Page 21

ग्लोबल आइएमईको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएका छन् ।
बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको जानकारी दिएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाईँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले आजैबाट लागु हुने गरी प्रसाईलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीका सीईओ रमेशकुमार भट्टराईले राजीनामा दिए पछि प्रसाईँ कामु सीईओ रहेका थिए ।
यसअघि नेपाल लाइफ र साविकको प्रभु लाईफको सीईओको भूमिकामा रहिसकेका प्रसाईँ प्रभु र महालक्ष्मी मर्ज भएपछि वरिष्ठ डीसीईओका रुपमा कार्यरत थिए ।

त्रिदेशीय शृंखला ः नामिबियासँग भिडदै नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा आज नेपालले तेस्रो खेल खेल्दै छ । नेपाल आज नामिबियासँग भिडदै छ ।
खेल बिहान साढे ११ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल आज खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदै छ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो ।
यसअघि बुधबार भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित भएको थियो ।
शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाण्डौ । संघीय संसद् अन्तर्गत् दुवै सदनको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ बजेर ९ मिनेटमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन्।
अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिबेदन सहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नेछिन्।
दिगो ब्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नेछन्।
बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘खाध्य अधिकार तथा खाध सम्प्रुभता सबन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिबेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक बातावरण प्रवर्दन सबन्धी केही एेनलाई संसोधन गर्न बनेको बिधेयक २०७९’ माथी छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन र उनले सो बिधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
साथै, राष्टियसभा नियमावली, २०७५ को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संशोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने लगत्तै ‘पारित गरियोस’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।
साथै, सो बिधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...