Page 15

त्रिकोणात्मक श्रृङ्खला ः आज नेपाल र हङकङबीच खेल हुँदै

काठमाडौं । हङकङ, पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपाल र हङकङबीच खेल हुँदैछ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङमा आजबाट सुरु हुने सिरिजमा सहभागीता जनाएको हो ।
बिहीबार हङकङ पुगेको नेपाली टोलीले सिरिज सुरु अगावै शनिबार घरेलु टोली हङकङसँग मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको छ ।
बिहीबार हङकङ गएको नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको जानकारी दिईएको छ ।
आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ ।
यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
अध्यक्षले विषयगत समितिमा रहेका सदस्यहरुको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । तर, सभाका अध्यक्षको पद रिक्त रहेकाले कार्य उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन ।
यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते अध्यक्षको चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिएको छ । राष्ट्रिय सभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भई नयाँ सदस्य चयन भएर आइसकेका छन् ।
अध्यक्ष पदका लागि नेकपा (माओवादी) र उपाध्यक्ष नेकपा (एमाले) ले लिने गरी राजनीतिक सहमति भैसकेको छ ।
माओवादीले अध्यक्षको नाम आजै टुंग्याउने तयारी गरेको छ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

व्यवस्था र अवस्था परिवर्तन आएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुबै परिवर्तन भएको टिप्पणी गरेका छन ।
शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।
‘अहिले महिलाहरु मन्त्री, माननीय भइसक्नु भएको छ । ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् । सरकारी निकायमा ३३ प्रतिशत कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ, रोजगारका क्षेत्रमा आरक्षण गरिएको छ,’ उनले भने ।
महिला जागरण, सशक्तिकरण, आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिकमा आरक्षण तय गर्दा केही कमजोरी भएकाले त्यसलाई सच्याउनुपर्ने जानकारी दिए ।

शनिबार कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

पोखरा । कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।
शनिबार बिहान ७ ः३० बजे पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

गठबन्धन सरकारलाई जनताको अवस्था परिवर्तन गर्न झलनाथको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गबन्धन सरकारलाई जनताको अवस्था परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले नयाँ गठबन्धन सरकारलाई शुभकामना दिंदै ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन’ भन्ने गुनासो सम्बोधन गर्न सुझाव दिएका हुन् ।
जनताको गुनासो सम्बोधनका लागि सरकारले श्रमजीवी, भूमिहीन, गरीब र सुकुमबासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगिकरणको दिशामा अघि बढाउनुपर्ने जनाएका छन् ।
शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने, हर क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्रको हित अनुरूप भन्सार नीति बनाउनुपर्ने उनको भनाइ छ ।
उनले वित्तीय र मौदिकि नीतिमा सुधार गर्नुपर्ने, राष्ट्रिय उद्यमहरूको संरक्षण गर्नुपर्ने, देशको निजामती र जङ्गी प्रशासनलाई लोकतान्त्रिकरण गर्नुपर्ने, सर्बत्र सुशासन कायम गर्नुपर्ने, राज्यले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने, हाम्रा दुवै छिमेकीहरूबाट निर्वाध पारबहन सुविधा प्राप्त गर्न पहल गर्न सुझाव दिएका छन् ।
पग्लिरहेको हिमालको संरक्षण गर्नुपर्ने, फैलँदो प्रदूषणबाट वातावरणको संरक्षण गर्नुपर्ने, मुलुकलाई गरिबी उन्मुलनको दिशामा अघि बढाउनुपर्ने र , मुलुकको विकास निर्माणको कामलाई तीव्रता प्रदान गर्नुपर्ने, मुलुकको भूभाग र सीमानाको दृढतापूर्वक रक्षा गर्नुपर्ने चुनौतीपूर्ण कामहरुलाई नयाँ सरकारले कार्यभारका रुपमा लिनुपर्ने उनले जानकारी दिएका छन् ।

आज दिउँसो ३ बजे माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिएका छन । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।
२१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् । यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने जनाईएको छ।

आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई राम्रो काम गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई राम्रो काम गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बिहीबार साँझ मन्त्री दम्पतीलाई बालकोट बोलाएर राम्रो काम गर्न निर्देशन दिएका हुन् ।
‘राम्रोसँग काम गर्नु । राम्रो डेलिभरी दिनुपर्छ । राम्रो कुरा सुन्न पाउँ,’। फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा आठ जना मन्त्री सरकारमा सहभागी छन् ।
सचिव महासेठ उपप्रधान तथा भौतिक ,पदम गिरी कानुन, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्रकुमार राई खानेपानी र हरिप्रसाद उप्रेती रक्षा मन्त्री छन् ।
ओलीले आफ्नो निवासमा बोलाएर मन्त्री दम्पतीलाई ‘हाइ टी’ पनि दिएका थिए । मन्त्री भएपछि लोभ पलाउने भन्दै विभिन्न कुराहरूबाट जोगिएर काम गर्न मन्त्री दम्पतीलाई ओलीको निर्देशन थियो । ‘मन्त्री भएपछि मन्त्री मात्र होइन मन्त्रीको परिवार पनि गाँसिएको हुन्छ । कता के हुन्छ ? लोभ पलाउँछ । कुन्नी के हुन्छ ? त्यस्तो कुराहरूबाट जोगिएर मेरो ठुलो जिम्मेवारी छ भन्ने कुरा बुझेर काम गर्नुहोला ,’ मन्त्री दम्पतीलाई ओलीको निर्देशन थियो ।
एमालेका आठ जना मन्त्रीमध्ये कृषि मन्त्री साह मात्र एक्लै बालकोट पुगेकी थिइन् भने बाँकी सात जना मन्त्री दम्पतीसहित पुगेका थिए ।

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन् । उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ ।
शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा

काठमाण्डौ । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता
तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले
समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान
गरेको छ ।
यसले ले समग्र बैंकीङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू
पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक
विश्वस्त रहेको छ ।
बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल,
महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प स्थापना
गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व कार्यक्रम समेत
सुरुवात गरिसकेको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि
उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको
घोषणा गरिसकेकोछ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कणरली विशेष बचत खाता, लुम्बिनी बचत
खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित
बचत खाताहरु चल्तिमा ल्याईसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय
सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएलजी इन्स्योरेन्सद्वारा बाँकेमा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष झन्क बहादुर थापाको प्रमुख आतिथ्य र इन्स्योरेन्सका नेपालगंज शाखा प्रमुख बिवेक भण्डारीको सभापतित्वमा फागुन २४ गते कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सचेतना कार्यक्रममा वडा नं. ५ का वडा सदस्य जहिर यादव, कम्पनीका बजार प्रतिनिधी रजिश भण्डारी, दाबी बिभाग का कर्मचारी चित्र बिकलगायत बिभिन्न तहका सरोकारवालाहरु र पालिकाका बिभिन्न वडाका कृषक तथा कृषि पेशा मा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
शाखा प्रमुख भण्डारीले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, बीमाका प्रावधान र कृषि बीमाको महत्व का बारेमा जानकारी गराएका थिए । उनले पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी दिएका थिए ।
मन्तव्यकै क्रममा प्रमुख अतिथी थापाले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम पालिकाका किसानहरुको घरदैलोमा नै आएर आयोजना गर्नु भएकोमा खुशी व्यक्त गरे । पशु बीमामा झै वाली तथा तरकारी बीमालाई पनि अभियानको रुपमा अगाडी बढाउन एनएलजी ईन्स्योरेन्स कम्पनीलाई अनुरोध गरे । थापाले सरकारद्वारा ल्याईएको कृषि तथा पशुपंक्षी बीमाको लागि पालिकाबाट हर सम्भव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी जम्मा ६३ जनाको सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भु्क्तानी मा सहजता ल्याउनु पर्ने, समयानुसार पशुचौपायाहरुको बीमांक रकम बढाउनु पर्ने, बाली बीमा गर्ने कार्य झन्झटिलो भएकोले सहजता ल्याउनु पर्ने कुराहरु राखेका थिए । छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका शाखा प्रमुख भण्डारीले दावी भुक्तानी छिटो छरीतो रुपमा भईरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने र बीमांक रकममा समेत आपसी समझदारीमा चलनचल्तीको दर रेटमा बीमांक रकम कायम गरीने प्रतिबद्धता व्यक्त गरे ।
उक्त छलफल कार्यक्रमको संचालन कर्ण प्रिय रानाले गरेका थिए भने पशु प्राबिधिक डिल्ली बहादुर खड्काले बीमाका प्रक्रियाहरु र किसानहरुले पालना गर्नुपर्ने प्राबिधिक बिषयमा सहजीकरण गरेका थिए ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...