Page 3

शेयर बजारमा १३.२८ अंकको सुधार, कारोबार रकम भने घटयो

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज उकालो चढे पनि कारोबार रकम भने २ अर्बमै खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.२८ अंकले बढेको हो । ०.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९२.३० अंकमा उक्लिएको छ ।
आज ३१४ कम्पनीका ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर किनबेच हँुदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ ह्जार ७०.५१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज ११ः०१ बजे राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ः०१ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढाएर सुनाउने कार्यसूची छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीनदिने अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ताको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म तालिम सञ्चालन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौंदेखि भर्चुअल माध्यमबाट बिहान ९ः३० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
अभिकर्ता भएर काम गर्न बीमा इजाजतपत्र लिन पर्ने भएकाले कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा सञ्चालन हुनेछ । पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
तालिममा सहभागी हुन एसएलसी (एसईई) वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्य नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनपर्ने कम्पनीले जनाएको छ ।

सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला

काठमाडौं । सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला परेको छ । माछा मार्न गएका पाँचजनामध्ये ४० वर्षका मंगा तामाङको शव ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले गएराति पौने १ बजे निकालेको हो ।
शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
“पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकजनाको शव सशस्त्र प्रहरीले निकालेको छ । अर्का एकको खोजीकार्य जारी छ,” सहप्रवक्ता थापाले भने ।
४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्दार टिमले खोजी कार्य जारी राखेको छ ।
माछा मार्न गएका अन्य तीनजना भने सकुशल छन् ।

मिटरब्याजपीडित र सरकारबीच वार्ता सुरु हुँदै

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरू भएको छ । २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूका मागबारे सुनुवाई गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याजपीडितहरुलाई वार्ताका लागि बोलाएको थियो ।
आइतबार बेलुकादेखि नै सरकार र मिटरब्याजपीडितहरुबीच औपचारिक वार्ता सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिएका छन ।
सरकारले वार्ताका लागि आव्हान गरेपछि पीडितहरुले पनि वार्ता कुशवाहाकै संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा अंकित खनाल, आदित्य राम, मोहन महत्तो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराज यादव रहेका छन् ।
समितिका संयोजक कुशवाहाले आइतबार साँझ ७ बजेदेखि करिब डेढ घण्टा छलफल भएको र सोमबार विहान ११ बजेदेखि फेरि वार्ता गर्ने तयारी रहेको जानकारी दिएका छन ।
पीडितहरुले न्यायिक छानविन आयोग गठन गरेर मिटरब्याजी साहुहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
सरकारी वार्ता टोलीले भने सरकारले यसअघि नै आयोग बनाएर काम गरेको र त्यसअनुसारका बाँकी काम अब प्रशासन र प्रहरीले जिम्मा लिएको बताएका थिए ।
१६ माघमा पूर्वको झापा र पश्चिमको कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं आएपछि शुक्रबारदेखि न्यायको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आज ११ बजे प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची ?

काठमाण्डौ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।
साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१, ८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

