Page 16

नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण

all logos final

काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।
दर्शनार्थीहरुको सुविधाका लागी स्टल महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगतका बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जानकारी दिएको छ ।

नेशनल लाइफले दियो घातक रोग लागेकालाई ५ लाख रुपैयाँ उपचार खर्च

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग (क्यान्सर) लागेको बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् ।
धनकुटा सांगुरीगढी –२ निवासी राईले कम्पनीमा २०७७ असार ३१ मा जीवन बिमा गरेका थिए । उनले अमृत अग्रिम भुक्तानी र आजिवन बिमायोजना ५ लाख बिमाङ्क, १५ बर्षे अबधिको गरेका थिए । बार्षिक बिमाशुल्क ५४ हजार १ सय ९० का दरले २ किस्ता र २९ हजार १ सय ९० का दरले २ किस्ता गरि जम्मा ४ किस्ता बिमाशुल्क भुक्तानी गरेका थिए ।
बिमित राईलाई स्वास्थ्यमा समस्या देखियो जाँच गर्दा पित्तमा क्यान्सर प्रमाणित भएको हो । कम्पनीका अभिकर्ता लिम्बुले उनलाई उपचार खर्च बापत ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । उनको जीवन बिमा निरन्तर रहेको छ । १५ बर्ष पूरा भए पछि बिमाङ्क र बोनस एकमुस्ट बिमित आफैले पाउनेछन् ।
परिपक्व दाबी भुक्तानी पछि बिमाशुल्क नबुझाई आजिवन बिमा रहन्छ । बिमितको मृत्युु पछि हकवालाले ५ लाख पाए पछि मात्रै बीमा सम्झौता सकिनेछ ।

आज बिहान ९ बजे एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा अहिले बिहान ९ बजेबाट बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुने एमालेले जानकारी दिएको छ ।
११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।

आज देशभर धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदै

काठमाण्डौ । हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदैछ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् ।
शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व) ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्ड दीप, लक्ष्य बत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरूको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जानकारी दिएको छ ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिवरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।
आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुने जनाईएको छ ।

उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले एक राज्यमन्त्रीसहित तीन मन्त्री सरकारमा पठाउने भएको छ ।
बिहीबार साँझ बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रीको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नवलकिशोर साह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय श्री नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्री नबराज बहादुर सिंहको स्मृतिमा स्थापित नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले छात्रा हिरा कुमारी जोशीलाई हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्याउने उद्देश्यले रु।पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जानकारी दिएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

निर्वाचन आयोगले दिएन रेशमलाई पार्टी अध्यक्षको मान्यता

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ ।
आयोगले चौधरीलाई अध्यक्ष चयन गर्ने अधिवेशन नै अवैधानिक ठहर गरेको हो । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो ।
टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाउनुभएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।
आयोगले आगामी दिनमा दलको विधान र प्रचलित कानून प्रतिकूल कार्य नगर्न नगराउनसमेत पार्टी केन्द्रीय समितिलाई सचेत गराएको छ ।

 

 

ग्लोबल आइएमईका ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५,००० भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
बैंकले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता थियो ।
बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाँउपालिका र गोसाईकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १,२०० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङजा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मी जिल्लाको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २,५०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाँउपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २०० भन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैंकले ७६ शाखा कार्यालयहरुबाट ९,००० भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

पाठेघरको मुखको क्यान्सरको राष्ट्रव्यापी सचेतना अभियान सुरु

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरको राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको छ । एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको हो ।
यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा रहेको सरकारी तथ्याङ्क छ ।
यही मार्च देखि सञ्चालन हुने सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन् । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी प्रवाह गरिने जानकारी दिईएको छ । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिने जनाईएको छ ।
यस सचेतना अभियान अन्तर्गत सञ्चालन गरिने मुख्य मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने, पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढङ्गले पुर्‍याउन विभिन्न सरकारी निकायहरू तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने, टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम टक शोहरू सञ्चालन गर्नुका साथै रेडियो स्टेसनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने, अभियानलाई प्रवर्द्धन गर्न र अभियानसम्बन्धी सचेतनामूलक सन्देशहरू प्रवाह गर्न सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने, पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामूलक दृश्य श्रव्य सामग्रीहरू तयार पारी प्रसारण गर्ने, एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ुवाकाथनु को आयोजना गर्ने, अभियानका सन्देशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षित वर्गसम्म पुर्‍याउने आदि जस्ता कार्यक्रमहरू गरिने जानकारी दिईएको छ।

शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन गरिने

काठमाडौं । उपत्यका प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना ल्याएको छ । शिवरात्रिको अवसरमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजनर राख्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना ल्याएको हो ।
शिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरू आउने गरेका छन् । भक्तजनहरूको अत्यधिक भीडमा आपराधिक गतिविधि हुनसक्ने भन्दै प्रहरीले योजना ल्याएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
बिहीबारदेखि नै काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीको कमाण्डमा शिवरात्रिको सुरक्षाका लागि तीन सिफ्टमा तीन हजार ७२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिने छन् । त्योबाहेक भीडभाडका कारण कसैलाई समस्या भए उपचारका लागि एम्बुलेन्ससहित प्रहरी अस्पतालबाट चिकित्सक एम्बुलेन्ससहित खटिने जानकारी दिईएको छ ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...