काठमाण्डौ । सर्वोच्च अदालतले भीआईपी सवारीका नाममा सडक बन्द नगराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्याायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सडक बन्द नगराउन आदेश जारी गरेको हो ।
भीआईपीको सवारीका नाममा सडक बन्द गराउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेपछि अधिवक्ता कोइरालाले २०७४ माघ १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । भीईपीका नाममा सडक बन्द गराउँदा सर्वसाधारण नागरिकको स्वतन्त्रता नै हनन् भएको जिकिर गर्दै अधिवक्ता कोइरालाले रिट दायर गरेका थिए ।
भीआईपीको सवारीकामा सडक बन्द नगराउन सर्वोच्च अदालतको परमादेश
कांग्रेसका ६ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका छ वटा शुभेच्छुक संस्थाहरूले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन् ।
ललितपुरको गोदावरीमा सोमबारदेखि पार्टीको महासमिति बैठक सुरु भएको छ । महासमिति बैठक अघि पार्टी विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन–तीनजनाको प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था विपरीत भएको भन्दै ती शुभेच्छुक संस्थाहरूले बैठक बहिष्कार गरेका हुन् ।
ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० ले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै महासमिति बैठक बहिष्कार गरेका छन् ।
‘हामी नेपाली कांग्रेसका शुभेच्छुक संघ संस्थाहरू संस्थाको विधान बमोजिम केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा १८ (१) (घ) बमोजिम भातृ संघ एवं शुभेच्छुक संस्था प्रत्येकबाट सम्बन्धित संस्थाको केन्द्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका केन्द्रीय अध्यक्षसहित ३ जना नेपाली कांग्रेसको केन्द्रीय महासमितिमा पठाउने विधानको प्रावधान बमोजिम शुभेच्छुक संस्थाका केन्द्रीय अधिवेशन पश्चात् निर्वाचित शुभेच्छुक संस्थाहरूबाट अध्यक्ष पदेन र अन्य २ जनाको नाम पठाएकोमा सो नामलाई विधानको बर्खिलाप हुने गरी व्याख्या समेत गरी उक्त नामहरु समावेश नगरेको पाइयो,’ शुभेच्छुक संस्थाका अध्यक्षहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसकारण महासमितिको बैठकमा हामी सहभागी नहुने व्यहोरा जानकारी गराउँछौं ।’
निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरी गरेको निर्णयसमेत नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को विपरीत भएको उनीहरूको भनाइ छ । महासमिति बैठकअन्तर्गत मंगलबारदेखि बन्दसत्र सुरु हुँदैछ ।
दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।
यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
एमाले केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै
काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने जानकारी दिईएको छ ।
बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने जनाईएको छ ।
कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् ।
सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अनुरोध गरेका छन ।
प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि अनुरोध गरेका हुन । उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गरे ।
तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको जानकारी दिए ।
“यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु । संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु”, प्रधानमन्त्री प्रचण्डले भने, “यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु ।”
निरकुंश शासन व्यवस्थाको अन्त्य गर्दै जनअधिकार स्थापना गर्ने तमाम बलिदानीपूर्ण जनसङ्घर्ष, क्रान्ति, आन्दोलनहरूको माध्यमबाट देशमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरणको जग निर्माण भएको प्रधानमन्त्रीले स्मरण गरे ।
प्रधानमन्त्री प्रचण्डले संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको जनाए । नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
महिलाको अश्लील भिडिओ खिच्ने सशस्त्रका डिएसपी पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् । स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो ।
स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जानकारी दिएको छ ।
केसीलाई व्यक्तिगत गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले जनाए । केसी पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत रहेको बुझिएको छ ।
‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धान सिलसिलामा पक्राउ गरिएको हो ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।
जन्ती बोकेको जीप दुुर्घटना हुँदा दुुई जनाको मृत्यु, १६ जना घाइते
काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिकाबाट जन्ती लिएर आँबुखैरेनीका लागि छुटेको बा १८ च ५९२१ नम्बरको जीप बरादी–हिलेखर्कको भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा ७२ वर्षका आशपुर गुरुङ र १७ वर्षकी तुलसी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । अन्य घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।।
आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र दिवस आज मनाइँदैछ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको छ ।
दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
गणेश थापाको स्वरमा आँँखाँ झुम्न थाल्योू भिडियो सार्वजनिक
काठमाण्डौ । प्रेम र रोमान्स समेटिएको गीत आँखाँ झुम्न थाल्यो सार्वजनिक भएको छ ।
बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको जानकारी दिए ।
सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको छ ।
सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ https://www.youtube.com/embed/8KEq_KByP84?si=FE-YNRQOX_GouUny
मिसन ८४ सफल पार्ने नेतृत्व छान्न ओलीको निर्देशन
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ सफल पार्ने नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।
घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले गुटबन्दी, अराजकता र अनुशासनहिनताले पार्टी नचल्ने जानकारी दिए ।
‘पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्छ,’ उनले भने ।
आफूले भनेको भएन भने अराजक कार्य गर्ने, विधि, विधान, तरिका मिचेर पार्टी संगठन बलियो नहुने जनाउँदै उनले नीति र विधि पालना गर्न निर्देशन दिए ।
उनले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्ने जनाए । उनले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिए । उनले भने, ‘सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जीतलाई सहर्ष स्वीकारेर जानुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नभन्दा छोड्न राम्रो हो ।’
उनले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको टिप्पणी गरे । उनले भने, ‘म प्रधानमन्त्री भएका बेला अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकैदिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिकास्तरमा अस्पताल निर्माण शिलान्यास भएको थियो । ती योजना अलपत्र छन् ।’
उनले भने, ‘चुनावदेखि चुनाव होइन, देशमा समृद्ध र विश्वले हेर्नलायक देश बनाउन नेकपा एमाले लागिपरेको छ । हामीलाई यो देशमा सुशासन ल्याउनुछ, रोजगारीको अवसर सिर्जना गर्नुछ, जनताको जीवनमा परिवर्तन ल्याउनुछ ।’