Page 17

कांग्रेस समर्थक ७ राजदूत फिर्ता बोलाउने सरकारको तयारी

काठमाण्डौ । सरकारले भारतदेखि पोर्चुगलसम्मका ७ राजदूत फिर्ता बोलाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सम्मिलित गठबन्धन छाडेर नेकपा एमालेसँग मिलेपछि केही राजदूत फिर्ता बोलाउने तयारी थालिएको छ ।
नयाँ गठबन्धन सरकारले नेपाली कांग्रेसले राजनीतिक रूपमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको जनाईएको छ । मन्त्रिपरिषद्को आगामी बैठकले राजदूत फिर्ता बोलाउनेबारे निर्णय लिने जानकारी दिईएको छ ।
नयाँ दूतावास स्थापना गरेर कांग्रेसमार्फत चोलेन्द्र शमशेर राणाको सिफारिसमा पोर्चुगलका लागि नियुक्त भएका नेपाली राजदूत लगायत अमेरिका, भारत, दक्षिण कोरिया, इजरायल, कतार र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहेको जनाईएको छ ।
नेपाली कांग्रेस यतिबेला सत्ता गठबन्धनबाट बाहिर रहेको छ । राजदूत फिर्ता बोलाउने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयले तयार गरिरहेको जानकारी दिईएको छ ।

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।
छुट प्राप्त गर्नका लागि ग्राहकले ती चाडपर्व फोटोयुक्त कार्डका लागि चैत १५ सम्म आवेदन दिनुपर्नेछ । साथै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५सम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सकिन्छ ।

शेयर बजारमा १३.५१ अंकको सुधार,१७६ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको सुधार आएको छ ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताको हितमा काम गर्ने जनाएका छन् । १२ वर्ष पछि पुन फेरि अर्थमन्त्री भएका हुन् । आफु १२ वर्षअघि मन्त्री हुँदा पनि सेयर बजार लगायत क्षेत्रमा समस्या रहेको र अहिले पनि समस्या काममै रहेको जनाए ।
बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने जनाएका थिए । आफुले यो कार्यकालमा बोल्ने भन्दा पनि काम गरेर देखाउने जनाए । जसले गर्दा पनि बजारमा सुधार देखिएको जनाईएको छ ।
बिहीबार
बजार मापन गर्ने सूचक १३.५१ अंकले बढेर परिसूचक २०३०.५५ बिन्दु कायम भएको छ । ३०९ कपनीको ८९ लाख २९ हजार १५२ कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा निकै उतार चढाब देखियो । कारोबार अवधिमा बजार २०३९.७८ बिन्दुसम्म पुगेको थियो । कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ को घटेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । केहीमा भने गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको ५.९६, विकास बैंक २९.६३, वित्त ५.०१, जलविद्युत २९.२२, जीवन बिमा ३७.४७, उत्पादन तथा प्रशोधन ११.०८, माइक्रोफाइनान्स २९.०३, निर्जीबन बीमा १६३.१८, अन्य समूहको उपसूचक ११.८२ अंकले बढेको छ । कारोबारमा होटल १२.८९, ट्रेडिङ समूहको ७.२६ अंकले घटेको छ ।
कारोबारमा पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिरख्वा हाईड्रोपावर, मध्ये भोटेकोशी, बुद्धभुमी नेपाल हाईड्रो, हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा सामलिङ पावर कम्पनी, बोटलर्स नेपाल तराईका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ ।
बिहीबार संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको जनाईएको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।
उनका अनुसार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाण्डौ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ बजेर १७ मिनेटमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

 

एकीकृत समाजवा पार्टी पनि नयाँ गठबन्धन सरकारमा जाने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी पनि नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ ।
खतिवडाले भने, ‘आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’

नयाँ गठबन्धन सरकारमा २० मन्त्रालयको भागबण्डा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग मिलेर बनाएको नयाँ गठबन्धन सरकारमा २० मन्त्रालयको भागबण्डा भएको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने भएका छन ।
एमालेले पार्टी सचिव रघुवीर महासेठ नेतृत्वमा पार्टीका ८ नेतालाई मन्त्री बनाउने भएको छ । यसअघि नै शपथ लिइसकेका पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी एमालेबाट मन्त्री जनाईएको छ ।
माओवादीले प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई मन्त्री बनाउँदैछ । यसअघि हितबहादुर तामाङ मन्त्री बनिसकेका छन् ।
रास्वपाले उपप्रधान तथा गृहमन्त्रीमा सभापति रवि लामिछाने, डीपी अर्याल, विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीको टुंगो लगाउन बाँकी छ ।

नेकपा एसको सचिवालय बैठक आज ११ बजे बस्दै

काठमाडौं । नेकपा एकीकृत (समाजवादी) को सचिवालय बैठक आज ११ बजे बस्दैछ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
। सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिने जनाईएको छ ।

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको जनाईएको छ ।
यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।
सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठकअघि सम्मानित नेता खनालले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ५ को मृत्यु, ३७ जना घाइते

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् ।
बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार मृतकहरुको पहिचान खुलेको छ ।
चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो ।
अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...