काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ५ को मृत्यु, ३७ जना घाइते

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् ।
बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९ जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार मृतकहरुको पहिचान खुलेको छ ।
चालक पनि घाइते छन् । बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो ।
अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरुको उद्धार गरिरहेको छ ।

LEAVE A REPLY