Page 15

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।
गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ ।

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए ।
बैंकको तर्फबाट केन्द्रीय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता ब्यक्त गरे ।
उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत अनुरोध गरेका छन् ।
विगत १५ वर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ्ग अनुभव रहेको छ ।

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
उक्त कम्पनीले शेयरधनीहरुलाई ५.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७८१.९९ कायम गरिएको नेप्सेले जानकारी दिस्एको छ । यसअघि रु. ८२५ थियो ।
समायोजन गरिएको मूल्यबाट भोलि बिहीबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुनेछ ।

शेयर बजारमा ४.९२ अंकको सुधार, ‘हिमालयन रि’कै उच्च कारोबार

काठमाडौं । शेयर बजार बिस्तारै बिस्तारै माथि चढिरहेको छ । आज लगातार तेस्रो दिन बजार उचालिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.९२ अंकले बढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९०.६४ अंकमा उक्लिएको छ ।
आज ३१३ कम्पनीका ७७ लाख ३२ हजार २ सय ३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७.४७ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार उचालिएको दिन विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि हाइड्रो, इस्टर्न हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशत र एशियन हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो ।
त्यस्तै आज एनसीसी डिबेञ्चर २०८६ का लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ८२ लाख ६८ हजार ३८.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५.३१ अंकले बजार घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ, सोमबार १४.५७ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ र हिजो मंगलबार ७.६३ अंकले बजार बढ्दा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

अध्यक्ष ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ ।
अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको उनको सचिवलायले जानकारी दिएको छ ।

नेपाल लाइफको नाफा १३ प्रतिशतले बढ्यो

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०, ८१को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपियाँ खुद नाफा गरेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा खुद बीमाशुल्क आर्जन १८ अर्ब ४० करोड रुपियाँ थियो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ । चालू आवको पुस मसान्तसम्ममा यस्तो भुक्तानी १०.८८ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपियाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपियाँ दाबी भुक्तानी गरेको थियो ।
दोस्रो त्रैमाससम्मा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपियाँ पुगेको छ । गत आवमा भने कम्पनीले २६ अर्ब ६८ करोड ९१ लाख रुपियाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड ८८ लाख रुपियाँ कुल खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपियाँ, शेयर प्रिमियम ४ करोड ३८ लाख रुपियाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपियाँ, र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपियाँ पुगेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०.४२ रुपियाँ, प्रतिशेयर नेटवर्थ १२८.०१ रुपियाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्ने ओलीको धारणा

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन ।
झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को मंगलबार एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने जानकारी दिए ।
“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उनले भने । मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि उनले आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गरे ।
अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको जनाए । नेपालमा जलविद्युत् मात्र ऊर्जाको स्रोत भनेर बुझ्न नहुने भन्दै उनले सौर्य र हाइड्रोजन ऊर्जाको सम्भावना खोज्नुपर्ने जानकारी दिए ।
कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिए । परियोजनास्थललाई पुष्प बगैँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उनले जनाए ।
झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो । पूर्वसभामुख स्व सुभाषचन्द्र नेम्वाङले दुई वर्षअघि परियोजनाको शिलान्यास गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सवस्टेसनमा उक्त सौर्य ऊर्जा जोडिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित झापा इनर्जी प्रालिबाट उत्पादित दश मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रशारण लाइनमा गत पुस ११ गतेदेखि जोडिएको छ । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजनाको सौर्य प्यानल राखिएको छ ।
झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य साँवाको नेतृत्वमा रु ८७ करोडको लगानीमा चार वर्षअघि परियोजना निर्माण सुरु भएको हो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत पब्लिक शेयर रहेको छ ।
झापा इनर्जी प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।

 

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
आजै बस्ने प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।
पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए। बुढाथोकीको सोमबार राति विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।

जीवनस्तर सुधार्दै मानव अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।
सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको जनाए ।
सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको स्मरण गरे ।
अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धिसम्झौताअन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको जनाउँदै प्रधानमन्त्रीले प्रचण्डले भने, “मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाई मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि विश्वव्यापी रूपमा नै नेपालले ऐक्यबद्धता व्यक्त गर्दै आएको छ ।”
सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गरी तीनै तह र मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, नागरिक समाजको समन्वयमा यससम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनलाई जोड दिइएको प्रधानमन्त्री प्रचण्डले जनाए ।
प्रधानमन्त्री प्रचण्डले यस वर्ष सम्मानित मानव अधिकारको संरक्षण, सम्मान र सम्बद्र्धनको क्षेत्रमा अझ प्रोत्साहित भएर कार्य गर्न हौसला प्रदान गर्नेसमेत विश्वास व्यक्त गरे ।

 

रेमिटेन्स २५.३ प्रतिशतले बढयो,६ महिनामै भित्रियो ७ खर्ब ३३ अर्ब

काठमाण्डो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको छ।
चालु आर्थिक वर्ष २०८०, ८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको हो । गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आवमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ
यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च दरमा कमी आएको छ। छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।
गत वर्षको छ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन्।

लेटेष्ट समाचार

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘द एचआरएम अवार्डफर कर्पोरेट एक्सिलेन्स २०१५’ अवार्डबाट सम्मान...

सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश शेयरधनीलाई वितरण गरिएको छ। सो सभाले गत आर्थिक...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पुर्वाधार निर्माण, सुधार, दिगो विकास लक्ष्य, मानव सेवा...