युवा ब्यबसायी शाहि इलामबाट उपनिर्बाचन लड्दै

शाही ग्रुप अब इन्डस्टिजका सस्थापक एबम युवा ब्यबासायी अर्जुन बिक्रम शाहि इलाम क्षेत्र नम्बर १ बाट चुनाब लड्ने भएका छन ।
पढाइमा अब्बल र युवाहरुमा लोकपृय ब्यबसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र नम्बर १ सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट चुनाब लड्ने घोषणा गरेका छन ।आफूले युवाहरुको आवाजलाइ संसदमा जोडतोडका साथ उठाउने र युवाहरुलाइ देश प्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउदै देशमै बस्ने बाताबरण सृजना गर्न सदन र सडक बाट जिम्मेवार निकायलाइ ध्यानाकर्षण गराउने उहाको भनाइ छ । त्यसैले युवाहरुले उहालाइ साथ दिने उहाको सचिबालय निकट एक जना ब्यक्तिले जनाए ।
बिज्ञान, कानुन मा स्नातक र कुटनितिमा स्नातकोत्तर गरेका शाहीले नेपालमा भएका प्रभाबशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरुको सल्लाहकार भएर काम गरेको अनुभव पनि छ ।
शाही ग्रुप अफ इन्डस्टिज अन्तर्गत आइटी,कृषी, पर्यटन, मिडिया,ट्रेडिङ , कन्टक्सन, मा उनको लगानी छ । नेपालको स्वच्छ पानीलाइ विश्व बजारमा गुणस्तर र प्रतिस्पर्धात्मक बनाउनलाइ काम गरिरहेको र छिट्टै लन्च हुने उनका आर्थिक सल्लाहकार सन्तोष अर्यालले जनाए । आइटी अन्तरगत बार्षिक करोडको कारोबार गरेर धेरै जना दक्षलाई रोजगार दिएको पाइएको छ । शाही ग्रुप अफ इन्डस्टीजले गृन नेपाल अन्तरगत सफा र स्व्च्छ बाताबरण बनाउने भन्दै इ सडकको परिकल्पना अन्तर्गत काम गरिरहेको छ । युवाहरु भएको देशमा युवाहरु अरुको भरमा नपरी हरेक क्षेत्रमा सबल बनी रास्ट्रलाइ योगदान गर्नु पर्ने उनको भनाइ छ । आफुले चुनाब जिते सरकारको तलब भत्ता नलिने र शिक्षा, स्वास्थ लाई निशुल्क बनाउन आफुले संसदमा आवाज उठाउने उनको भनाइ छ । त्यस्तै युवाहरुको लागि स्पेसल प्याकेज सहितका कार्यकमहरु ल्याउन पहल गर्ने उनको भनाइ छ । आफुले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता, दक्षता रास्ट र जनताको लागि समर्पित गर्ने उनको भनाइ छ ।त्यस्मा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी आमा बुबा सबैलाइ साथ सहयोग गर्दिन हुन अपिल गरेका छन । आफुले महिनौ देखि इलाममा डाटा सर्बे गर्दा अधिकाङ्श ब्यक्तिहरु आफ्नो पक्षमा रहेको उनको भनाइ छ । युवाहरुलाइ सबैले साथ दिने भन्दै इलाम बासिले आफुलाइ निर्बाचित गराएर पठाउने उनको बिस्वास छ ।

३ सय ८४ रोपनी जग्गा निजीकरणको आरोपमा १ सय ८७ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । झापास्थित दमकको ३ सय ८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी सहित १ सय ८७ जना विरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सहित १ सय ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले जानकारी दिए ।
६५ जनाले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्वबासी’ जनाएर निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । आयोगले सुरु जग्गा दर्तावालाहरू केशावती पुरी सहित ६५ जनालाई प्रतिवादी कायम गरेको छ । जग्गा फिर्ता लिने प्रयोजनका लागी ११३ जनालाई प्रतिवादी बनाइएको आयोगले जानकारी दिएको छ ।
आयोगले नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्वर्गीय शशीकान्त झा सहित नौ जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । आरोपीहरूले ३८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । हिनामिना भएको जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार भन्दा धेरै हुने आयोगले जनाएको छ ।
आरोपीहरूले साबिकको नापीमा ‘सरकारी’ देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्ववासी’ ब्यहोरा जनाएर निजीकरण गरेका हुन् ।

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाण्डौ । आईसीसी क्रिकेट विश्व कप लिग २ प्रतियोगिताको आइतवारको खेलमा नेदरल्यान्ड्सले नेपाली टोलीलाई पराजित गरेको छ । नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । नेदरल्यान्ड्सका लागि अविजित रहँदै विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए ।

कृषि विकास बैंक र ॐ हस्पिटलबीच संझौता

काठमाडौं । कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ॐ हस्पिटलका कार्यकारी प्रमुख यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओपिडि शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै उक्त छुट सुबिधा कृषि विकास बैंक लि. का कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् ।
समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।
२०२४ माघ ७ गते स्थापना भइ सेवा प्रदान गर्दै आएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन भने १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान भैरहेको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...