हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीनदिने अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दिने निर्जीवन बीमा अभिकर्ताको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म तालिम सञ्चालन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौंदेखि भर्चुअल माध्यमबाट बिहान ९ः३० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
अभिकर्ता भएर काम गर्न बीमा इजाजतपत्र लिन पर्ने भएकाले कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा सञ्चालन हुनेछ । पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
तालिममा सहभागी हुन एसएलसी (एसईई) वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्य नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनपर्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY