Page 19

रविको नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ बन्ने सरकारमा सहभागी हुनेभएको छ ।
सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी रहेको जनाईएको छ ।
सत्ता गठबन्धन भत्किएसँगै रास्वपासहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बीच नयाँ सरकार बन्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी गरेका छन ।
एमालेबाट पदम गिरी र माओवादीबाट बर्षमान पुन मन्त्री बन्न लागेका छन ।

संघीय संसदका दुदै बैठक दुई दिन स्थगित

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् ।
संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन् । राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुनपुगेको हो ।

 

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभाशं दिने निर्णय गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा पाँच प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

सूर्यज्योतिको नयाँ बोनस दर घोषणा

काठमाडौं । सूर्यज्योति लाइफले आर्थिक वर्ष २०७९, ८० को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट आइतबार स्वीकृत भएको नयाँ बोनस दरअनुसार बीमितले प्रतिवर्ष न्यूनतम ४० र अधिकतम ९० रुपियाँसम्म दरले बोनस पाउने भएका छन् ।
बिमितले सावधिक जीवन बीमा योजनाअन्तर्गत न्यूनतम ४३ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म बोनस पाउनेछन् । यसमा सुरक्षित बचत, जीवन बीमा योजना–०१, सुनौलो भविष्य बाल जीवन बीमा योजना–०५, एकल तथा सीमित अवधि भुक्तानी ९विकल्प १० योजना–०६ र एकल तथा सीमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ जस्ता बीमा योजना रहेका छन् ।
त्यस्तै, संरक्षित सावधिक जीवन बीमा योजना–५१, सिमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, संरक्षित बाल जीवन बीमा योजना–७१, सामूहिक सावधिक जीवन बीमा योजना–९१, सावधिक जीवन बीमा योजना–१५१ र सावधिक लघु जीवन बीमालेख–१८१ सावधिक बीमा योजनामा बिमितले न्यूनतम ४० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउनेछन् ।
त्यसैगरी, सावधिक तथा आजीवन बीमा योजनाको सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ४३ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म बोनस पाउने भएका छन् । साथसाथै, सावधिक तथा आजीवन बीमा योजनाकै सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ मा भने बिमितले बीमा अवधिअनुसार न्यूनतम ४० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, अग्रीम भुक्तानी सावधिक बीमा योजनाअन्तर्गत धनलाभ जीवन बीमा योजना–०२ र ‘थ्री–२०’ धनबहार जीवन बीमा योजना–०९ मा न्यूनतम ४३ रुपियाँदेखि अधिकतम ५० रुपियाँसम्म बोनस पाउने भएका छन् । अग्रिम भुक्तानी सावधिक बीमा योजनाकै आसाधन अग्रीम भुक्तानी जीवन बीमा योजना–६१–६२, धनवृद्धि जीवन बीमा योजना ९अग्रिम भुक्तानी०–६३–६४–६५, सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–६६ र अग्रीम भुक्तानी बाल जीवन बीमा योजना–७३ मा बिमितलाई कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ४२ रुपियाँदेखि अधिकतम ६० रुपियाँसम्म बोनस दिने भएको छ ।
चौरासी पुजा अग्रिम भुक्तानी (नियमित) बीमा योजनामा न्यूनतम ४५ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म, चौरासी पुजा अग्रिम भुक्तानी (एकल) बीमा योजनामा न्यूनतम ७५ रुपियाँदेखि अधिकतम ९० रुपियाँसम्म र इजी–पे अग्रीम भुक्तानी बीमा योजनामा बीमितले न्यूनतम २० रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।
माथि उल्लखिति बोनस दर, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, तथा चालू बीमालेखमा समेत लागू हुनेछन् । त्यस्तै, नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नहुँदासम्म्मका लागि यही बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।

सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।
अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने जनाईएको छ ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक, एक जना मन्त्री बन्दैछन् ।

एमाले अध्यक्ष ओली बालकोटबाट बालुटारतिर लागे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।
केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । बालुवाटार जाने क्रममा आफ्नै निवास परिसरमा उपस्थित सञ्चारकर्मीसँग ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।
उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ‘टीआरसी’ मिलाउनु पर्ने जनाए । उनले प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको पनि प्रस्ट पारे ।
‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो,’ ओलीले भने, ‘यसो चिया खान बोलाएको होला ।’
उनले सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्न उपयुक्त हुने जानकारी दिए । ‘सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीले जान्ने कुरा हो,’ उनले भने ।

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बिहान १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।
सत्ता गठबन्धनमा पछिल्लो समय देखिएको असमझदारीपछि देउवाले बैठक बोलाएका हुन् । राष्ट्रियसभा अध्यक्षमा दाबी, मन्त्रीहरूको कार्यसम्पादनलगायत विषयले गठबन्धनमा समस्या उत्पन्न भएको छ ।
सभापति देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका थिए ।

गठबन्धन सरकार भत्कियो,एमालेबाट पदम गिरी सरकारमा जाने

काठमाण्डौ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भएपछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् ।
एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

नेपाली कांग्रेसले निजी क्षेत्रलाई सिध्याएको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई सिध्याएको आरोप लगाएका छन ।
आज संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँनुहुँदै अध्यक्ष ओलीले कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै सकाएको आरोप लगाएका हुन ।
कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको उनको दाबी थियो ।
उनले भने, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ। दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो। निजी करण भनेर कांग्रेसले उहिल्यै सिध्यायो। निजी क्षेत्रलाई पनि सिध्याइदियो। हाम्रा जो उद्योगहरु थिए ति भ्रष्ट बनाइदियो। निजी क्षेत्रलाई समेत। कमिसनतन्त्रले। जसले गर्दा उनीहरुले पनि चलाउनेका लागि किनेनन्। बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन्। हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन्। अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो। अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौं। आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौं। इन्जिन बनाउने कसरी निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा चैत २० मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा बस्ने भएको छ । सभा चैत २० गते बिहान १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सुरु हुने बैकले जानकारी दिएको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्ने जनाईएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...