मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनीमा जंगली हात्तीको आक्रमणमा परी एक जना महिला घाइते भएकी छन् ।
गएराति घर नजिकैको जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ५१ वर्षीया कान्छिमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ढाडमा चोट लागेर बेहोस भएकी तामाङलाई प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।
घटनापछि स्थानिय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोष्ट कत्ले खोलाको टोली र ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले हात्तीलाई जंगलतर्फ लखेटेका थिए । हात्तीले थप क्षति पुर्याएरनपुर्याएको बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।