Page 3

शेयर बजारमा १३.२८ अंकको सुधार, कारोबार रकम भने घटयो

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज उकालो चढे पनि कारोबार रकम भने २ अर्बमै खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.२८ अंकले बढेको हो । ०.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९२.३० अंकमा उक्लिएको छ ।
आज ३१४ कम्पनीका ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर किनबेच हँुदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ ह्जार ७०.५१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज ११ः०१ बजे राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ः०१ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढाएर सुनाउने कार्यसूची छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीनदिने अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ताको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म तालिम सञ्चालन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौंदेखि भर्चुअल माध्यमबाट बिहान ९ः३० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
अभिकर्ता भएर काम गर्न बीमा इजाजतपत्र लिन पर्ने भएकाले कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा सञ्चालन हुनेछ । पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
तालिममा सहभागी हुन एसएलसी (एसईई) वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्य नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनपर्ने कम्पनीले जनाएको छ ।

सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला

काठमाडौं । सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला परेको छ । माछा मार्न गएका पाँचजनामध्ये ४० वर्षका मंगा तामाङको शव ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले गएराति पौने १ बजे निकालेको हो ।
शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
“पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकजनाको शव सशस्त्र प्रहरीले निकालेको छ । अर्का एकको खोजीकार्य जारी छ,” सहप्रवक्ता थापाले भने ।
४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्दार टिमले खोजी कार्य जारी राखेको छ ।
माछा मार्न गएका अन्य तीनजना भने सकुशल छन् ।

मिटरब्याजपीडित र सरकारबीच वार्ता सुरु हुँदै

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ । २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूका मागबारे सुनुवाई गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याजपीडितहरुलाई वार्ताका लागि बोलाएको थियो ।
आइतबार बेलुकादेखि नै सरकार र मिटरब्याजपीडितहरुबीच औपचारिक वार्ता सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिएका छन ।
सरकारले वार्ताका लागि आव्हान गरेपछि पीडितहरुले पनि वार्ता कुशवाहाकै संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा अंकित खनाल, आदित्य राम, मोहन महत्तो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराज यादव रहेका छन् ।
समितिका संयोजक कुशवाहाले आइतबार साँझ ७ बजेदेखि करिब डेढ घण्टा छलफल भएको र सोमबार विहान ११ बजेदेखि फेरि वार्ता गर्ने तयारी रहेको जानकारी दिएका छन ।
पीडितहरुले न्यायिक छानविन आयोग गठन गरेर मिटरब्याजी साहुहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
सरकारी वार्ता टोलीले भने सरकारले यसअघि नै आयोग बनाएर काम गरेको र त्यसअनुसारका बाँकी काम अब प्रशासन र प्रहरीले जिम्मा लिएको बताएका थिए ।
१६ माघमा पूर्वको झापा र पश्चिमको कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं आएपछि शुक्रबारदेखि न्यायको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आज ११ बजे प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची ?

काठमाण्डौ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।
साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१, ८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

