त्रिदेशीय शृंखला ः नामिबियासँग भिडदै नेपाल

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा आज नेपालले तेस्रो खेल खेल्दै छ । नेपाल आज नामिबियासँग भिडदै छ ।
खेल बिहान साढे ११ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल आज खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदै छ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो ।
यसअघि बुधबार भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित भएको थियो ।
शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

LEAVE A REPLY