नेपाल लाइफको नाफा १३ प्रतिशतले बढ्यो

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०, ८१को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपियाँ खुद नाफा गरेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा खुद बीमाशुल्क आर्जन १८ अर्ब ४० करोड रुपियाँ थियो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ । चालू आवको पुस मसान्तसम्ममा यस्तो भुक्तानी १०.८८ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपियाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपियाँ दाबी भुक्तानी गरेको थियो ।
दोस्रो त्रैमाससम्मा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपियाँ पुगेको छ । गत आवमा भने कम्पनीले २६ अर्ब ६८ करोड ९१ लाख रुपियाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड ८८ लाख रुपियाँ कुल खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपियाँ, शेयर प्रिमियम ४ करोड ३८ लाख रुपियाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपियाँ, र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपियाँ पुगेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०.४२ रुपियाँ, प्रतिशेयर नेटवर्थ १२८.०१ रुपियाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।

LEAVE A REPLY