Page 17

कांग्रेस समर्थक ७ राजदूत फिर्ता बोलाउने सरकारको तयारी

काठमाण्डौ । सरकारले भारतदेखि पोर्चुगलसम्मका ७ राजदूत फिर्ता बोलाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सम्मिलित गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेपछि केही राजदूत फिर्ता बोलाउने तयारी थालिएको छ ।
नयाँ गठबन्धन सरकारले नेपाली कांग्रेसले राजनीतिक रूपमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको जनाईएको छ । मन्त्रिपरिषद्को आगामी बैठकले राजदूत फिर्ता बोलाउनेबारे निर्णय लिने जानकारी दिईएको छ ।
नयाँ दूतावास स्थापना गरेर कांग्रेसमार्फत चोलेन्द्र शमशेर राणाको सिफारिसमा पोर्चुगलका लागि नियुक्त भएका नेपाली राजदूत लगायत अमेरिका, भारत, दक्षिण कोरिया, इजरायल, कतार र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहेको जनाईएको छ ।
नेपाली कांग्रेस यतिबेला सत्ता गठबन्धनबाट बाहिर रहेको छ । राजदूत फिर्ता बोलाउने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयले तयार गरिरहेको जानकारी दिईएको छ ।

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।
छुट प्राप्त गर्नका लागि ग्राहकले ती चाडपर्व फोटोयुक्त कार्डका लागि चैत १५ सम्म आवेदन दिनुपर्नेछ । साथै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५सम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सकिन्छ ।

शेयर बजारमा १३.५१ अंकको सुधार,१७६ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार आएको छ ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्ने जनाएका छन् । १२ वर्ष पछि पुन फेरि अर्थमन्त्री भएका हुन् । आफु १२ वर्षअघि मन्त्री हुँदा पनि सेयर बजार लगायत क्षेत्रमा समस्या रहेको र अहिले पनि समस्या काममै रहेको जनाए ।
बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने जनाएका थिए । आफुले यो कार्यकालमा बोल्ने भन्दा पनि काम गरेर देखाउने जनाए । जसले गर्दा पनि बजारमा सुधार देखिएको जनाईएको छ ।
बिहीबार
बजार मापन गर्ने सूचक १३.५१ अंकले बढेर परिसूचक २०३०.५५ बिन्दु कायम भएको छ । ३०९ कपनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा निकै उतार चढाब देखियो । कारोबार अवधिमा बजार २०३९.७८ बिन्दुसम्म पुगेको थियो । कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ को घटेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । केहीमा भने गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको ५.९६, विकास बैंक २९.६३, वित्त ५.०१, जलविद्युत २९.२२, जीवन बिमा ३७.४७, उत्पादन तथा प्रशोधन ११.०८, माइक्रोफाइनान्स २९.०३, निर्जीबन बीमा १६३.१८, अन्य समूहको उपसूचक ११.८२ अंकले बढेको छ । कारोबारमा होटल १२.८९, ट्रेडिङ समूहको ७.२६ अंकले घटेको छ ।
कारोबारमा पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिरख्वा हाईड्रोपावर, मध्ये भोटेकोशी, बुद्धभुमी नेपाल हाईड्रो, हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा सामलिङ पावर कम्पनी, बोटलर्स नेपाल तराईका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ ।
बिहीबार संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको जनाईएको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।
उनका अनुसार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाण्डौ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ बजेर १७ मिनेटमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

 

एकीकृत समाजवा पार्टी पनि नयाँ गठबन्धन सरकारमा जाने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी पनि नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ ।
खतिवडाले भने, ‘आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’

नयाँ गठबन्धन सरकारमा २० मन्त्रालयको भागबण्डा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग मिलेर बनाएको नयाँ गठबन्धन सरकारमा २० मन्त्रालयको भागबण्डा भएको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने भएका छन ।
एमालेले पार्टी सचिव रघुवीर महासेठ नेतृत्वमा पार्टीका ८ नेतालाई मन्त्री बनाउने भएको छ । यसअघि नै शपथ लिइसकेका पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी एमालेबाट मन्त्री जनाईएको छ ।
माओवादीले प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई मन्त्री बनाउँदैछ । यसअघि हितबहादुर तामाङ मन्त्री बनिसकेका छन् ।
रास्वपाले उपप्रधान तथा गृहमन्त्रीमा सभापति रवि लामिछाने, डीपी अर्याल, विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीको टुंगो लगाउन बाँकी छ ।

नेकपा एसको सचिवालय बैठक आज ११ बजे बस्दै

काठमाडौं । नेकपा एकीकृत (समाजवादी) को सचिवालय बैठक आज ११ बजे बस्दैछ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
। सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिने जनाईएको छ ।

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको जनाईएको छ ।
यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।
सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठकअघि सम्मानित नेता खनालले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ५ को मृत्यु, ३७ जना घाइते

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् ।
बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार मृतकहरुको पहिचान खुलेको छ ।
चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो ।
अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...