Page 27

प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि आउने भएपछि पालिकाले सार्वजनिक बिदा दिएको हो ।
बिहीबार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्थालगायत गाउँपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिईएको छ ।

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ९२७ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंक आज मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङ, नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरुले रगत दान गरेका छन् । निःशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एव्म परामर्श पनि प्रदान गरिएको छ ।

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको प्रधानमन्त्रीको ठहर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको जनाएका छन्।
मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा जनाएका हुन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।’
प्रधानमन्त्री प्रचण्डले शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको जनाए। उनले भने, ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ। यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ। यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं।’
‘पछिल्लोसमय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको तपाई–हामी सबैले देखेकै र अनुभूत गरेकै कुरा छ,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रचण्डले रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चिन्ताको विषय भएको जनाए। ‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ। यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो,’ प्रधानमन्त्रीले भने।

बालकुमारी घटना स्वाभाविक नभएको माओवादी केन्द्रको ठहर

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले बालकुमारी घटना स्वाभाविक नभएको जनाएको छ ।
मङ्गलवार केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय देखिएको जनाएका हुन् ।
‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ’ उनले भने ।
यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

 

सेयर बजारमा ३०.०५ अंकको गिरावट, २०५ कम्पनीको सेयर मूल्य घट्यो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार मापन गर्ने सूचक ३०.०५ अंकले घटेर परिसूचक २०३०.०५ बिन्दुमा पुगको छ ।
३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कम्पनीको ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९९२ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक १३.७६, विकास बैंक ५३.५५, वित्त २३.८४, होटल १८१.३४, जलविद्युत ३१.२३, जीवन बीमा ३३४.६१, उत्पादन तथा प्रशोधन ७.।३२, माइक्रोफाइनान्स ४७.६९, निर्जीबन बीमा ३१३.५६, अन्य १०.४३ र ट्रेडिङ समूहको ३१.२२ अंक घटेको छ ।
कारोबारमा ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०५ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा चिर्खवा हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबारमा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सिटिजन्स लाईफ इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत कम्पनी, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

नबिल बैंकले ४३.८३ प्रतिशतले ले घटायो सीईओको तलब भत्ता

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो । गत आवको सोही अवधिमा बैंकले सीईओलाई दिने तलब भत्ता ४३.८३ प्रतिशतले घटाएर १ करोड ५९ लाख २० हजार ६३३ रुपैयाँ दिएको जनाएको छ ।
बैंकले सीईओलाई गत आवमा अल्पकालीन कर्मचारी लाभबापत १ करोड ५१ लाख २८ हजार ६३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
जसमा तलब बापत मात्रै गत आवमा सीईओलाई ७९ लाख २० हजार, अन्य लाभ र सुविधाबापत ७२ लाख ८ हजार ६३३ रुपैयाँ र निवृत्त लाभबापत ७ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ ।
हाल बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । उनी बैंकमा २०७९ असार १७ गतेदेखि सीईओ रहेका छन् । उनले तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।
यस्तै बैंकले सञ्चालकका लागि गरेको खर्च भने बढेको छ । बैंकले सञ्चालकका लागि गर्ने गत अघिल्लो आवको तुलनामा गत आवमा १४.५६ प्रतिशतले बढेको छ ।
अघिल्लो आवमा बैंकले सञ्चालकको भत्ता बापत ९८ लाख ५५ हजार ६२२ रुपैयाँ खर्च गरेको थियो । गत आवमा १ करोड १२ लाख ९० हजार ७०५ रुपैयाँ खर्च गरेको छ ।
सञ्चालक समितिका सदस्यले कार्यकारी सरहको सुविधा नलिएको बैंकले जानकारी दिएको छ । बैंकले सञ्चालकहरुलाई भुक्तानी गरिएको भत्तामा पत्रपत्रिका तथा सञ्चार खर्च बापत भुक्तानी गरिएको रकम समेत समावेश गरेको जनाएको छ ।
अन्य खर्चमा नेपालमा बसोबास नगर्ने सञ्चालकहरु बैठकमा सहभागी हुन नेपालमा आउँदा लागेको भ्रमण खर्च, बसोबास खर्च तथा दैनिक भ्रमण भत्ताको सोधभर्ना गरेको जनाएको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९, ८० को मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको छ ।
इन्स्योरेन्सले कुल चूक्तापुँजीको ५ प्रतिशतका दरले आउने रकम बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको ९७ औँ बैठकले ३ अर्ब ७५ करोड रुपैयाँको पाँच प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।
कम्पनीले यस पटक लगानीकर्ता कर प्रयोजनका लागि मात्रै नगदलाभांश छुट्याएको छ । करप्रयोजनार्थका ०.२६३२ प्रतिशत का दरले हुन आउने ९८ लाख ६८ हजार ४ सय २१ रुपैयाँ नगद लाभांश दिनेछ । कम्पनीले बोनस र नगद लभांश दुवै नेपाल बीमाप प्राधिरणबाट स्वीकृत भएपछि अगामी साधारणसभाबाट पारित गरेपछि मात्रै वितरण गर्ने छ।

चिसो बढेसँगै कञ्चनजंघा क्षेत्रमा पर्यटक घटे

फुङ्लिङ । चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले जानकारी दिए ।
विगतमा यस समयमा हिमपात हुन्थ्यो तर अहिले यस क्षेत्रमा हिमपात नभएको शेर्पाको भनाइ छ । पर्यटक नआएपछि यहाँका होटेल–लज पनि बन्द भएका छन् । होटेल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन् ने केही काठमाडौं पुगेका छन् ।
चियो याम सुरु हुनुअघिसम्म कञ्चनजंघा क्षेत्रमा पर्यटकको उल्लेखनीय आगमन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले जनाए । गत असोजदेखि पुससम्ममा विभिन्न देशका ७६० पर्यटक कञ्चनजंघा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको थियो । शेर्पाले भने, कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजंघा क्षेत्रमा धेरै आएका छन् ।

मोहन वैद्य त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।
पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहका अनुसार दमसम्बन्धी समस्या बढेपछि वैद्यलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
तीन दिनअघि नै वैद्यलाई अस्पताल भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाईएको छ ।

 

बालकुमारी घटनाका मृतक शाह र राउतलाई सहिद घोषणा गरिने

काठमाडौं । बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सहिद घोषणा गरिने भएको छ ।
मृतकका परिवार र सरकारबीच उनीहरूलाई सहित घोषणा गर्ने सहमति भएको हो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...