

काठमाण्डौ । चलचित्र ‘नाई नभन्नु ल ६’ डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शन शुरू भएको छ ।
आँचल शर्मा, आशीर्वाद बी क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदि कलाकारहरूको अभिनय रहेको चलचित्र यही पुस १३ गतेदेखि प्रदर्शन भइरहेको डिशहोमले जानकारी दिएको छ ।​
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोवाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।
यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ ।
३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरूले पाउन सक्नेछन् ।

बालकुमारी घटनामा ७३ जना पक्राउ

काठमाडौँ। ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।” उनले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने जानकारी दिए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।
कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाएर सन्दीपले शारीरिक सम्बन्ध राखेको दलिल गरिएको छ ।
अदालतले गौशाला २६ लाई बालिग भने ठहर गरेको छ । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।
अब अदालतले कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले जेल सजाय भोग्नुपर्ने अवधि तय हुनेछ।
सजाय तोक्नका लागि पुस २५ गतेका लागि पेसी तोकिएको छ ।

बालकुमारी घटनापछि कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी र प्रदर्शनकारीको मृत्यु भएको घटना गम्भीर भएको जानकारी दिएको छ ।
पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएका मागका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’​​
कांग्रेसले हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ ।

 

गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सुष्मलता माथेमाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । यस्तै, अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउन आदेशसमेत गरेको छ ।
गभर्नर अधिकारीको शैक्षिक योग्यता नरहेकाले उनको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

नाडाको अध्यक्षमा करणसहित सबै निर्विरोध चयन

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्षमा चौधरी ग्रुपका करण चौधरी चयन भएका छन्। आज भएको मनोनयनमा अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध चयन भएका हुन्।
कार्यसमिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका छन्।
त्यसैगरी संस्थागत सदस्यमा सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेजनारायण साह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबाइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुष्करराज ओझा (सुदूरपश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्य निर्वाचित भएको नाडाले जानकारी दिएको छ।
यो सहमति ऐतिहासिक र अटो क्षेत्रको हितमा भएको नाडा अध्यक्ष ध्रुव थापाले बताए। यी कार्यसमिति सदस्यबाट अब पदाधिकारी चयन हुनेछ। नाडाको ४७औं वार्षिक साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदैछ।

बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गर्‍यो समिति

काठमाडौं । बालकुमारीमा प्रदर्शनमा क्रममा दुईजनाको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार प्रहरी नायब महानिरीक्षक लाममणि आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।
उनीहरूलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

माछापुच्छ्रे बैंकलाई ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई अवार्ड

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा दुई वटा अवार्ड पाएको छ। बैंकले पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३ मा दुई वटा अवार्ड हात पारेको हो।
एक्सिलेन्स इन क्रेडिट कार्ड्स र एक्सिलेन्स इन पीओएस एक्‍वायरिङ अवार्डबाट बैंक सम्मानित भएको हो।
भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई यी दुई अवार्डहरु प्रदान गरिएको हो। माछापुच्छ्रे बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवर्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरिएको जनाईएको छ।
बैंकले नगदरहित बैकिङ कारोबारलाई बढावा दिँदै पहिलो स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको जानकारी दिएको छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...