युवा ब्यबसायी शाहि इलामबाट उपनिर्बाचन लड्दै

शाही ग्रुप अब इन्डस्टिजका सस्थापक एबम युवा ब्यबासायी अर्जुन बिक्रम शाहि इलाम क्षेत्र नम्बर १ बाट चुनाब लड्ने भएका छन ।
पढाइमा अब्बल र युवाहरुमा लोकपृय ब्यबसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र नम्बर १ सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट चुनाब लड्ने घोषणा गरेका छन ।आफूले युवाहरुको आवाजलाइ संसदमा जोडतोडका साथ उठाउने र युवाहरुलाइ देश प्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउदै देशमै बस्ने बाताबरण सृजना गर्न सदन र सडक बाट जिम्मेवार निकायलाइ ध्यानाकर्षण गराउने उहाको भनाइ छ । त्यसैले युवाहरुले उहालाइ साथ दिने उहाको सचिबालय निकट एक जना ब्यक्तिले जनाए ।
बिज्ञान, कानुन मा स्नातक र कुटनितिमा स्नातकोत्तर गरेका शाहीले नेपालमा भएका प्रभाबशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरुको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ ।
शाही ग्रुप अफ इन्डस्टिज अन्तर्गत आइटी,कृषी, पर्यटन, मिडिया,ट्रेडिङ , कन्टक्सन, मा उनको लगानी छ । नेपालको स्वच्छ पानीलाइ विश्व बजारमा गुणस्तर र प्रतिस्पर्धात्मक बनाउनलाइ काम गरिरहेको र छिट्टै लन्च हुने उनका आर्थिक सल्लाहकार सन्तोष अर्यालले जनाए । आइटी अन्तरगत बार्षिक करोडको कारोबार गरेर धेरै जना दक्षलाई रोजगार दिएको पाइएको छ । शाही ग्रुप अफ इन्डस्टीजले गृन नेपाल अन्तरगत सफा र स्व्च्छ बाताबरण बनाउने भन्दै इ सडकको परिकल्पना अन्तर्गत काम गरिरहेको छ । युवाहरु भएको देशमा युवाहरु अरुको भरमा नपरी हरेक क्षेत्रमा सबल बनी रास्ट्रलाइ योगदान गर्नु पर्ने उनको भनाइ छ । आफुले चुनाब जिते सरकारको तलब भत्ता नलिने र शिक्षा, स्वास्थ लाई निशुल्क बनाउन आफुले संसदमा आवाज उठाउने उनको भनाइ छ । त्यस्तै युवाहरुको लागि स्पेसल प्याकेज सहितका कार्यकमहरु ल्याउन पहल गर्ने उनको भनाइ छ । आफुले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता, दक्षता रास्ट र जनताको लागि समर्पित गर्ने उनको भनाइ छ ।त्यस्मा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी आमा बुबा सबैलाइ साथ सहयोग गर्दिन हुन अपिल गरेका छन । आफुले महिनौ देखि इलाममा डाटा सर्बे गर्दा अधिकाङ्श ब्यक्तिहरु आफ्नो पक्षमा रहेको उनको भनाइ छ । युवाहरुलाइ सबैले साथ दिने भन्दै इलाम बासिले आफुलाइ निर्बाचित गराएर पठाउने उनको बिस्वास छ ।

३ सय ८४ रोपनी जग्गा निजीकरणको आरोपमा १ सय ८७ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । झापास्थित दमकको ३ सय ८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी सहित १ सय ८७ जना विरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सहित १ सय ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले जानकारी दिए ।
६५ जनाले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्वबासी’ जनाएर निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । आयोगले सुरु जग्गा दर्तावालाहरू केशावती पुरी सहित ६५ जनालाई प्रतिवादी कायम गरेको छ । जग्गा फिर्ता लिने प्रयोजनका लागी ११३ जनालाई प्रतिवादी बनाइएको आयोगले जानकारी दिएको छ ।
आयोगले नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्वर्गीय शशीकान्त झा सहित नौ जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । आरोपीहरूले ३८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । हिनामिना भएको जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार भन्दा धेरै हुने आयोगले जनाएको छ ।
आरोपीहरूले साबिकको नापीमा ‘सरकारी’ देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्ववासी’ ब्यहोरा जनाएर निजीकरण गरेका हुन् ।

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाण्डौ । आईसीसी क्रिकेट विश्व कप लिग २ प्रतियोगिताको आइतवारको खेलमा नेदरल्यान्ड्सले नेपाली टोलीलाई पराजित गरेको छ । नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । नेदरल्यान्ड्सका लागि अविजित रहँदै विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए ।

कृषि विकास बैंक र ॐ हस्पिटलबीच संझौता

काठमाडौं । कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ॐ हस्पिटलका कार्यकारी प्रमुख यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओपिडि शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै उक्त छुट सुबिधा कृषि विकास बैंक लि. का कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् ।
समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।
२०२४ माघ ७ गते स्थापना भइ सेवा प्रदान गर्दै आएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन भने १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान भैरहेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...