एमाले केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै
काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने जानकारी दिईएको छ ।
बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने जनाईएको छ ।
कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् ।

 

LEAVE A REPLY