Page 9

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही १७ गते मंगलबारदेखि बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
यस अन्तर्गत, बैंकले पुस ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो ।
यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरुमा पुस महिनामा शिविरहरु संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभुत विद्यालयमा २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

माछापुच्छ्रे बैंकको व्यवसायिक सिपमुलक तालिम आयोजना

काठमाडौं । माछापुच्छे बैंकले सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्धेश्यले बैंकले इन्जिनियर्स वीथआउट बोर्डर्स नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो । एक सातासम्म स्कुल प्राङ्गणमा सञ्चालित कार्यक्रम आज समापनको गरेको थियो ।
उक्त कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री एवम् बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले विद्यालयस्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने जानकारी दिए ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने जनाए ।
उक्त सीपमुलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊन बाट बनेका विभिन्न सजावटका सामानहरु बनाउने व्यवसायिक तालिम विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

मनहरीमा जंगली हात्तीको आक्रमणबाट महिला घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनीमा जंगली हात्तीको आक्रमणमा परी एक जना महिला घाइते भएकी छन् ।
गएराति घर नजिकैको जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ५१ वर्षीया कान्छिमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ढाडमा चोट लागेर बेहोस भएकी तामाङलाई प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।
घटनापछि स्थानिय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोष्ट कत्ले खोलाको टोली र ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले हात्तीलाई जंगलतर्फ लखेटेका थिए । हात्तीले थप क्षति पुर्‍याएरनपुर्‍याएको बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हिमालयन बैंकले ६४ करोड ७५ लाख रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउँदै

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ (एफपिओ) ल्याउने भएको छ । चुक्ता पुँजीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपिओ ल्याउन लागेको हो ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३२ रुपैयाँ छ । उक्त पुँजीको २.९९ प्रतिशत अर्थात् ६४ करोड ७५ लाख ३२ हजार ८ सय ७ रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।
चुक्ता पुँजीको ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको हुनुपर्ने कानूनी व्यवस्था भए पनि हिमालयन बैंकमा भने त्यो लागू नभएको भन्दै आलोचना हुँदै आएको थियो ।
‘हिमालयन बैंकका संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप एफपिओ निष्कासन गर्न लागेका हौं,’ राणाले भने ।
बैंकले एफपिओ निष्काशनको प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ । बैंकले यही पुस २९ गते बोलाएको साधारणसभाको प्रस्तावमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ९ मा व्यवस्था भए बमोजिम बैंकको कुल पुुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप सार्वजनिक निष्काशन गर्ने । थप सार्वजनिक निष्काशन हुने साधारण सेयरको संख्या निर्धारण गर्न र सो को अंकित मूल्यमा प्रिमियमसमेत थप गरि जारी हुने सेयरको प्रिमियमसहितको मूल्य निर्धारण गर्न, थप सार्वजनिक निष्काशन गरिसकेपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्ता पुँजी कायम गर्न र थप सार्वजनिक निष्काशन भएपश्चात् बैंकको साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थापक सेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने,’ साधारणसभा बोलाइएको सूचनामा भनिएको छ ।
साधारणसभाले पारित गरेपछि धितोपत्र बोर्डमा प्रिमियमा एफपिओ निकाल्न आवेदन दिने सीइओ राणाले जनाए ।
यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । यो पटक बैंकले लाभांश भने नदिने भएको छ ।

बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित

काठमाडौं । बैंकर्स संघको ३७औँ बार्षिक साधारणसभाले ५ जना कार्यसमिति सदस्य चयन गरेको छ। शनिबार चितवनमा भएको संघको साधारणसभाले सदस्य चयन गरेको हो ।
संघमा नयाँ सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ रहेका छन् ।
संघको सदस्य लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाह र एनआइसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको कार्यकाल सकिएको छ ।
संघमा नेपाल एसबिआई बैंकका सीईओ दीपककुमार डे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको कार्यकाल भने बाँकी नै रहेको छ ।

‘बाइ नाउ, पे लेटर’लगायतका सेवालाई नेपाल क्लियरिङ हाउसले प्राथमिकता दिने

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अध्यक्ष रामु पौडेलले भुक्तानी पूर्वाधारको निर्माणसँगै यसको प्रयोगलाई व्यापक बनाउँदै लगिने जानकारी दिएका छन्।
एनसीएचएलको १५औं वार्षिकोत्समा बोल्दै पौडेलले अहिलेका भुक्तानी पूर्वाधारलाई थप परिष्कृत गर्दै लगिने जनाए। पछिल्लो दिनमा ई कमर्सलगायत ‘बाइ नाउ पे लेटर’ जस्ताका सेवालाई एनसीएचएलले प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले १५ वर्षको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे।

हिमालयन बैंकको साधारण सभा पुस २९ गते

काठमाडौं । हिमालयन बैंकले पुस २९ गते ३१औं वार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव विपिन हाडाले जानकारी दिएका छन् ।
साधारण सभामा आव २०७९, ८० को नाफाबाट लाभांश प्रस्ताव गरिएको छैन ।
बैंकको हाल कायम चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६ सय ३१.९० छ ।

सेयर बजारमा २१.०३ अंकको गिरावट, कारोवार रकममा भने सुधार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुमा केही सुधार देखिएको भएपनि अन्तिम समयमा बजार राताम्मे भएको छ ।
बजारमा भारी गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा रोकिएको छ ।
३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १९, विकास बैंक ५६.२६, वित्त ३०, उत्पादन तथा प्रशोधन १६९.३८, माइक्रोफाइनान्स ५२.३८, ट्रेडिङ समूहको उपसूचक ९५.९३ अंकले घटेको छ ।
यस्तै जलविद्युत २.१०, जीवन बीमा ६०.१७, निर्जीबन बीमा ६३.११ र अन्य समूहको उपसूचक १५.३२ अंकले बढेको छ । बजार राताम्मे हुँदा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आज आइतबार बस्दैछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बस्नेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयमाथि सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

आज १ बजे विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिन लागेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...